हवाई टिकटका लागि मन्त्रीको भनसुन!


Infocus



दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप अत्यधिक रूपले बढेको छ। यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको छ।

जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको गुनासो छ। कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन। कर्णालीका जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा सडक यातायात पुगे पनि त्यति भरपर्दो नरहेकाले सो क्षेत्रका बासिन्दाले आवतजावतका लागि हवाई यातायातको साहारा लिनुपर्ने बाध्यता छ।

टिकट नपाउँदा पहाडी जिल्लाका यात्रु चाडपर्वको समयमा सधैँ मर्कामा पर्ने गर्छन्। टिकट वितरणको काम व्यवस्थित नहुँदा हरेक वर्षको दशैँ तिहारमा पहाडी तथा हिमाली जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको छ।

हवाई टिकटमा ठूलाबडाको भनसुन चल्ने गरेपछि सामान्य सर्वसाधारणको बिचल्ली नै भएको छ। ‘दशैँको फूलपाती भित्रिसक्यो, आज महाअष्टमी तर अहिलेसम्म टिकट नपाएर घर फर्किने सुरसार नै छैन’, मुगुका सुरेन्द्र शाहीले भने, ‘टिकट जति सबै मन्त्री र सांसदको पावरमा बाँडिएको छ, सर्वसाधारण लाई चाहिँ बिचल्ली पार्ने काम भएको छ।’

नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जहाजको उडान भन्दा यात्रुको चाप धेरै भएको बताए। उनका अनुसार पहाडी जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला र बाजुराका लागि तारा र समिट एयरले दैनिक रूपमा एक÷एक उडान भर्दै आएका छन्।

‘सीता एयरको जहाज अहिले बिग्रेको छ, नेपाल एयरको जहाजले आइतबारबाट मात्रै उडान शुरु गरेको छ’, उनले भने, ‘तारा र समिट एयरसँग एक÷एक मात्रै जहाज चालु अवस्थामा छन्, यी दुई जहाजले दैनिक रूपमा उडान भर्छन्।’ रासस

प्रकाशित ३१ असोज २०७५, बुधबार | 2018-10-17 11:43:37
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भेगन

    के माछामासु नखाने मानिस बढी बाँच्छन्?

    विश्वमा माछामासु दूध दही नखानेहरुको जनसंख्या बढ्दो छ। पश्चिमा मुलुकहरुमा भेगन हुने लहर नै चलेको छ।

  • सुदर्शन रन्जित

    पोखरा चिनाउने फोटोग्राफर

    पोखरा रामबजारमा रहेको उनको घरको बैठक कोठामा प्रवेश गर्ने जोकसैलाई भित्तामा झुण्डाईएको ठूलो फ्रेमिङले तान्छ।

  • मेसोपोटामियामा युद्धरत गोर्खाली सैनिक, सन् १९१७

    पहिलो विश्वयुद्धका १०० वर्ष: नेपालले के पायो, के गुमायो?

    बेलायती सेनामा गोर्खालीहरुलाई भर्ति गर्न पठाएवापत राणा शासकहरुले वार्षिक दस लाख रुपैयाँ सलामीस्वरुप प्राप्त गर्दथे।

  • केपी शर्मा ओली

    २५ अर्ब माथिका सबै योजना अब प्रधानमन्त्री कार्यालय मातहत

    दुई तिहाई बहुमत लिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई झन् झन् शक्तिशाली बनाउँदै लगेका छन्।