नेपालले रेल किन्न नसक्ने भएपछि जनकपुरसम्म आफ्नै रेल चलाउने भारतको प्रस्ताव



डिजेल इन्जिन रेलकाे नमुना
डिजेल इन्जिन रेलकाे नमुना

रेल विभागका महानिर्देशक बलराम मिश्र भन्छन्ः दुई देशको झण्डा राखेर भारतीय रेल चलाउने प्रस्तावमा हामी सहमत हुन सक्दैनौँ। बरु भाडाको रेल सञ्चालन गर्ने, तर नेपालकै झण्डा राख्ने हाम्रो प्रस्ताव छ।

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३५ किलोमिटरमा असोज–कार्तिकभित्रै रेल सञ्चालन गरिने योजना रहेपनि नेपालको तर्फबाट कस्तो रेल सञ्चालन गर्ने भन्ने अन्योल बढेको छ।

नयाँ रेल नै किनेर सञ्चालन गर्ने नेपालको योजना रहेपनि खरिदका लागि समय र बजेट अभावका कारण नेपालको आफ्नै रेल सञ्चालन गर्न नसकिने स्थिति सिर्जना भएको छ।

‘हामी आफैले रेल किनेर सञ्चालन गर्न सक्ने अवस्था यो वर्षका लागि रहेन’ भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्माले भने, ‘बजेट र समय अभावका कारण यो स्थिति सिर्जना भएको हो।’

रेल मार्ग लगभग निर्माणको अन्तिम चरणमा पुगिसकेपनि यो रेलमार्गमा नेपालले सञ्चालन गर्ने रेल अहिलेसम्म तय नभएको बताउँदै शर्माले तत्कालका लागि भाडामा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सुनाए।

उक्त रेलमार्गमा रेल सञ्चालन गर्न मन्त्रालयले चालू आर्थिक वर्षका लागि ५० करोड रुपैयाँमात्र विनियोजन गरेको र यो रकम रेल खरिदका लागि अपर्याप्त रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ।

नेपाली भूभागमा निर्माण भइरहेको रेलमार्गमा रेल सञ्चालन गर्ने विषय राख्दा भारतीय पक्षले दुबै तर्फ भारतीय रेल प्रणालीभित्रकै रेल सञ्चालनको प्रस्ताव राखेको थियो।

भारतको रेल मन्त्रालयले जयनगरसम्म सञ्चालन हुने भारतीय रेल नै जनकपुरसम्म सञ्चालन गर्ने तथा त्यसमा नेपाल-भारत दुबै देशको झण्डा राख्ने प्रस्ताव गरेको थियो।

तर त्यसमा नेपालले सहमति जनाएन।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार आफ्नो मुलुकभित्र सञ्चालन हुने रेलमा नेपालकै झण्डा राख्न पाउनुपर्ने नेपालको प्रस्ताव छ।

‘दुई देशको झण्डा राखेर रेल चलाउने प्रस्तावमा हामी सहमत हुन सक्दैनौँ’ महानिर्देशक मिश्रले नेपालखबरसँग भने, ‘बरु भाडाको रेल सञ्चालन गर्ने, तर नेपालकै झण्डा राख्ने हाम्रो प्रस्ताव छ।’

उनका अनुसार, भारतका सरकारी रेल भाडामा लिँदा प्रक्रिया लामो हुने भएकाले भारतको निजी क्षेत्रसँग रेल भाडामा लिएर सञ्चाल गर्ने योजना गरिएको र त्यसका लागि कुटनीतिक पहल सुरु भइसकेको छ।

रेल विभागका उच्च अधिकारीहरुसहितको टोली नेपालका लागि सुहाउँदो रेल अवलोकनका लागि दुई महिनाअघि भारत गएको थियो। उक्त टोलीले १०-१५ डिब्बाको रेल सञ्चालन गर्दा व्यावहारिक हुने निष्कर्ष निकालेको थियो।

सरकारले १० डिब्बाको रेल किन्ने हो भने अहिले विनियोजित ५० करोड रुपैयाँ पर्याप्त हुने विभागका अधिकारीहरुको भनाई छ। तर, सबै रकम रेलमा खर्चिँदा अर्काे समस्या सिर्जना हुनेछ।

त्यो हो, रेल सञ्चालनको खर्च। किनभने, विनियोजित सबै रकम रेल खरिदमा खर्चिँदा त्यसको सञ्चालनका लागि आवस्यक पर्ने रकम विभागसँग रहने छैन।

नेपाली पक्षले भाडामा लिने योजना बनाएको रेल डिइएमयु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) हो।

प्रकाशित २१ असोज २०७५, आइतबार | 2018-10-07 19:31:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...