चौधरी समूहका निर्देशक करण, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्



करण चौधरी र विद्यात्री पोखरेल
करण चौधरी र विद्यात्री पोखरेल

चौधरी समूहले अहिले नेपाल सहित विश्वका ४० भन्दा बढी क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेको छ।

विश्वका धनाढ्यहरूको सूची प्रकाशित गर्ने फोर्ब्स म्यागेजिनको सूचीमा रहेका नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी नेतृत्वको यो व्यापारिक घरानाले होटल, खाद्य, विद्युतीय उपकरण, वित्तीय संस्था, पूर्वाधार, आवास विकास, अटोमोबाइल, अस्पताल, स्कूल, जलविद्युत सहितका क्षेत्रमा लगानी गरिरहेको छ।

करण चौधरी प्रतिष्ठित व्यवसायिक घराना अर्थात् चौधरी परिवारमा जन्मिए, हुर्किए। नाताले विनोदका भतिज उनी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्।

अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो दशैँमा ससुराली जाने योजनामा छन्।

मारवाडी युवा उद्यमी पहिलो पटक दशैंको टिका थाप्न ससुराली जाँदैछन्।

हो, यो दशैँमा उनी दही केरासहित विजया दशमीको टीका थाप्न झापाको बिर्तामोडस्थित ससुराली घर जाँदैछन्। पहाडे मूलकी विद्यात्री पोखरेल र करणबीच गत असारमा विवाह भएको थियो। विवाह गरेको वर्ष दशैँमा ससुरालीको टीका र आर्शिवाद विशेष मानिन्छ। यसलाई करणले पनि महत्व दिएका छन्।

‘चौधरी परिवार सधैँ धर्म, परम्परा र संस्कृतिलाई उच्च आदार गर्छ। हामी आफ्नो रितिरिवाजलाई निरन्तरता दिन र चलेको चलनअनुसार उत्सव मनाउन कुनै कसर बाँकी राख्दैनौं’, करण भन्छन्, ‘म टीका थाप्न जान उत्साही छु।’

संयुक्त परिवारमा रहेको चौधरी परिवारले अहिले पनि एकै ठाउँमा भेला भएर दशैँ मनाउने गरेको छ। व्यवसायका कारण अरु बेला व्यस्त रहे पनि यो बेला सकेसम्म परिवारका सबै सदस्य एकै ठाउँमा भेला हुनु चौधरी परिवारको विशेषता हो।

चाडपर्वमा मनोरञ्जन हुनुपर्ने करणको बुझाइ छ। ‘व्यवसायिक मूल्यको हिसाबले म बिदा लिन्नँ तर आफ्नो परिवारका सदस्यसँग भेटघाट र रमाइलो गर्न यो महत्वपूर्ण अवसर छोड्ने कुरा पनि हुँदैन’, उनी भन्छन्, ‘दशैँजस्तो चाडले सबैमा मनोरञ्जन प्रदान गर्छ। नयाँ उर्जा भर्नसक्छ र पछि काममा पनि यसको प्रभाव देखिनसक्छ।’

करण चाैधरी

करण चाैधरी

उनले दशैँलाई पारिवारिक निकटता प्रगाढ बनाउने चाडको रुपमा लिएका छन्। भन्छन्, ‘ऐतिहासिक र सांस्कृतिक पक्ष मलाई धेरै थाहा छैन। तर पारिवारिक जमघट र मान्यजनबाट टीका आर्शिवाद थाप्ने यो पर्वको महत्व साँच्चिकै अतुलनीय छ।’

विवाहित जोडी ससुरालीमा टीका थाप्न जाँदा त्यसले दुई परिवारबीच निकटता बढाउने उनको बुझाइ छ।

‘बुवाआमाको हातबाट टीका थाप्न म र पत्नी विद्यात्री जाँदैछौं’, उनी भन्छन्, ‘यो हाम्रा लागि उल्लासको विषय हो।’

मोडलिङमा सक्रिय विद्यात्रीको माइती बिर्तामोड हो। पोखरेल परिवारको चलनअनुसार तयार पारिने टीकामा आफू समावेश हुने करणको योजना छ।

‘संस्कृति, परम्पराहरु अनुसरण गर्न मलाई गाह्रो लाग्दैन’, करण भन्छन्, ‘फेरि दशैँले धेरै अर्थमा व्यक्ति–व्यक्ति र परिवारका सदस्यहलाई जोड्ने काम गर्छ।’

सासु–ससुरा बाहेक अन्य आफन्तकोमा समेत टीका आर्शिवाद थाप्ने करणको तयारी छ।

पहिलो पटक ससुरालीको दशैँ अनुभवसँगै उनले पाउने आर्शिवाद कस्तो होला? परम्परागत महाराजाहरूभन्दा बढी सम्पत्तिको मालिक भइसकेको चौधरी समूहका निर्देशक करणले सायद परम्परा अनुसार नै मान्यजनबाट पाउनेछन् ‘विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति’ का लागि आशिर्वाद।

प्रकाशित ३१ असोज २०७५, बुधबार | 2018-10-17 18:23:43
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...