मलेसियासँग श्रम सम्झौता: ३३ वर्षदेखिको पिलाे निचाेरिँदै

कामदारको आर्थिक भार सम्बन्धित कम्पनीले व्यहोर्नुपर्ने



मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरान (बीच)
मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरान (बीच)

तीन दशकदेखि नेपालीकाे वैदेशिक राेजगारी गन्तव्य रहँदै अाएकाे मलेसियासँग सोमबार श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सामोबार बिहान ११ बजे होटल हायतमा नेपाल–मलेसियाबीच श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ। नेपाली कामदारले अाफ्नाे हकहितका लागि श्रम सम्झौता माग गर्दै अाएका थिए।

श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आइपुगेका छन्। सोमबार दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका तर्फबाट मानव संशाधनमन्त्री कुलासेगरानले र हस्ताक्षर गर्नेछन्।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सम्झौतामा हस्ताक्षर गर्ने अधिकार मन्त्री विष्टलाई प्रदान गर्ने अख्तियारी दिइसकेको छ। श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार दुवै मुलुकबीच हुने सम्झौतामा नेपाली कामदार विदेश जाँदा लाग्ने आर्थिक भार रोजगारदाता कम्पनीले व्यहोर्नुपर्ने उल्लेख छ। यसले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको खर्च घटाउनेछ।

२०४२ सालदेखि नेपालीहरु रोजगारीका लागि मलेसिया जान थाले पनि दुई देशबीच श्रम सम्झौता हुन सकेको थिएन। श्रम सम्झौता नेपाली कामदारको हकहितको पक्षमा रहेको प्रवक्ता रेग्मीले बताए। ‘अब श्रम सम्झौतमार्फत कामदार जाने भएपछि नेपाली कामदारलाई मलेसियामा हकहितको कुरा गर्न सजिलो हुन्छ’, उनले नेपालखबरसँग भने, ‘सम्झौता भए लगत्तै यो कार्यान्वयनमा आउनेछ।’

श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन गत महिना असोज १२ गते नेपाली प्रतिनिधिमण्डल मलेसिया गएको थियो। त्यसअघि मलेसियाली पक्षले अध्ययनका लागि सम्झौताको मस्यौदा नेपाल पठाएको थियो। नेपालको श्रम मन्त्रालय एवं कानुन मन्त्रालयले अध्ययन गरी नेपालको तर्फबाट संशोधन थप गरेर फेरि मलेसियाली पक्ष सामु पु¥याइएको थियो।

अहिलै खुला हुँदैन मलेसिया
भोलि बिहान हुने श्रम सम्झौत गत जेठ २ गते देखि नेपाल सरकारले बन्द गरेको मलेसियाको रोजगारी खुला भइहाल्दैन। रेग्मीका अनुसार नेपालले राखेको माग मात्रै पूरा हुन लागेको हो। कामदार खुला गर्न नेपालसँग थप सहमति आवश्यक रहेको उनले बताए। ‘श्रम सम्झौता हुँदैमा बन्द रहेको मलेसिया खुला भइ हाल्ने होइन। यसपछि दुई पक्षबीच छलफल हुन्छ। सम्झौतापछि स्थिति एक कदम अघि बढ्छ’, उनले।

मलेसिया सरकारले प्रवेशाज्ञा शुल्कबापत सात सय मात्र तोकेको सन्दर्भमा विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी मनोमानी ढङगबाट शुल्क लिँदै आएका थिए। सो विषयमा श्रम मन्त्रालयले आपत्ति जनाउँदै गत जेठमा माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीमा छापा मारेर ती कम्पनीका सञ्चालक पक्राउ गरेको थियो। समस्या नसुल्झिएसम्म सरकारले मलेसिया कामदार नपठाउने निर्णय पनि त्यतिबेलै गरेको थियो।

 

प्रकाशित ११ कार्तिक २०७५, आइतबार | 2018-10-28 18:54:29
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...