हवाई भाडाः जाँदा महँगो, आउँदा सस्तो


Infocus



यति एयरलाइन्सकाे एटिअार ७२–५०० विमान
यति एयरलाइन्सकाे एटिअार ७२–५०० विमान

वायुसेवा कम्पनीहरुले दशैंमा बाहिरबाट काठमाडौं यात्रा गर्ने हवाई यात्रीहरुलाई कम भाडामा सेवा प्रदान गर्ने भएका छन्।

NIC ASIA

आन्तरिक उडान गर्ने प्रतिस्पर्धी वायुसेवा कम्पनी मध्यमा एक यती एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, र नेपालगञ्जबाट काठमाडौं यात्रा गर्ने यात्रुलाई कम भाडामा टिकट प्रदान गर्ने वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईले नेपालखबरलाई जानकारी दिए।

दशैंमा घर जाने धेरै यात्रु हुँदा वायुसेवा कम्पनीले सरकारले तोकेको अधिक्तम भाडामा टिकट प्रदान गर्ने गरेको छ। तर, काठमाडौं फर्कदा भने न्युनतम भाडाभन्दा पनि कममा हवाई टिकेट बिक्री गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

यती एयरलाईन्सबाट भैरहवा–काठमाडौं र भद्रपुर–काठमाडौं २५–२५ सय, विराटनगर–काठमाडौं २६ सय, नेपालगञ्ज–काठमाडौं ३ हजारमा उडान गर्न सकिने छ। यो सेवा दशैँको टीकाको अघिल्लो दिनसम्म मात्र लागू हुने राईले जानकारी दिए।

त्यस्तैगरी बुद्ध एयरले पनि दशैंको सप्तमी र अष्ठमीका दिन न्यूनतम भाडमा विभिन्न गन्तव्यबाट काठमाडौं उडान गर्ने भएको छ। प्रायः सबै वायुसेवा कम्पनीले दशैंमा काठमाडौं फर्कदा धेरै यात्रु नहुने भएकाले कम भाडामा नै टिकट बिक्री गर्ने गरेका छन्।

 

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 15:43:31
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।