हिमालय र एयर इन्डियाले करोडौं रकम तिरेनन्




एयर इन्डिया र हिमालय एयरलाइन्सका जहाज
एयर इन्डिया र हिमालय एयरलाइन्सका जहाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एयरलाइन्स कम्पनीहरुले करोडौं रुपैयाँ बुझाउन बाँकी देखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ३२ वायुसेवा कम्पनी मध्ये २८ ले सेवा लिएबापतको रकम विमानस्थललाई बुझाएका छैनन्। वायुसेवा कम्पनीले विमनस्थललाई तिर्नु पर्ने कूल बक्यौता रकम ६८ करोड ९२ लाख ५८ हजार ३ सय ३९ पुगेको स्राेतले बतायाे।

वायुसेवा कम्पनीहरूले सेवा शुल्क अन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनु पर्दछ। 

यसरी सेवा शुल्क तिर्न बाँकी भएका कम्पनीहरुमा एयर एशिया, हिमालय एयरलाइन्स र एयर इन्डिया मुख्य छन्। यी तीन कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रकम करोडौं छ। मलेसियन एयरलाइन्स, चाइना इस्टर्न र सिचुवान एयरलाइन्सले पनि रकम बुझाउन बाँकी छ।

एयर एसियाले विमानस्थललाई १४ करोड बक्यौता रकम बुझाउन बाँकी छ। यो रकम सेवा शुल्क र सो शुल्क तिर्न ढिलाई गरे बापतको जरिवानासहितको हो। तथ्यांक हेर्दा यसले विमानस्थललाई तिर्नु पर्ने बक्यौता असार सम्मको २१ करोड ८७ लाख २ हजार ५ सय ९६ थियो। त्यो मध्ये साउनमा एयर एसियाले ७ करोड ७३ लाख २५ हजार २ सय ८३ रुपैयाँ बुझाएको थियो। त्यसयताको बक्यौता १४ करोड १३ लाख ७७ हजार ३ सय ९ रुपैयाँ पुगेको छ।

सबै भन्दा धेरै बक्यौता तिर्न बाँकी रहेको कम्पनी दोस्रो वायुसेवा कम्पनी हिमालय एयरलाइन्स हो। जसले सेवा शुल्क र जरिवाना शुल्क गरी विमानस्थललाई ५ करोड रकम तिर्नु पर्नेछ। असारसम्म हिमालयले ८ करोड ७ लाख ८३ हजार ८ सय २५ रुपैयाँ बुझाउन बाँकी थियो। साउनमा २ करोड ९० लाख ९० हजार १ सय ५८ विमानस्थललाई बुझाएपछि अहिलेसम्मको बक्यौता ५ करोड १६ लाख ९३ हजार ६ सय ६७ रहेको हो। यो कम्पनी एयरलाइन्स यति एयरलाइन्स समूह र तिब्बत एयरलाइन्सको संयुक्त लगानीको हो।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई  बक्यौता बुझाउन बाँकी अर्को वायुसेवा कम्पनी हो। यसले ४ करोड रकम विमानस्थललाई बुझाउन बाँकी छ। असारसम्म एयर इन्डियाले ७ करोड ५ लाख १५ हजार ६ सय ७६ रकम बक्यौता बझाउन बाँकी थियो। सो मध्ये २ करोड १७ लाख १९ हजार ९ सय ७७ रकम विमानस्थललाई साउन महिनामा बुझाएको थियो। त्यसयता ४ करोड ८७ लाख ९५ हजार ६ सय ९९ रहेको हो।

मलेसियाको मलेसियन एयरलाइन्स र चीनको चाइना इस्टर्न एयरलाइन्सले भने ३–३ करोड बक्यौता रकम बुझाउन बाँकी छ। मलेसियन एयरलाइन्सले बुझाउनु पर्ने बक्यौत ५ करोड ७६ लाख २८ हजार ७ सय ४३ थियो। साउनमा त्यसमध्ये १ करोड ९४ लाख ५३ हजार २ सय ६० रकम बुझाएको छ। त्यसयताको ३ करोड ८१ लाख ७५ हजार ४ सय ८२ बक्यौता बाँकी छ।

 

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थललार्इ कसले कति तिर्न बाँकी

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थललार्इ कसले कति तिर्न बाँकी

चाइना इस्टर्न एयरलाइन्सले तिर्नु पर्ने बक्यौता भने ८ करोड ६९ लाख ४२ हजार ५ सय ६९ रहेकोमा ५ करोड ५८ लाख ३२ हजार ९ सय २७ बुझाएको छ। त्यस पछि बुझाउन पर्ने रकम ३ करोड ११ लाख ९ हजार ६ सय ३९ रहेको छ।

यी वायुसेवा कम्पनीजस्तै करोडौमा बक्यौता बुझाउँन बाकी रहेको कम्पनी चीनको सिचुवान एयरलाइन्स पनि हो। यो कम्पनीले बुझाउन बाकी रहेको रकम १ करोड ८७ लाख ९८ हजार १ सय १ रहेको छ। २ करोड ४ लाख ८९ हजार ८ सय ९ मध्यमा १ करोड ६९ लाख १ हजार ७ सय ८ रमक बुझाएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीहरुमा सबै भन्दा बढी बक्यौता तिर्न बाकी रहेको वायुसेवा कम्पनी भने नेपाल एयरलाइन्स हो। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निगम दुवै पर्यटन मन्त्रालय अन्तर्गतका निकाय भएकाले हिसाब मिलानमा समस्या नहुने विमानस्थल अधिकारी बताउँछन्। निगमले २९ करोड ४३ लाख ८३ हजार ८ सय ९६ रकम विमानस्थललाई बुझाउन बाँकी छ।

बक्यौता नबुझाउने हिमालयन एयरलाइन्सको सेवा प्रभावकारी नरहेको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारी बताउँछन्। ‘कम्पनी नाफामा गएको खण्डमा बक्यौता नतिर्ने कुरा नहुनु पर्ने हो,’ उनले भने, ‘बक्यौता तिर्न ढिलाई गरेमा जरिवाना लाग्ने हुन्छ।’ विदेशी वायुसेवा कम्पनीको हकमा भने जिएसए र वायुसेवा कम्पनीको समन्वय भइरहेको उनले बताए।

याे पनि

एयर एशियाद्वारा तीन महिनाभित्र २५ कराेड तिर्ने लिखित सहमति

 

 

प्रकाशित १७ असोज २०७५, बुधबार | 2018-10-03 19:47:38
Max TV
Max TV
Zen Travels
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।