तल्लो मोदी जलविद्युत आयोजनाको उत्पादन दशैँअघि


Infocus



पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ।

NIC ASIA

२० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो। 

स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुननसकेको भनाइ आयोजनाको छ।

आयोजनाले ६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको थियो। ‘वर्षामा पहिरो जाने, भासिने र आयोजनाभित्रै बाढी पस्नेजस्ता प्राकृतिक जटिलताका कारणले उत्पादन तोकिएको मितिमा हुन सकेन’ आयोजना प्रमुख पवनकुमार यादवले भने, ‘अब हामी छिट्टै नै उपलब्धि देखिने गरी काम गर्दैछौँ।’

उनले निर्माणकै क्रममा देशमा विभिन्न चरणका चुनाव भएको र सोका कारण समेत काम समयमै सक्न केही ढिलाइ भएको स्वीकार गरे। अहिले काम तीव्र गतिमा भइरहेको र दशैँ अगाडि सक्नेमा शंका नगर्न उनको आग्रह थियो।

आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। कुश्मा नगरपालिका र मोदी गाउँपालिका यो आयोजनाका प्रभावित क्षेत्र हुन्। मोदी गाउँपालिकाको तिलाहारबाट चार हजार २०० मिटर लामो सुरुङ बनाएर आयोजनाको पावरहाउस कुश्मा नगरपालिका–८ परादीमा राखिएको छ।

रु तीन अर्ब ६० करोडको लागत स्टिमेटमा निर्माण शुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढदै गएको छ। आयोजनाको अहिले ९५ प्रतिशत काम सकिएको छ। रासस

प्रकाशित ७ असोज २०७५, आइतबार | 2018-09-23 11:03:40
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।