निगमलार्इ वाइडबडी बेच्ने कम्पनी नै गायब

महालेखाले भन्यो: वाइडबडी खरिदमा अनियमितता छ



नेपाल एयरलाइन्स वाइडबडी विमान  ‘अन्नपूर्ण’
नेपाल एयरलाइन्स वाइडबडी विमान ‘अन्नपूर्ण’

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले दुईवटा वाईडबडी विमान खरिद गर्दा भएकाे भनिएकाे अनियमिताबारे छलफल थालेको छ।

 शुक्रबार संसदीय समितिको छलफलमा सहभागी हुँदै महालेखा परीक्षकको कार्यालयले वाइडबडी खरिदमा अनियमितता भएको विवरण सांसदहरू समक्ष पेश गरेको छ।

छलफलमा सहभागीले निगमलार्इ वाइडबडी विमान बेच्ने कम्पनी जहाज डेलिभरी दिएसँगै बन्द भइसकेकाे जानकारी दिए।

समितिको छलफलमा शुक्रबार महालेखा परिक्षकलार्इ उपस्थित गराइएको थियो। महालेखा परिक्षक टंकमणि शर्मा दंगालले दुर्इ विमान खरिद गर्दा ३० करोड ४६ लाख अमेरिकी डलर खर्च गरेको विवरण पेश गर्दै यो प्रक्रियाका क्रममा बदनियतपूर्ण तरिकाले अनियमितता भएको बताए। निगमले नयाँ जहाज खरिद गर्ने प्रक्रिया अघि बढाए पनि  विचौलियाको सहायताबाट दुई जहाज खरिद गरेको उनको भनाइ थियो। सो प्रक्रिया नेपालको कानुनभन्दा बाहिर रहेको शर्माले जानकारी दिए।

सार्वजनिक खरिद एेनअनुसार नयाँ जहाज खरिद गर्न सोझै निर्माण कम्पनीसँग समन्वय गर्नुपर्ने हुन्छ। प्रयोगमा आइसकको जहाज खरिद गर्न मा विचौलियाको सहारा लिन पाइने व्यवस्था छ। तर निगम व्यवस्थापनले बदनियतपूर्ण तवरले दुर्इ बिचाैलिया कम्पनीमार्फत दुर्इ नयाँ वाइडबडी जहाज खरिद गरेकाे थियो। बैठकमा समिति सदस्यहरु हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आलेले निगममा भएको अनिगमताबारे छानवीन गर्न माग गरे।

प्रेमबहादुर आलेले सरकारको नियामक निकाय महालेखा परिक्षकले नै खरिद प्रक्रियामा अनियमितता भएको बताइसकेपछि सो कार्यमा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। 'जो जो व्यक्ति यसमा संलग्न छन् ती सबैलार्इ कारवाही हुनुपर्छ', उनले भने।

वाइडबडी विमान खरिदका लागि निगमले टेण्डर आह्वान गर्दा अमेरीकन कम्पनी एएआर छानिएको थियो। २०७३ चैत २५ गते सो कम्पनीसँग दुर्इ वाइडबडी विमान लिन सम्झौतमा भएको थियो। ए ३३०–२०० वाइडवडी एयरबस खरिद निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्त कंसाकार र विक्रेता कम्पनी एएआरका तर्फबाट दिपक शर्माले हस्ताक्षर गरेका थिए। निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद सम्झौत गरेको थियो।

नेपाललाई जहाज बेच्ने कम्पनी अहिले अमेरिकामा छैन। जहाज बेच्न मात्र खडा गरिएको कम्पनी अहिले कानुनी रूपमा टाट पल्टिएर खारेज भइसकेको लेखा समितिका सभापति भरत शाहले बताए।

यसको प्रकृति हेर्दा अझै अनियमता हुन सक्ने र त्यसमा सार्वजनिक लेखा समितिले थप अध्ययन गर्ने सभापति भरत शाहले बताए। वाइडबडी विमान खरिद प्रक्रियामा लेखा समितिले छलफल गरेको यो पहिलो पटक हो। यो विषय टुंगो नलागेसम्म छलफल जारी रहने सभापति शाहले सञ्चारकर्मीलार्इ जानकारी दिए।

प्रकाशित १२ असोज २०७५, शुक्रबार | 2018-09-28 18:46:36
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...