केरा खेतीतर्फ किसानको बढ्दो आकर्षण




झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै सफल केरा उत्पादक किसानमा पर्छन्।

नगदे बालीका रुपमा २०५२ सालबाट साउँदले केरा खेतीलाई निरन्तरता दिँदै आएका छन्। ‘सजिलो र आम्दानीको राम्रो स्रोत बनेपछि केरा खेतीलाई नै व्यावसायिक बनाउदै लगें’, किसान साउँदले भने, ‘केरा खेतीबाट नाम र दाम दुबै पाउन सफल भएको छु।’

एक कठ्ठाबाट केरा खेती थालेको उहाँले हाल १५ बिगाहा जमीनमा व्यावसायिक केरा खेती गरिरहेका छन् । ‘अहिले जमीन लिजमा लिएर पनि केरा खेती बढाउँदै लगेको छु’, साउँदले भने, ‘केरा खेती गर्ने विभिन्न प्रविधि र तरिकालाई पनि आत्मसात् गर्दा राम्रो परिणाम आएको छ।’

उनले करीब पाँच बिगहा जमीनमा थोपा सिँचाइ प्रणाली (इजरायली प्रविधि) र दश बिगहामा गरी १५ बिगहा जमीनमा केरा खेती गरिरहेका छन्। केरा खेतीबाट आफूले वैदेशिक रोजगारीको भन्दा राम्रो आम्दानी गरेको बताउँदै उनले खेती किसानमा ध्यान दिए घर छाड्नु नपर्ने धारणा राख्छन्। केरा खेतीको खर्च कटाएर वार्षिक रु १० लाखदेखि १५ लाखसम्म आम्दानी भइरहेको साउँदको भनाइ छ।

‘केरा खेती गर्ने जिल्लाभरका किसान सङ्गठित भएर सहकारीसमेत सञ्चालनमा ल्याएका छौँ’, उनले भने, ‘सहकारीमा जिल्लाभरका ५५० जना केरा खेतीमा आबद्ध किसान छन्।’ कञ्चनपुरमा हाल ४०० हेक्टरमा केरा खेती हुँदै आएको छ।

इजरायलको थोपा सिँचाइ प्रणालीबाट यहाँको भीमदत्तनगरपालिका, कृष्णपुर र पुनर्वास नगरपालिकामा किसानले केरा खेती शुरु गरेका छन्। त्यसैगरी भीमदत्तनगरपालिका–१० तिल्केनीकै किसान पार्वती साउँद पनि सफल केरा खेती गर्ने किसानमा आउँछिन्। २०५४ सालबाट केरा खेती थालेकी उनी धान, गहुँ खेती छाडेर केरा खेतीमा लागेको बताउँछन्।

‘धान, गहुँभन्दा त केरा खेतीमा बढी मुनाफा रहेछ’, उनले भने, ‘केरा बिक्रीबाटै घर खर्चका साथै छोरा÷छोरीका लागि अध्ययन खर्च जुटाउँदै छु।’ उनले केरा खेतीबाट भएको आम्दानीले छोरीलाई वैदेशिक अध्ययनका लागि डेनमार्क पठाएको पनि उनले स्मरण गरे।’

केरा खेतीमा उनलाई श्रीमान्ले समेत सघाएका छन्। ‘दुवै जना खेतीमै लागेर खर्च चलाएका छौँ’, उनले भने, ‘मेहनतअनुसारको फल पाएकै छौँ।’ कृषिलगायतका सम्बन्धीत सरकारी निकायबाट विभिन्न उपकरणसँगै अनुदानसमेत मिलेकाले खेतीमा थप सहजता थपिएको पार्वती साउँदको भनाई छ।

जिल्लामा केराको उत्पादन बढिरहेको छ तर बजारको समस्या यथावत रहेको गुनासो किसानको छ।

थोपा सिँचाइ प्रविधिले सहजता ल्याइयो

व्यावसायिक केरा खेती होस् वा तरकारी खेती, थोपा सिँचाइ प्रणालीले कृषकलाई व्यवसायमा सहज बनाएको छ।

थोपा सिँचाइ प्रविधि अर्थात् इजरायली प्रविधिले व्यवसायमा सहजता ल्याएको केरा कृषक पार्वती साउँद बताउँछिन्। ‘यो प्रविधिले समय र लगानी दुबैको बचत गरेको छ’, उनले भने, ‘केरा खेतीमा आबद्ध किसान उक्त प्रविधिबाट थप हौसिएका छन्।’

कञ्चनपुरमा थोपा सिँचाइ प्रणाली शुरु भएको एक वर्ष मात्रै भएको छ। नेपालमा २०५५ सालदेखि थोपा सिँचाइ प्रविधि शुरु भएको थियो। उक्त प्रणालीमा प्लाष्टिक पाइपबाट बिरुवाको जरामा थोपाथोपा गरेर पानीको आवश्यकता पूरा गरिन्छ। यो प्रविधिले सतह सिँचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ। यसले थोरै पानीबाट धेरै सिँचाइ गर्न सकिन्छ। रासस

प्रकाशित ३० असोज २०७५, मंगलबार | 2018-10-16 18:54:20
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...