९० रुपैयाँ सम्ममा बिक्री भएको चिनीको भाउ झर्ला त ६३ मा?

खुद्रा व्यापारीले वाणिज्य विभाग घेर्न थाले



चिनी
चिनी

संसदको सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मुल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको छ।

उद्योगीहरुले डिलरलाई ५३ रुपैयाँमा चिनी बिक्री गराउन सक्ने बताएको भन्दै भरत शाह सभापति रहेको लेखा समितको आजको बैठकले ६३ रुपैयाँ भन्दा बढी उपभोक्ता मूल्य बजारमा नराख्न सरकारलाई निर्देशन दिएको हो।

चाडवाड नजिकिँदै गर्दा महँगी बढिरहेको र त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा परेको भन्दै समितिले चिनीको मूल्य नियन्त्रण गर्न निर्देशन दिएको हो।

सरकारले विदेशबाट चिनी आयत गर्न प्रतिवन्ध लगाएको छ। त्यसको फाइदा उठाउँदै स्वदेशी चिनीको मूल्य बढ्ने भन्दै समितिले मूल्य निर्धारण गरेको हो।

बजारको अवस्थाबारे जानाकारी लिन लेखा समितिले उपसमिति समेत गठन गरेको छ। नेकपाका सांसद लेखराज भट्टको नेतृत्वमा रहेको उक्त उपसमितिमा ५ जना सदस्यहरु रहेका छन्। उपसमितिले चिनी लगायत अन्य खाद्य वस्तुको समेत अनुगमन गरी ७ दिन भित्र प्रतिवेदन समितिमा बुझाउने छ।

उक्त उपसमितिलाई निजी क्षेत्र तथा सरकारी पक्षसँग सुचना तथा कागजात लिन सक्ने अधिकार प्रदान गरिएको छ।

मुल्यको बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही दिन अघि ७० भन्दा बढीमा बेचेको पाइएमा कारवाही गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई निर्देशन दिएको थियो।

यसमा पनि व्यापारीहरुले विरोध जनाइरहेका थिए। लेखा समितिले यता ६३ रुपैयाँ मूल्य तोकिरहँदा उता विभागमा भने खुद्रा व्यापारीहरुले धर्ना दिइरहेका थिए।

वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले नेपालखबरलाई जानाकारी दिए अनुसार खुद्रा व्यापार संघका पदाधिकारीहरु विभागमा ७० रुपैयाँमा चिनी बिक्री गर्न नसकिने भन्दै अाज मूल्य बढाउनुपर्ने माग गर्न आएका थिए। उनीहरुले गौचनलाई भेटेर यो मूल्य कायम गर्ने हो भने विभाग आफैले चिनीको बिक्री वितरण गर्न सुझाएका थिए।

यदि सरकारले मुल्य तोक्ने हो भने चिनी व्यापार नै ठप्प पार्ने उनीहरुको भनाई थियो।

प्रकाशित १८ असोज २०७५, बिहिबार | 2018-10-04 17:58:52
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...