नेपाली धागो उद्योग संरक्षण गर्न विदेशी धागोमा १५ प्रतिसत शुल्क लगाउन कार्यदलको सिफारिस



नेपाली धागो उत्पादनलाई प्रवर्धन गर्न उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको कार्यदलले धागो आयातमा भन्सार छुट दिइँदा नेपाली धागो उद्योगमा नकरात्मक असर पुगेको बताउँदै आयातित धागोमा १५ प्रतिशत भन्सार शुल्क कायम गर्न सुझाव पेश गरेको छ।

नेपालमा धागो उत्पादन उद्योगहरु संकटमा परेको बताउँदै धागो उत्पादक संघले उद्योग-उत्पादन बन्द गर्ने चेतावनी दिएपछि सरकारले उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

विदेशी धागोलाई भन्सार छुट दिइँदा ठूला साना गरी दर्जनौँ धागो उद्योग संकटमा परेका थिए। सबै उद्योगमा गरी १६ अर्व रुपैयाँ लगानी भएको थियो।

धागो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी स्वदेशमा निर्यात गर्दा महंगो पर्न गएको र त्यसले गर्दा आयातित धागोसँग प्रतिस्पर्धा गर्न कठिन भएको गुनासो धागो उद्योगीहरुको थियो।

नेपालमा जय स्पिनिङ, जगदम्बा स्पिनिङ, रिलायन्स स्पिनिङ र त्रिवेणी स्पिनिङ गरी चार ठूला धागो उद्योग छन्। धागो उद्योगबाट बार्षिक ४० हजार टन धागो उत्पादन भइरहेको भएपनि बजारको समस्याको बन्द हुने अवस्थामा रहेको गुनासो गर्दै धागो उत्पादन संघले दशैँ अघि प्रेश विज्ञप्ति जारी गरी धागो उद्योग बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताएको थियो।

संघको उपरोक्त चेतावनीपछि सरकारले धागो उद्योगहरुले बेहोरिरहेको समस्या समाधानका लागि सहसचिव ढकालको संयोजकत्वमा कार्यदल गठन गरेको हो। र, त्यही कार्यदलले विदेशी धागो आयतमा कडाई गर्नु पर्ने सुझाव दिएको छ।

कार्यदलको प्रतिवेदनमा विदेशबाट आयात हुने कपडा र धागोमा एण्टी डम्पिङ सेभ गार्ड ऐन तुरुन्तै लगाउनु पर्ने उल्लेख गरिएको छ। सरकारले धागोलाई निर्यातमा सहुलियत दिनु पर्ने सुझावपनि कार्यदलको छ।

नेपालमा रहेका उद्योगहरुको प्रवर्धनका लागि ठूलो रोजगारी दिने उद्योगहरुलाई श्रम शक्ति सहुलियत दिनु पर्ने थप सुझावपनि कार्यदलको छ। यस अन्तर्गत सरकारले धागो उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्नुपर्नेछ।

उद्योगलाई आवश्यक पर्ने विद्युत महसुलमा सुविधा दिनुपर्ने सुझाव दिएको कार्यदलले स्थलमार्गबाट बंगलादेशमा निर्यातको व्यवस्था मिलाउन पनि सिफारिस गरेको छ।

मुख्य क्रेता टर्की
नेपालबाट निर्यात बढी हुने एक प्रमुख बस्तु हो, धागो। व्यापार तथा निकासी प्रवर्र्धन केन्द्रको तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालबाट ४ करोड अमेरिकी डलर मूल्य बराबरको धागो निकासी भएको थियो। त्यसमध्ये सबैधन्दा धेरै अर्थात् ३ करोड ४० लाख डलर बराबरको निर्यात टर्कीमा भएको थियो।

विश्वका करिब एक दर्जन मुलुकमा नेपाली धागो निर्यात हुने गरेपनि नेपाली धागोको सबैभन्दा राम्रो मूल्य टर्कीले दिने गरेको थियो।

तर टर्कीले पनि नेपालको धागो आयातमा बन्द गराउने निर्णय गरेको छ। भारतीय बजारमा नेपाली धागोले प्रतिकेजी औसत १.७ डलर मूल्य पाउने गरेकोमा टर्कीमा भने ३.२ डलरभन्दा बढी मूल्य पाउने गरेको छ।

आकर्षक मूल्य र भन्सार तिनुनपर्ने सुविधाका कारण नेपाली धागोका लागि टर्की प्रमुख बजार बन्न पुगेको थियो। बिगत पाँच वर्षमा टर्कीतर्फको नेपालको सिन्थेटिक धागोको निर्यात् औसत ३८ प्रतिशतले र परिमाणमा औसत ४५ प्रतिशतले बृद्धि भएको छ।

बंगलादेश अर्काे क्रेता
गत १६-१७ जेठमा नेपाल(बंगलादेश वाणिज्य सचिव स्तरीय बैठकले नेपालको धागो बंगलादेशमा निर्यात गर्ने सहमति जनाएको थियो। तर त्यसको कार्यान्वयन अझै हुन सकेको छैन।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बंगलादेशमा वार्षिक ५ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात स्थलमार्गबाट गराउन सकिने बताएको थियो।

 

प्रकाशित ८ कार्तिक २०७५, बिहिबार | 2018-10-25 12:43:52
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...