नेपालले भाडामा लिँदै ६ डिब्बे भारतीय रेल



जयनगरमा भारतीय रेल
जयनगरमा भारतीय रेल

संचालन गर्न भारतीय पक्षसँग सहमति जुटेको छ। भारतीय रेल सेवा निगमसँग ६ डिब्बाको रेल भाडामा लिने सहमति भएको भौतिक योजना तथा यातायात मन्त्रालयले स्रोतले जनाएको छ।

नेपाल सरकारले अहिले किन्न सयम अभाब भएको भन्दै ६ डिब्बाको रेल निगमसँग भाडामा रेल ल्याउन लागेको हो। नेपाल सरकारले कति समयको लागि कति पैसामा भाडामा लिने भन्ने यकिन भइसकेको छैन। 'दुवै देशका अधिकारीबीच भाडा रकमबारे छलफल चलिरहेको छ', मन्त्रालय स्रोतले नेपालखबरसँग भन्यो, 'एक दुई दिन भित्रै सो विषय टुङ्याएर र सहमति पत्रमा हस्ताक्षर हुन्छ।'

यसअघि भारतले आफ्नै रेल सञ्चालन गर्न नेपाललाई गरेको प्रस्ताव नेपालले अस्वीकार गरेको थियो। जयनगरदेखि जनकपुरको कुर्था सम्मको ३५ किलोमिटरमा संचलन हुने उक्त रेल मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उद्घाटन गर्ने योजना भौतिक योजना तथा यातायात मन्त्रालयको छ।

मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्माका अनुसार अहिले रेल मार्गको सडक निर्माण लगभग सकिएको छ। भारतबाट नै रेल भाडामा ल्याउने तथा भारतीय नाका हुँदै रेल सञ्चालन हुने रेलको उद्घटन दुवै देशका प्रधानमन्त्रीबाट हुँदा उचित हुने मन्त्रालयका बरिष्ठ कर्मचारीको निष्कर्ष छ।

भारतको रेल र प्राविधिक

जनकपुर(जयनगर रूटमा सञ्चालन हुने भाडाको रेलमा भारतीय प्राविधिक रहनेगरी सम्झौताको तयारी भइरहेको छ। रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार भारतीय रेल सेवा निगमले रेल इञ्जिन, चालक र प्राबिधिक सहयोग उपलब्ध गराउनेछ। भारतीय जनशक्तिसँगै नेपाली जनशक्ति पनि रेल सञ्चालनमा खटिने उनले बताए। नेपालीहरुले रेल सञ्चालनको ज्ञान प्राप्त गरिसकेपछि आफैं सञ्चालन गर्नेगरी तयारी भइरहेको हो। नेपाली पक्ष जानाकार नहुँदासम्म भारतीय ड्राइभर र टेक्निसियनलाई तलब दिएर राखिनेछ।

जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्थासम्म रेल मार्गको लिक निर्माण सम्पन्न भैसकेको छ। उक्त रेल मार्ग बर्दिबाससम्म संचालन गने योजना सरकारको छ।

भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्मको ६९ किलोमिटर रेलमार्गको लिक निर्माण कार्य सुरु भइसकेको छ। रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सोही अनुसार उक्त मार्ग निर्माण २०११ माघ महिनामा निर्माण थालनी भएको थियो। नेपालमा सुरु भएको रेल मार्ग ‘ब्रोडगेज’ प्रणालीको हो।

निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरीमा स्थानीय निर्माण कम्पनीलाई दिइएको थियो। जसमा नायक इन्फ्रास्ट्रक्चर प्रालि असम गुहाटीलाई इनरुवा बोर्डरदेखी महुवा कपिलेश्वरसम्म २४ किलोमिटर र धनुषाको कालिका रमण जेभिलाई कपिलेश्वरदेखि भंगहासम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाई र ग्राभेलको कामको ठेक्का दिइएको हो।

भारतको कम्पनीलाई सोही कामका लागि ६५ करोड र कालिका रमण जेभिलाई ७० करोडको ठेक्का दिइएको थियो।

प्रकाशित २४ असोज २०७५, बुधबार | 2018-10-10 12:38:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...