दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि



दशैंको लागि अग्रिम टिकट बुकिङ असोज ५ गते देखि खुल्ने भएको छ। दशैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जानेका लागि अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायी र यातायत व्यवस्था विभागबीच आइतबार सहमति जुटेको हो।

व्यवसायीहरुलले भाडादर बढाउनु पर्ने, यातायात समितिका बैंक खाता खोल्नु पर्ने लगायतका माग राखेर टिकट बुकिङ खुलाउन मानेका थिएनन्।

तर आइतबार विभाग र व्यवसायी बीच भएको छलफलपछि असोज ५ गतेदेखि टिकट बुकिङ खुलाउने सहमति भएको हो।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययका अनुसार ५ गते भित्र भाडामा हेरफर गरिने र बैंक खाताका लागि पनि सरकारले कुनै प्रकारले ‘प्रोसेस’ गरिदिने सहमति भएको छ। उक्त सहमति अनुसार व्यवसायीहरु ५ गतेदेखि अग्रिम बुकिङ खुलाउन सहमत भएका हुन्।

व्यवसायीहरूले घाइतेको उपचार र मृतकको क्षतिपूर्ति दिन नसकिएको भन्दै बैंक खाता सरकारले खोलिदिनु पर्ने माग गर्दै आएका छन्।

त्यस्तै उनीहरुले २०७० सालदेखि भाडा नबढेको भन्दै बढाउनु पर्ने माग गरिरहेका छन्। २०७० सालमा १२ हजार रहेको कर अहिले बढेर ३० हजार पुगेको पनि भाडा दर भने उस्तै रहेको व्यवसायीहरुको भनाइछ। यता विभागले भने यातायातको लागत हेरेर वैज्ञानिक रूपले भाडा व्यवस्थापन गर्ने जनाएको छ।

गत वर्षहरूमा टिकट बुकिङ घटस्थापनाको एक महिनाअघिदेखि खुला गरिँदै आएको थियो। तर यो वर्ष यातायात विभाग र व्यवसायीको छलफल नटुंगिएका कारण टिकट बुकिङमा ढिलाई भएको हो। यो वर्ष असोज २४ गते घटस्थापना परेको छ।

प्रकाशित ३१ भदौ २०७५, आइतबार | 2018-09-16 18:00:43
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...