चिनियाँ अनुदानको ११ हजार लिटर अखाद्य तेल तीन वर्षपछि बेचियो

बजारमा उक्त तेल बिक्रीमा आए जिम्मेवार को?



२०७२ सालमा आएको भूकम्पपश्चात चिनियाँ सरकारले राहत स्वरुप दिएको तेल गुणस्तर परीक्षणमा अखाद्य प्रमाणित भएको थियो। २०७३ पुस २८ गते अनुदानमा नेपाल आएको १० हजार ६ लिटर उक्त तेल समयदेखि नेपाल खाद्य संस्थानमा थन्किएको थियो। सोमबार खाद्य संस्थानले उक्त तेल बिक्री गरेको छ।

नेपाल खाद्य संस्थानले उक्त तेल बिक्रीका लागि टेण्डरमार्फत आह्वान गरेको थियो। संस्थानले गत तीन पटकसम्म खान बाहेक अन्नय प्रयोजनको लागि बिक्री गर्नका लागि टेण्डर अह्वान गरे पनि बिक्री हुन नसकेको तले सोमबार बिक्री भएको हो। संस्थानले सोमबार प्रतिलिटर ४५ रुपैयाँको दरले दशरथ अर्याललाई बिक्री गरेको हो। संस्थानले सबै गरेर ४ लाख ७७ हजारमा उक्त तेल अर्याललाई बिक्री गरेको बताएको छ। 


संस्थानका अञ्चल प्रमुख सुरेन्द्रराज विष्टका अनुसार खाने प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न सकिने सर्तसहित उक्त तेल अर्याललाई बिक्री गरिएको हो।
अर्यालले चिनियाँ अनुदानमा आएको उक्त तेल खाद्य सामग्रीको रुपमा बिक्री वितरण गर्न पाउने छैनन्। खानमा प्रयोग गर्ने गरि बिक्रीवितरण गरेको पाइएमा उनलाई कारबाहीको दायरमा ल्याएने विष्टले जानाकारी दिए।

दशरथ अर्यालले भने उक्त तेल साबुन कारखाना, कुखुरा दाना कारखाना, इट्टाभट्टा ,लगायतलाई बिक्री गर्ने बताएका छन्। उनले बत्तिबाल्नको लागि पनि प्रयोगमा ल्याउन सकिन्छ। त्यस्ता मान्छेहरुलाई आफूले ग्राहक देखेको उनको भनाइ थियो।

चीन सरकारले अनुदानस्वरूप नेपाल सरकारलाई तेल उपलब्ध गराएपछि तेलको उपभोग गर्न मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरेको थियो।विभागको प्रयोगशाला परीक्षणबाट उक्त तेल न्यून गुणस्तरको देखिएको थियो।

सामान्तया शून्य दशमलब ५ भन्दा कम ‘एसिड भ्यालु’ भएको तेलमात्र उपभोग्य गुणस्तरको हुन्छ। तर प्रयोगशाला परीक्षणका क्रममा उक्त तेलको एसिड भ्यालु १ दशमलब ५ थियो। यसैगरी तेलमा लेबलिङ प्रस्ट उल्लेख भएको थिएन।

चीन सरकारले दिएका तेल खाद्य संस्थानले थापाथलीस्थित आफ्नो शाखा सदर धान गोदाममा भण्डारण गरेर राखेको थियो। तेलसँगै चीन सरकारले दिएको १ हजार क्विन्टल चामल १ सय क्विन्टल नून पनि दिएको थियो।

प्रकाशित २२ असोज २०७५, सोमबार | 2018-10-08 18:32:12
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...