हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद


Infocus



बाैद्धस्थित हायात हाेटल
बाैद्धस्थित हायात हाेटल

पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले आफ्नो निजी कम्पनीमार्फत बिनाप्रतिस्पर्धा कुनै पनि सेवा वा वस्तु बिक्री गर्न नपाउने नियम हायात होटल सञ्चालकले उल्लंघन गरेका छन्।

हायात होटलको सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेड हो।

होटल सञ्चालक तथा प्रबन्ध निर्देशक अरुणकुमार सराफको नाममा दर्ता रहेको एवं होटल सञ्चालक समिति अध्यक्ष राधेश्याम सराफ आफैं अध्यक्ष रहेको निजी ट्राभल कम्पनीबाट हायातले बजार मूल्यभन्दा दोब्बर बढी मूल्य तिरेर बिना प्रतिस्पर्धा सेवा लिने गरेको पाइएको छ।

सराफ स्वामित्वको नेपाल ट्राभल एजेन्सी प्राइभेट लिमिटेडले बिनाप्रतिस्पर्धा चलनचल्तीभन्दा निकै महँगोमा होटललाई मोटर, टिकट र दृश्यावलोकनजस्ता सेवा बेच्ने गरेको छ। अधिवक्ता विष्णुप्रसाद तिमल्सिना सार्वजनिक निजी साझेदारीको कम्पनीले प्रतिस्पर्धा बिना र बजारमूल्यभन्दा बढीमा सेवा किन्नु भ्रष्टाचार ठहरिने बताउँछन्।

‘व्यक्तिगत रूपमा फाइदा लिने र पब्लिक लिमिटेड कम्पनीलाई घाटा पुर्याउने काम गर्नु दण्डनीय अपराध हो। त्यस्ता सञ्चालकविरुद्ध सञ्चालक समितिले कारबाही गर्न सक्छ,’ तिमल्सिनाले भने, ‘यदि त्यो कम्पनी पब्लिक प्राइभेट पार्टनशीपमा छ भने त्यो भ्रष्टाचार नै हो। अख्तियारले त्यसमा छानवीन गर्नुपर्छ।’

तारागाउँ विकास समितिको एघार सदस्यीय सञ्चालक समितिमा सात सदस्य राधेश्याम सराफ र रामलाल श्रेष्ठका परिवारका व्यक्ति छन्। सेयर संरचनामा चलखेल गरी सरकारी सम्पत्ति हत्याउन खोजेको भन्दै सरकारले आफ्नो प्रतिनिधि पठाएको छैन। बाँकी रहेका सदस्यहरु श्रेष्ठ र सराफ निकटकै छन्।

नाटाकाे वेबसाइटले देखाउँछ नेपाल ट्राभल्स एजेन्सी प्रालि र हायात हाेटलका सञ्चालक एउटै हुन्

नाटाकाे वेबसाइटले देखाउँछ नेपाल ट्राभल्स एजेन्सी प्रालि र हायात हाेटलका सञ्चालक एउटै हुन्

सराफ र श्रेष्ठ सेयर संरचनामा जालझेल गरी तारागाउँ विकास समिति स्वामित्वको २० अर्ब भन्दा बढीको सम्पत्ति संगठित रुपमा हत्याउन प्रयासरत देखिएका छन्। नेपाल ट्राभल्स एजेन्सी प्रालिले अतिथिलाई विमानस्थलबाट होटलसम्म ल्याउँदा र छाड्दा प्रतिट्रिप १ हजार ३ सय १० रुपैयाँ होटलबाट लिने गरेको स्रोतले जनाएको छ। होटलले अन्य कम्पनीबाट सोही सेवा लिँदा ६ सय ५ रुपैयाँ भुक्तानी दिन्छ।

नेपाल टुुरिस्ट भेइकल एसोसिएसनमा दर्ता भएका कम्पनीले समेत ५ सय ५० रुपैयाँमै यो सेवा उपलब्ध गराउँछन्। हायात होटलका निजी साझेदारको कम्पनी भएकै कारण उनीहरुले दोब्बरभन्दा बढी शुल्क असुलिरहेका हुन्।

