Exclusive

ताेरीमा आत्मनिर्भर बनाउन तुलसीपुर उपमहानगरद्वारा बीउ वितरण



तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत जातको तोरीको बीउ अनुदानमा उपलब्ध गराएको छ।

उपमहानगरपालिका भित्रका १९वटै वडाका ६९५ किसान, १३ कृषक समूह र तीन सहकारीलाई सो बीउ वितरण गरिएको उपमहानगरपालिकाका कृषि अधिकृत तिलक केसीले जानकारी दिए। सबैभन्दा बढी अनुदानको बीउ वडा नं १ र २ का किसानले लिएका छन्। उक्त बीउको मूल्य प्रतिकेजी रु ५५ निर्धारण गरिएको छ।

कृषि विकास कार्यालयले पनि उक्त उपमहानगरपालिका–१२ को उरहरीमा बीउ उत्पादन कार्यक्रम शुरु गरेको छ। बीउ उत्पादनको जिम्मा पशुपति आत्मनिर्भर सहकारी संस्थालाई दिइएको छ।

जिल्लामा १७ हजार ८८५ हेक्टर जग्गामा तोरीखेती, एक सय हेक्टरमा रायो, एक सय हेक्टरमा सस्र्यु, २५० हेक्टरमा आलस, र २०३ हेक्टरमा सूर्यमुखीको खेती हुदै आएको सरकारी तथ्याङ्क छ।

उक्त उपमहानगरपालिकामा ४२ हेक्टर जमिनमा तोरीखेती हुँदैआएको छ। जिल्लामा गतवर्ष १८ हजार ८०० मेट्रिक टन तोरी उत्पादन भएको थियो।

धान काट्ने चटारो

देउखुरी क्षेत्रका किसानलाई यतिखेर धान काटने चटारो छ। अहिले त्यहाँका अधिकांश क्षेत्रका किसान बिहानैदेखि आ–आफ्ना खेतमा लगाएको धान काट्न व्यस्त देखिन्छन्।

सो क्षेत्रमा सिँचाइको सुविधा हुँदा समयमै किसानले धान रोपेकाले जिल्लाको अन्य क्षेत्रको तुलनामा त्यहाँ चाँडै नै धान पाकेको छ भने अन्य ठाउँमा भने अझै धान पाकिसकेको छैन्। दशैं भित्रिसके पनि यतिखेर बिहानैदेखि बेलुकासम्म किसान धान काट्न र दाइँ गर्न लागेका देखिन्छन्।

बिहान ७ बजे नै खेतमा धान काट्न आउने गरेको र बेलुका ६ बजे मात्र घर फर्कने गरेको बताउँछिन् लमही नगरपालिका–५ घुम्नामा धान काट्दै गरेकी धमकली चौधरी।

उनी भन्छिन्, ‘धान पाकेर ढलेको छ, लामो समय भयो पानी परेको छैन यदि पानी परिहाले पाकेको धानलाई नोक्सान गर्दछ, त्यसैले दशै‌ं आए पनि चाँडै घरमा धान भित्र्याउन अहिले धान काट्न व्यस्त छौ।’

धान काट्न उनीसँगै उनका परिवारका पाँच सदस्य सहभागी थिए। त्यसैगरी लमहीको बलरामपुरका खुशी चौधरी पनि आफ्नो खेतमा धान काट्न व्यस्त छन्। उनी भन्छन् ‘छोराछोरी पढ्न गएका छन्, श्रीमती गाई चराउन गएकी छिन् त्यसैले एक्लै धान काट्नु परेको छ।’

अहिले धमकली र खुशी मात्र होइन देउखुरीका अधिकांश किसान धान काट्न र दाइँ गर्न दिनभर नै खेतमा व्यस्त छन्। दाङको देउखुरी क्षेत्रमा तीन गाउँपालिका र लमही नगरपालिका छ।

अधिकांश क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले त्यहाँ धानखेती राम्रो भएको हो। देउखुरी क्षेत्रमा मात्र १५ हजार हेक्टर जमीनमा धानखेती हुने गरेको सरकारी तथ्याङ्क छ। यसपटक त्यहाँका किसानले राधा ४, मनसुली, जीरा मन्सुली विन्देश्वरी लगायत जातको धानखेती गरेका थिए।

प्रकाशित २६ असोज २०७५, शुक्रबार | 2018-10-12 16:16:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।