राजधानीबासीले खान्छन् दशैँमा एक अर्ब रुपैयाँको मासु



नेपाल खाद्य संस्थानले आगामी दशैँका अवसरमा १ हजार खसी बोका तथा १ हजार च्याङ्ग्रा सुपथ मुल्यमा बिक्री गर्ने भएको छ।

मुस्ताङबाट १ हजार च्याङ्ग्रा खरिदको प्रक्रिया संस्थानले अघि बढाइसकेको छ। त्यसैगरी १ हजार खसी बोका दाङ र मकवानपुरबाट ल्याउन लागिएको संस्थानले जनाएको छ।

संस्थानका प्रवक्ता शंकर सापकोटाले नेपालखबरसँग कुरा गर्दै घटस्थापनाको दिनदेखि थापाथलीस्थित खाद्य संस्थानको भवनबाट बिक्री सुरु गरिने बताए।

प्रचलित मूल्यमा केही कम गरेर खसी बोका बिक्री गरिने समेत उनले जानकारी दिए। अहिले नै मूल्य भने नतोकिएको उनको भनाई छ।

लागत मूल्य हेरेर प्रति किलोको हिसावले मूल्य निर्धारण गरिने संस्थानले जनाएको छ।

दशैँका लागि स्वदेशी खसी–बोका तथा भेडा–च्याङ्ग्राले उपत्यकाको मागको २० प्रतिशत मात्रै पूर्ति गर्ने गरेको छ। ८० प्रतिशत भन्दा बढी भारतबाट नै आयत हुने गरेको छ।

उपत्यकामा मात्रै हरेक वर्ष ५५ हजार खसिबोका तथा भेडा–च्याङ्ग्राहरु बिक्री हुने गरेको चौपाया व्यवसायी संघका संरक्षक दीपक थापा बताउँछन्।

हरेक वर्ष ४० हजार गोटा हाराहारीमा खसिबोका भारतबाट आयात हुने गरेको छ। तर भेडा च्याङ्ग्रा भने सबै मनाङ-मुस्ताङ लगायत हिमाली जिल्लाहरुबाट आउने गरेको छ।

१० हजार हाराहारीमा भोडा च्याङ्ग्रा दशैका बेला राजधानीमा बिक्री वितरण हुने गर्छ।

रकममा हेर्न हो भने उपत्यकामा मात्रै दशैँमा करिब १ अर्ब रुपैयाँ भन्दा बढीको मासु बिक्री वितरण हुने गर्छ।

यो तथ्याङ्क गत वर्ष बिक्री भएको राँगा, खसिबोका , भेडा च्याङ्ग्रा , कुखुरा आदिको कूल कारोवारमा आधारित रहेको चौपाया संघले जानाएको छ।

थापाका भनाईमा, कृषि प्रधान मुलुक भनिएपनि नेपालमा व्यवसायिक कृषि तथा पशुपंक्षी व्यवसायको अवस्था कमजोर छ। दशैँमा त भारतबाट आयत भएन भने नेपालीहरुको दशैँ नै खलबलिने स्थिति सिर्जना हुने दावी उनले गरे।

सरकारले पशु व्यवसाय गर्नको लागि सहुलियत ऋणको व्यवस्था गर्न नसक्नु र बिक्री वितरण लगायत व्यवसाय संचालनका लागि वातावरण नबनाइँदा समस्या भएको व्यवसायीहरुको कथन छ।

पहिलो कुरा त, दशैँमा व्यवसायीहरुले खसिबोका राखेर बेच्ने स्थान नै छैन। उपत्यकामा खसिबोका बिक्री वितरण गर्न ३० देखि ४० रोपनी जग्गा आवस्यक भएपनि हाल टुकुचा, कलंकी, विजुली बजार लगायतका ११ रोपनी जग्गामा खसिबोका बिक्री बितरण गरिँदै आएको छ।

व्यवसायीहरुका अनुसार खसिबोकाको बिक्री वितरणस्थल अन्य साधारण वस्तु बेच्न राखेजस्तो होइन। पशु भएकाले उनीहरुलाई खेल्ने खाने स्थान पनि चाहिन्छ। तर, त्यसको वयवस्थापन गर्न व्यवसायीलाई धौधौ छ।

जग्गा मागको बारेमा चौपाया व्यवसायी संघले कृषि तथा पशुपंक्षी मन्त्रालयसँग हरेक वर्ष माग राख्ने गरेको छ। ५ वर्ष यता राखिएको मागको अहिलेसम्म सुनुवाई भएको छैन।

सरकारले व्यवसायीहरुलाई सहयोग नगरेको अर्काे पक्ष काठमाडौँमा कति मान्छेले दशैँ मनाउँछन् भन्ने हो। आवस्यक सूचना नहुँदा कति खसिबोका ल्याउने भन्ने व्यवसायीहरुलाई थाहा हुँदैन।

सरकारले सही तथ्याङ्क दिने हो भने व्यवसायीहरुले आवस्यकता अनुसार मासुजन्य पशुपंषी खरिद गर्ने थिए, सोही आधारमा बिक्री वितरण पनि हुने थियो भन्ने व्यवसायीहरुको भनाई छ ।

वाणिज्य आपूर्ति तथा उपभोत्तmा हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन भने दशैँको लागि उपत्यकामा खसिबोकाहरु सहज रुपले आपूर्ति तथा बिक्री वितरण हुने गरेको बताउँछन्।

‘सबै खसिबोका एकै दिन ल्याएर त्यही दिन सबै बिक्री हुने होइन, त्यसको आयात हरेक दिन हुन्छ र बिक्रीपनि हरेक दिन हुन्छ’ उनले भने, ‘त्यसैले, आयात र बिक्री वितरणमा कुनै समस्या छैन।’

प्रकाशित १७ असोज २०७५, बुधबार | 2018-10-03 21:36:33
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...