अन्तर्राष्ट्रिय उडानको इजाजत पत्र लिन १ अर्ब चुक्ता पुँजी आवश्यक




हिमालय एयरलाइन्स
हिमालय एयरलाइन्स
तस्बिर: प्लेनस्पोटर्स डट नेट

अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन इजाजतपत्र लिनका लागि अब ५० करोड देखि १ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय हवाई सञ्चालन कार्यविधि २०७५ स्वीकृत गरेको हो।

निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने उद्देश्यले कार्यविधि ल्याइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।

कार्यविधिमा अन्तर्राष्ट्रिय उडानको इजाजत प्रदान गर्दा विमान उड्ने बेलाको तौललाई आधार मानिएको उनले बताए। कार्यविधिमा ए वर्गको इजाजत प्राप्त गर्न १ सय २५ टन माथिको विमान हुनुपर्ने उल्लेख छ। बी वर्गको

इजाजत प्राप्त गर्न ४० देखि १२५ टनका विमान हुनुपर्छ। साथै सी वर्गको इजाजत लिनका लागि वायुसेवा कम्पनीसँग ४० टन तौलको विमान हुनुपर्ने कार्यविधिमा प्रावधान छ।

नयाँ र आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले ए वर्गको इजाजत लिन १ अर्ब चुक्ता पुजी हुन आवश्यक हुन्छ भने बी वर्गको इजाजत दिन ७५ करोड पुँजीको हुनु पर्नेछ। सी वर्ग इजाजत प्राप्त गर्न ५० करोड चुक्तापुँजी आवश्यक रहेको पर्यटन मन्त्रालयका उपसचिव नेपालले जानकारी दिए। यो कार्यविधि आउनु पहिले अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजत लिन ५० करोड मात्र पुँजी आवश्यक पर्थ्यो।

‘कार्यविधि अनुसार सरकारले खुल्ला आवेदन आव्हान गरे पछि नयाँ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन इजाजतका लागि दर्खास्त दिन पाइनेछ,’ उपसचिव नेपालले भने, ‘नयाँ वायुसेवा कम्पनीले दर्खास्त दिए पछि मुल्याङकन हुने र इजाजत पत्र दिइने छ।’

तर ५ वर्ष आन्तरिक उडान गरिसकेका वायुसेवा कम्पनीले भने खुल्ला आवेदनमा दर्खास्त दिनुपर्ने छैन। मूल्यांकनको चरण भने नयाँ र ५ वर्ष आन्तरिक उडान गरेका वायुसेवा कम्पनीले समेत पार गर्नु पर्ने छ। आन्तरिक उडान गर्दै आएका तर ५ वर्ष अवधि नपुगेका वायुसेवा कम्पनीले भने नयाँ वायुसेवा कम्पनी सरह सबै कार्यविधि पालना गर्नुपर्ने उनले बताए।

शुक्रबार बसेको मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन कार्यविधि २०७५ का साथै संघीय पर्यटन ऐन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। साथै सो मन्त्रीपरिषदको बैठकले नेपाल नागरिक उड्डयन सञ्चालन र नियमन सम्बन्धी नयाँ ऐन तर्जुमाका लागि समेत सैद्धान्तिक सहमति दिइएको हो।

हाल प्राधिकरणले नै विभिन्न विमानस्थको नियमन र सञ्चालन गर्दै आएको छ। जुन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठन (आइकाओ) स्टयान्डर्डको अनुसार उपर्युक्त छैन। आइकाओ स्टयान्डर्डको हुनका लागि नयाँ ऐन ल्याउन लागिएको हो।

प्रकाशित ६ असोज २०७५, शनिबार | 2018-09-22 13:47:41
Max TV
Max TV
Zen Travels
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।