टेलिकमले ३० प्रतिशत सेयर दिएर अन्तर्राष्ट्रिय साझेदार भित्र्याउँदै



नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरी अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने विषयको अध्ययन पूरा भएको छ।

 सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको अध्ययन अनुसार टेलिकमको वृद्धि विकास तथा क्षमता बढाउनका लागि अन्तर्राष्ट्रिय रणनीतिक साझेदार आवश्यक रहेको पाइएको हो।

सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललका अनुसार सञ्चार मन्त्रालयले लामो समयदेखि उक्त विषयमा अध्ययन गरिरहेको थियो। उक्त अध्ययनले ३० प्रतिशत सेयर बिक्री गरेर नयाँ साmभोदार भित्र्याउन सकिने देखाएको छ।

उक्त अध्ययन रिर्पोटलाई सञ्चार मन्त्रालयले अर्थ मन्त्रालयमा पेश गरेको ढकालले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार सञ्चार मन्त्रालयले अध्ययन तथा प्रस्ताव मात्र गर्ने अधिकार छ। त्यसको लागि अरु आर्थिक विषयका बारेमा हेर्न भनेको अर्थमन्त्रालय हो। त्यो भन्दा माथि निर्यण गर्नु प¥यो भने मन्त्री परिषद् भनै पुग्नु पर्ने हुन्छ। त्यसकारणले साझोदार भित्र्याउने विषयलाई अघि बढाउने वा नबढाउने अर्थको हातमा पुगेको छ।

रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाकै लागि टेलिकमको सम्पत्ति, दायित्व, वित्तीय अवस्था, समग्र अवस्था आदिको अध्ययन गर्न डीडीए ९ड्यू डिलिजेन्स अडिट० सम्पन्न पनि भइसकेको छ।

१९ करोड खर्चेर गरिएको यो अध्ययन पनि सञ्चार मन्त्रालय हुँदै अर्थ मन्त्रालयको निजीकरण एकाईमा पुगेको छ।

बेलायती कम्पनी एनालाइसिस म्यासन अन्तर्गतको एनालाइसिस म्यासन इण्डियाले टेलिकमको डीडीए गरेको थियो। म्यासनले रणनीतिक साझेदारको बोलपत्र आह्वान गर्न आशयपत्र र प्रपोजल आह्वानको तयारीसहितको प्रतिवेदन तयार गरेको छ।

जापानको केडीडीआई कर्पोरेसनले केही वर्षअघि टेलिकमको ३० प्रतिशत शेयर किनेर व्यवस्थापन जिम्मा लिने प्रस्ताव गरेको थियो।

प्रकाशित २१ असोज २०७५, आइतबार | 2018-10-07 14:36:16
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...