Exclusive

दशैँका लागि नयाँ नोट घटस्थापनाको तीनदिन अघिदेखि साट्न पाइने



दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले वितरण गर्ने नयँ नोट घस्थापनाको तीन दिनअघिदेखि सटहीको लागि खुल्ला गर्ने भएको छ।

 राष्ट्र बैंकले २१ असोज देखि नयाँ नोट सटही गर्ने जनाएको छ। २४ गते घटस्थापना परेको र घटस्थापनाको तीन दिन अगाडिबाट नयाँ नोट वितरण गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नयाँ नोट अन्तर्गत ५ प्रकारका नोट मात्र सटही गर्न पाइने व्यवस्था गर्नुका सार्ग एक व्यक्ति बराबर २७ हजार रुपैयाँ मात्रै सटही गर्न पाइने नियम बनाउनेबारे राष्ट्र बैंकमा छलफल भइरहेको एक अधिकारीले बताए।

उनका अनुसार अहिले नै निर्याय नभएको तर यही विषयमा छलफल भइरहेको छ। नेपाल राष्ट्र बैंले ५, १०, २०, ५० र १०० नोट सटहीको लागि उपलब्ध गराउने छ।

निजी बैंक वित्तीय संस्थाबाट पनि उक्त नोट वितरण गराउने राष्ट्र बैंकको योजना छ।

नेपा राष्ट्र बैंकले आफ्नो सबै शाखा कार्यलयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ। यो वर्ष नयाँ नोट पाइन भनेर फर्कने स्थितिको सिर्जना नगराउन पनि राष्ट्र बैकले छलफल गरेको छ। त्यसको लागि निजी एक बैंक बराबर ११ करोडसम्म नयाँ नोट दिनेछ।

गत वर्षको हाराहारीमा यो वर्ष पनि ४० अर्ब बराबर नेपाली रुपैयाँ साटिने राष्ट्र बैंकको योजना छ।

 

प्रकाशित ७ असोज २०७५, आइतबार | 2018-09-23 18:33:07
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।