उखु किसानलाई अनुदान दिने कार्यविधि तयार

अब सिधै किसानले प्रति क्विन्टल ६० रुपैंया पाउने



सामान्यतय किसानले कुनै वस्तु उत्पादन गरेर बिक्री गर्दा त्यसको मुल्य बापतको रकम तुरुन्तै पाउनु पर्ने हो। तर, उखु किसानले भने बिक्री गरेको एक वर्ष पछि मात्रै भुक्तानी पाउने गरेका छन्।

उखु किसानलाई अनुदान दिने कार्याविधि तयार भएको छ। चालू आवको लागि सरकारले ल्याएको बजेट भषणमा उल्लेख भए अनुसार कृषि मन्त्रालय तथा उद्योग वाणिज्य मन्त्रालयको पहलमा अनुदान कार्यविधि तयार भएको हो।

उक्त कार्यविधि अनुसार किसानले सरकारबाट अब सिधै प्रति क्विन्टन ६० रुपैंया पाउने छन्। यो भन्दा अघि सरकारले उद्योगी मार्फत अनुदान दिने व्यवस्था गरेको थियो।

सरकारले उद्योगीलाई भ्याट छुट दिने र उक्त छुट मार्फतको रकम किसानले पाउने व्यवस्था थियो। उद्योगीले उखुबाट उत्पादन भएको चिनी बिक्रीबाट उठेको भ्याट मार्फतको ९० प्रतिशत रकम सरकारकले उद्योगीलाई फिर्ता दिने र सो रकम किसानले पाउने गरेका थिए।

अब सरकारले रकम वितरणको लागि किसानहरुको खोजी कार्य सुरु गर्ने कार्यबिधिमा उल्लेख छ। कार्यबिधि अनुसार यो भन्दा पहिले उखु किसानहरुले उद्योगीलाई उखु बिक्री गरेको आधारमा कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको खोजी गर्ने भएको हो।

सबै कृषकको बैंक खाता सरकारले लिस्टिङ गर्ने र किसानले उत्पादन गरेको वा उद्योगीलाई उखु वितरण गरेको आधारमा अनुदान रकम दिने भएको हो।

नयाँ कार्यबीधिले किसानको भुक्तानीमा छिटो

सामान्यतय किसानले कुनै वस्तु उत्पादन गरेर बिक्री गर्दा त्यसको मुल्य बापतको रकम तुरुन्तै पाउनु पर्ने हो। तर उखु किसानले भने बिक्री गरेको एक वर्ष पछि मात्रै भुक्तानी पाउने गरेका छन्। सरकारले किसानलाई दिने अनुुदान भ्याट फिर्ताबाट मात्रै पाउने व्यवस्था गरेपछि चिनी उद्योगीहरुले अनुदान रकम र उखुको मुल्यबापतको रकम एक साथ दिने गरेका थियो। यसो गर्दा उद्योगीले आफ्नो चिनी बिक्री भएपछि मात्रै भुक्तानी गर्दै आएका थिए।

अब सरकारले छुट्टै रकम निकासा गरेकोले किसानको भुक्तानी पनि छिटो हुने कृषि विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले बताए। सुवेदीका अनुसार किसानलाई सरकारले सोझो रुपमा रकम दिने भएकोले उद्योगीले पनि छिटो भुक्त्तानी दिनेमा आसा गर्न सकिने उनको भनाई छ।

गत वर्षको भुक्तानी १ अर्ब ३ करोड बाँकि

कृषि मन्त्रालयका अनुसार गत वर्ष किसानले ५ अर्ब रुपैंया बरावरको उखु उत्पादन गरेका थिए। प्रति क्विन्टल ५ सय ३१ रुपैंया २० पैसाको दरले ५ अर्ब रुपैंया बरावरको उखु किसानले बिक्री गरेपनि १ अर्ब रुपैयाँ अझै किसानले पाउन सकेका छैनन्। उद्योगीहरुसँग मन्त्रालयले शुक्रबार लिएको तथ्याङ्क अनुसार किसानले उक्त रकम पाउन नसकेको हो।

त्यस्तै सरकारले दिने अनुदान मार्फतको रकम पनि किसानले ९२ करोड रुपैंया लिन बाकिँ छ। उक्त रकम अर्थमन्त्रालबाट निकासा भैसककोले उद्योगीमार्फत पठाउन मात्रै बाँकि रहेको कृषि विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित ११ कार्तिक २०७५, आइतबार | 2018-10-28 19:20:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...