नयाँ आर्थिक वर्ष सुरु भएपछि बैंकमा पैसा संकलन कमी

बजारमा तरलता अभावको संकेत



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

साउन महिनाको सूचना अनुसार निक्षेप संकलनमा कमी आएको छ। तर धेरै ठूलो अंकमा कमी नरहेकोले आत्तिनुपर्ने अवस्था नरहेको राष्ट्र बैंकको भनाई छ। भदौ महिनाको रिपाेर्टमा पनि कमी देखियो भने चाहिँ तरलता अभावको संकेत देखा पर्न सक्छ।

नयाँ आर्थिक वर्ष २०७५।७६ सुरु भए पछि बैंकमा निक्षेप संकलन कमी आएको छ।

आर्थिक वर्षको पहिलो महिनामा सम्पूर्ण बैंकमा संकलन भएको निक्षेपबारे नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार निक्षेप ०.४ प्रतिशतले घटेको पाइएको हो। गत वर्ष साेही अवधिमा निक्षेप १.३ प्रतिशतले बढेको थियो। अध्ययन अनुसार वार्षिक बिन्दुगत आधारमा २०७५ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.३ प्रतिशतले बढेको छ।

२०७५ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३४.५ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकका निर्देशक नारायण प्रसाद पौडेलका अनुसार नेपाल राष्ट्र बैंकले हरेक महिनाको सूचना तयार गर्ने गर्छ। साउन महिनाको सूचना अनुसार निक्षेप संकलनमा कमी आएको छ।

तर धेरै ठूलो अंकमा कमी नरहेकोले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ। आगामी महिना भदौको अध्ययन रिर्पोट आउँछ। त्यसमा पनि कमी देखियो भने चाहिँ केही तरलता अभावको संकेत देखा पर्न सक्ने उनको भनाई छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३५.३ प्रतिशत र ४३.२ प्रतिशत रहेको थियो। २०७५ साउनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४५.० प्रतिशत रहेको थियो। कर्जा प्रवाहमा भने बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.४ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको ०.२ प्रतिशत र वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको छ।

वार्षिक बिन्दुगत आधारमा २०७५ साउनमा मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २२.९ प्रतिशतले बढेको छ।

२०७५ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.१ प्रतिशत रहेको थियो।

साउन महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २.४ प्रतिशतले, ट्रष्ट रिसिप्ट (आयार्त) कर्जा १.९ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.६ प्रतिशतले तथा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.७ प्रतिशतले तथा मार्जिन प्रकृति कर्जा २.३ प्रतिशतले घटेको पाइन्छ।

प्रकाशित १४ असोज २०७५, आइतबार | 2018-09-30 18:02:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...