मुलुककै पुरानो ट्राभल एजेन्सी नेपाल ट्राभल्स एजेन्सी प्राइभेट लिमिटेडले सेवा दिएबापत होटलबाट वर्षेनी लाखौं रुपैयाँ बुझ्ने गरेको छ। होटलको २०७४–०७५ को वासलातअनुसार सो ट्राभल एजेन्सीले ३५ लाख ७६ हजार ६ सय ८६ रुपैयाँ ९ पैसा बुझेको छ। तर स्रोतहरू सो ट्राभल्स एजेन्सीले निकै बढी कारोबार गरेको दाबी गर्छन्।

हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुर्इ छोराहरू

हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुर्इ छोराहरू

‘वर्षमा एक करोड रुपैयाँभन्दा बढी मोटर सेवा होटलले खरिद गर्ने गरेको छ,’ हायात स्रोतले नेपालखबरसँग भन्योे, ‘सन् २०१७ अगस्टदेखि होटल व्यवस्थापनले सराफको कम्पनीबाटै सेवा खरिद गर्न अनिवार्य गरेको छ।’

यसरी सेवा खरिद गर्दा हायातले बोलपत्र आह्वान गर्ने गरेको छैन।

सेवा तथा वस्तु खरिद गर्दा हरेक पब्लिक लिमिटेड कम्पनीले सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरी खरिद गर्नुपर्ने अधिवक्ता विष्णुप्रसाद तिमल्सिना बताउँछन्।

‘सराफको कम्पनीका लागि होटलभित्र छुट्टै स्थान छ, उसले त्यहीँबाट सेवा दिनेगर्छ’, एक कर्मचारीले भने, ‘बोलपत्रसमेत आह्वान नगरी सराफकै कम्पनीबाट सेवा खरिद हुँदै आएको छ। सराफको लगानी रहेको तर स्वामित्व नदेखिने अन्य कम्पनीबाट समेत होटलले महँगोमा वस्तु तथा सेवा खरिद गरिरहेको छ।’

यस विषयमा थप बुझ्न खोज्दा कम्पनीका जनसम्पर्क निर्देशक गोविन्दराम परियार सम्पर्कमा आउन चाहेनन्।

नाटाले पर्यटक बाहनका लागि कारको प्रतिकिलोमिटर ३० रुपैयाँ, भ्यानको ६० रुपैयाँ, माइक्रोबसको ७५ रुपैयाँ, बसको १ सय ५ रुपैयाँ शुल्क तोकेको छ। होटल हायातबाट त्रिभुवन विमानस्थलसम्मको दुरी साढे तीन किलोमिटर छ।

हायात हत्याउने श्रेष्ठ परिवारका याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

हायात हत्याउने श्रेष्ठ परिवारका याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

होटलले स्थापनाकालदेखि नै कम्पनीका एक सञ्चालक अध्यक्ष रहेको इन्स्योरेन्स कम्पनीबाट निर्जीवन बिमा किन्दै आएको थियो। सुरेशलाल श्रेष्ठ अध्यक्ष रहेको प्रिमियम इन्स्योरेन्सबाट होटलले स्थापना कालदेखि नै सेवा लिँदै आएको थियो। तर ट्रेड युनियनले स्वार्थ बाझिने गरी कारोबार भएको भन्दै विरोध गरेपछि सन् २०१२ बाट होटलले सो कम्पनीबाट इन्स्योरेन्स पोलिसी किन्न छाडेको थियो। श्रेष्ठ होटलका निजी साझेदारतर्फ बहुसंख्यक सेयर भएका व्यक्ति हुन्।

सार्वजनिक निजी साझेदारीअनुसार २५ वर्षअघि स्थापना भएको सो होटलमा सुरुमा सरकारको ४० प्रतिशत सेयर स्वामित्व थियो। निजी साझेदारले सेयर संरचनामा जालझेल गर्दा सरकारको सेयर स्वामित्व ९ प्रतिशतमा झरेको छ। मन्त्री एवं कर्मचारीलाई प्रलोभनमा पारी निजी साझेदारहरुले सरकारी स्वामित्वको सम्पत्ति गैरकानुनी रुपमा हत्याउन प्रयास गरे पनि उनीहरुलाई कुनै कारवाही भएको छैन।

नेपालखबर फलाेअप:

१. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

२. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

३. होटल हायातकाे २० अर्बको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

प्रकाशित २४ असोज २०७५, बुधबार | 2018-10-10 19:40:26
Max TV
Max TV
Zen Travels
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं