चाडपर्वलाई लक्षित सुपथ पसल सुरु हुँदै, यस्तो छ छुटसहितको मूल्य सूची



सरकारी संस्थानहरुले असोज १२ गते देखि उपत्यका भित्र र बाहिर गरी ४७ स्थानमा सुपथ मूल्य बजार सञ्चालन गर्ने भएका छन्। दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन हुने सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म सञ्चालन आउनेछन्।

सुपथ मूल्य पसरको संयोजन वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्ने भएको छ। सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले भाग लिने छन्। 

ती पसलहरुमा संस्थानहरुमा उपलब्ध रहेका खाद्य सामग्रीहरु बिक्री वितरण हुनेछन्।

बजारमा प्रचलित मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुट गरी सुपथ पसल सञ्चालनको तयारी भइरहेको तथा घुम्ती पसल समेत सञ्चलन गरिने विभागका महानिर्देशक योगेन्द्र गौचनले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार सरकारी संस्थान मात्रै नभई विभागमा दर्ता रहेको सहकारी पसलहरुले समेत छुट मूल्यका साथ सुपथ मूल्य पसलमा सहभागिता जनाउने छन्।

सुपथ मूल्यमा सहभागी हुने संस्थानको सामग्री त्यसको मूल्य सूची यसप्रकार रहेको छः

साल्ट ट्रेडिङ कर्पोरेशन

साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं उपत्कामा ९ स्थानमा स्टल सञ्चालन गर्ने छ। त्यस्तै ३ वटा घुम्ती पसलहरुबाट नुन, चिनी बिक्री वितरण गर्ने छ। उपत्काबाहिर भने आफ्नो डिपो तथा कार्यलय रहेको २४ स्थानबाट सामानहरु बिक्री वितरण गर्ने कर्पोरेशनले जनाएको छ। नुनमा २ रुपैंया छुटसहित १८ रुपैंया प्रतिकेजीमा वितरण गर्ने छ।

त्यस्तै चिनीमा पनि ५ रुपैंया छुटसहित बिक्री वितरण गर्ने जनाए पनि चिनी खरिद प्रक्रियामा रहेकाले अहिले मूल्य निर्धारण भएको छैन। त्यस्तै साल्ट ट्रेडिङले तेल चामल लगायतका वस्तुमा पनि छुटसहित विक्री गर्ने जनाकारी गराएको छ।

नेपाल खाद्य संस्थान

खाद्य संस्थानले पनि उपत्यकाका सुपथ मूल्य पसलको स्टलमा आफ्नो सहभागिता जनाउने छ। देशभर रहेको आफ्ना गोदम तथा कार्यालयबाट पनि सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण गर्ने भएको छ।

संस्थानले सोना मन्सुली चामल ४५ रुपैयाँ, जिरा मसिनो चामल ६० रुपैयाँ रहेकोमा ५ रुपैयाँ छुटमा बिक्री वितरण गर्ने छ। बास्मती चामल ९१ रुपैंया १० छुट, गोरखनाथ चामल ४८ मा ५ छुटसहित बिक्री जर्ने जनाएको छ।

त्यस्तै जापानिज चामल ८० मा ५ रुपैंया छुट, जुम्ली सिमी १ सय ३० मा १० छुट, जुम्लाको तिते फापर ८० मा १० रुपैंया छुट गरि बिक्री गर्ने खाद्य संस्थानले बाणिज्य विभागलाई जानकारी दिएको छ।

संस्थानले खसीबोका र च्याङ्ग्रा पनि बिक्री वितरण गर्ने जनाएको छ। घटस्थापनादेखि बिक्री गरिने खसीबोका तथा च्याङ्ग्रा प्रचलित मूल्यभन्दा प्रतिकेजी १० रुपैंया छुट दिने जनाएको छ।

दुग्ध विकास संस्थान

दुग्ध विकास संस्थानले उपत्कामा सञ्चालन हुने सुपथ मूल्य पसल र देशभर रहेको आफ्नो कार्यालयबाट आफ्ना उपत्पादन सहुलियत मुल्यमा बिक्री वितरण गर्ने छ। संस्थानले चाडबाड लक्षित सहुलियत अनुसार घ्यू प्रतिलिटर ९ सय रुपैंया रहेकोमा ५०, पनीर ६ सय २० मा २० रुपैंया छुटसहित बिक्री वितरण गर्ने छ।

त्यस्तै संस्थानको उत्पादन बटर दही, चिज , लालमोहन, रसवरी, पेडा, लस्सी, आइसक्रिमजस्ता वस्तुमा पनि छुटसहित बिक्री वितरण गर्नेछ।

सहकारी पसल

सहकारी पसलहरुले दाल चामलमा ३ प्रतिशत छुट दिने भएका छन्। घ्यू तेलमा ३ रुपैयाँ प्रतिलिटर छुट दिने छ। त्यस्तै ५ लिटर खरिद गरेमा भने १ सय ५० रुपैंया छुट दिने छ। चिनी भ्याट बाहेक ५७ रुपैंयामा उपलब्ध गराउने छ। मसला प्रतिकेजी २० रुपैयाँ छुटसहित उपलब्ध गराइने बताइएको छ।

सुपथ पसल उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकू, सिंहदरबार, सतुङ्गलमा संचालन हुने छ। भक्तपुर, ललितपुर विभन्नि स्थानमा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने छ।

प्रकाशित ८ असोज २०७५, सोमबार | 2018-09-24 17:25:21
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...