नेपाल–मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता

नेपाली कामदार लैजाँदा हुने खर्च मलेसियाली कम्पनीले व्योहोर्ने



श्रम सम्झौता पत्रमा हस्ताक्षरपछि हात मिलाउँदै नेपालका श्रममन्त्री गाेकर्ण विष्ट र मलेसियाका  मानव संशाधनमन्त्री एम कुलासेगरान
श्रम सम्झौता पत्रमा हस्ताक्षरपछि हात मिलाउँदै नेपालका श्रममन्त्री गाेकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान

नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता भएको छ।

सोमबार काठमाडौँको होटल हायतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियन समकक्षी एम कुला शेघरानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै अब मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा कामदारले शुल्क तिर्नुपर्ने नपर्ने भएको छ।

सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने उल्लेख गरिएको मन्त्री विष्टले जानकारी दिए।

त्यस्तै सम्झौतामा मलेसिया जाने नेपाली कामदारको करार अवधि दुई वर्षको हुने र प्रत्यक महिनाको ७ गते तलब पाउने उल्लेख गरिएको मन्त्री विष्ठले बताए। त्यस्तै कामदारको तलब मलेसिया सरकारको नियम अनुसार हुनेछ।

नेपाली कामदारका कोही आफन्तको मृत्यु भएका १५ दिनकाे लागि घर आउने व्यवस्था हुने कुरा पनि सम्झौतामा उल्लेख छ।

नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको श्रम मन्त्रालयले जनाएको छ।

मलेसिया सरकारले प्रवेशाज्ञा शुल्कबापत सात सय मात्र तोकेको सन्दर्भमा विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी मनोमानी ढङगबाट शुल्क लिँदै आएका थिए। दुइृ मुलुकबीचकाे  सम्झौतासँगै यसकाे अन्त्य भएकाे छ।

सम्झौता भइहाले पनि गत जेठ २ गते देखि नेपाल सरकारले बन्द गरेको मलेसियाको रोजगारी खुला भइनहाल्ने श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए। उनकाका अनुसार नेपालले राखेको माग मात्रै पूरा हुन लागेको हो। कामदार खुला गर्न नेपालसँग थप सहमति आवश्यक रहेको उनले बताए।

‘श्रम सम्झौता हुँदैमा बन्द रहेको मलेसिया खुला भइ हाल्ने होइन। यसपछि दुई पक्षबीच छलफल हुन्छ। सम्झौतापछि स्थिति एक कदम अघि बढ्छ’, उनले।

याे पनि: मलेसियासँग भएको श्रम सम्झौतामा के छ?

प्रकाशित १२ कार्तिक २०७५, सोमबार | 2018-10-29 12:04:51
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...