हायात हत्याउन सराफ-श्रेष्ठको खेल: सरकारको अख्तियारी नाघेर अंगुरबाबाद्वारा हस्ताक्षर


Infocus



हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुर्इ छोराहरू
हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुर्इ छोराहरू

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले मन्त्री परिषदले दिएको अख्तियारी नाघेर नीजि साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको भेटिएको छ।

२०४८ मंसिर ५ को मन्त्री परिषद बैठकले १ सय ५० रोपनी जग्गाको साधारण शेयर लिएर तारागाउँ रिजेन्सी होटल लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गर्ने र बाँकी १ सय ५४ रोपनी जग्गा भाडामा दिने निर्णय गरेको थियो।

तर २०५१ जेठ ५ मा समितिले निजी साझेदारहरु राधेश्याम सराफ र रामलाल श्रेष्ठ समूहबीच कम्पनी स्थापना हुँदा गरिएको सहमतिमा भाडाको जग्गालाई समेत पाँच वर्षमा क्रमशः शेयरमा परिणत गर्दै लैजाने सहमति गरेको भेटिएको हो।

संयुक्त लगानी सम्झौताको बुँदा ४ मा भनिएको छ, ‘३ सय ४ रोपनी मध्ये १५० रोपनी टिजिबिडीको इक्युटी शेयर अधिकारमा रुपान्तरण हुनेछ। बाँकी जग्गा होटल सञ्चालनमा आएको तीन वर्षसम्म कुनै पनि समयमा सहमतिमा इक्युटीमा रुपान्तरण हुनेछ।’

मन्त्रिपरिषदकाे निर्णयले भन्छ १५० राेपनी बाहेककाे जमिन 'लिज'मा दिइनेछ।

मन्त्रिपरिषदकाे निर्णयले भन्छ १५० राेपनी बाहेककाे जमिन 'लिज'मा दिइनेछ।

यो बुँदाको सम्झौता मन्त्री परिषदको स्वीकृतिभन्दा अघि बढेर भएको देखिन्छ।

मन्त्री परिषद निर्णयअनुसार ‘३०४ रोपनी जग्गा मध्ये १५० रोपनी प्रतिरोपनी १० लाख रुपैयाँका दरले उक्त लिमिटेडमा तारागाउँ विकास समिति शेयरमा लगानी गर्ने र बाँकी १५४ रोपनी लिजमा दिने पर्यटन मन्त्रालयमार्फत प्रस्तुत विषय उल्लेख भएअनुसार गर्न स्वीकृत दिने’ निर्णय भएको छ।

मन्त्रिपरिषदले अधिकार नदिएको यस्तो सम्झौतामा तारागाउँ विकास समितिका तर्फबाट तत्कालीन अध्यक्ष अंगुरबाबा जोशी र निजी साझेदारतर्फबाट राधेश्याम सराफले हस्ताक्षर गरेका छन्।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको विषयमा छानविन गर्न तीन वर्षअघि गठन भएको नारदकुमार लुइँटेल नेतृत्वको छानविन समितिले तत्कालीन समितिका पदाधिकारीले अख्तियारी नभएको विषयमा सम्झौता गरेको निष्कर्ष निकालेको हो।

‘छानविन समितिले खोज्दा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड स्थापनाको विषयमा मन्त्री परिषद्ले एक पटक मात्रै निर्णय भएको देखिन्छ,’ लुईंटेलले नेपालखबरसँग भने, ‘त्यसमा तत्कालिन समितिले आफूसँग नभएको अख्तियार प्रयोग गरेको देखिन्छ।’

अंगुरबाबा जोशी, जसले सरकारले दिएको अख्तियारी नाघेर सराफ–श्रेष्ठलार्इ फाइदा पुग्ने गरी सम्झौतामा हस्ताक्षर गरिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी र तारागाउँ विकास समितिबाट सात वर्षअघि नै छापा मारेर लगेपछि अहिलेसम्म त्यस विषयका अघि बढाएको छैन। दुवै पक्षबीच भएको सहमतिपछि नेपाल खानेपानी संस्थानलाई ६ रोपनी जग्गा प्रयोग गर्न दिइएको देखिन्छ। अहिले कम्पनीले आफ्नो स्वामित्व रहेको १ सय ४८ र भाडाको १ सय ४८ रोपनी जग्गा उपयोग गर्दै आएको छ।

कम्पनीले कौडीको भाउमा अहिले जग्गाको उपयोग गर्दै आएको छ। हाल प्रतिरोपनी १२ हजार रुपैयाँ प्रति वर्ष भाडा बुझाउने गरेको छ।

समिति र निजी साझेदारबीच सम्झौतापत्रमा हस्ताक्षर हुँदा पहिलो दस वर्ष १० हजार रुपैयाँ भाडा रहेको थियो। १० हजार रुपैयाँलाई आधार मानेर दस वर्षको अन्तरमा १० प्रतिशतले भाडा बढाउने सहमति भएको थियो।

राजधानीमा महत्वपूर्ण स्थानमा रहेको जग्गालाई प्रयोग गरेर होटल सञ्चालनमा ल्याए पनि समितिले त्यसबाट प्रतिफल प्राप्त गर्न सकेको छैन। निजी साझेदारहरु सराफ र श्रेष्ठ समूहले शेयर संरचनामा चलखेल गरेर कम्पनी नै हत्याउन प्रयास गरिरहेको सरकारी छानिवन समितिले निष्कर्ष निकालेको छ।

सो कम्पनीमा सरकारको शुरुवात सेयर ३९.७७ प्रतिशत स्वामित्व घटेर हाल ९ प्रतिशतमा झरेको छ। सञ्चालक समिति सराफ–श्रेष्ठ परिवारको पकडमा गइसकेको छ। अहिले ११ सदस्यीय सञ्चालन समितिका सात सदस्य श्रेष्ठ र सराफ परिवारका सदस्य एवं उनीहरुका निकट व्यक्ति छन्।

निजी–सार्वजनिक साझेदार अन्तर्गत स्थापना भएको सो कम्पनीका नीजि साझेदारहरुले २० अर्ब रुपैयाँभन्दा बढीको सरकारी सम्पत्ति हत्याउन प्रहरीदेखि राजनीतिक व्यक्तित्व समेत सेटिङ गर्ने गरेका छन्।

राजनीतिक ‘कनेक्सन’ मिलाउन हायत होटलका निजी साझेदारले सत्तारुढ नेकपाका नेता एवं पूर्व राज्यमन्त्री जितु गौतमलाई परामर्शदाता नियुक्त गरेका छन् भने जनसम्पर्क अधिकृतको जिम्मेवारी पूर्व एसपी गोविन्दराम परियारलाई दिइएको छ।

नेपालखबर फलाेअप:

१. हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

२. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

३. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

४. होटल हायातकाे २० अर्बको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 19:01:12
Max TV
Max TV
Zen Travels
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।