चिनियाँ रेलमार्गः न जान्छ केरुङ, न पुग्छ रसुवागढी


Kshamadevi Group


छिङ्हाइ–तिब्बत रेल
छिङ्हाइ–तिब्बत रेल
चाइना डेली

९ बर्ष लाग्ने भनिएको यो रेलमार्ग चीन–नेपाल सीमानाबाट काठमाडौँसम्म ७२.२५ किलो मिटर लामो हुनेछ, त्यसमा पुल र सुरुङ मात्रै ९८.५५ प्रतिशत हुनेछ। रेलमार्गको बाँकी १.४५ प्रतिशत भाग जमिनबाहिर हुनेछ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अन्तर्गत नेपाल आउने भनिएको चिनियाँ रेलमार्गको नाम नै नेपालमा भइसक्यो, केरुङ–रसुवागढी–काठमाडौँ रेलमार्ग। तर, अब त्यो रेलमार्गको नाम परिवर्तन गर्नुपर्ने भएको छ।

किनभने, सिगात्से हुँदै नेपाल प्रवेश गर्ने भनिएको त्यो रेलमार्ग न केरुङ बजार प्रवेश गर्नेछ, न त आइपुग्नेछ, नेपाल–चीन सीमानामा पर्ने ऐतिहासिक स्थान रसुवागढी नै। बरु, चर्चा गरिएभन्दा फरक बिन्दू भएर चिनियाँ रेलमार्ग काठमाडौँ प्रवेश गर्ने अध्ययनबाट देखिएको छ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा सहमती भएअनुसार केरुङ–काठमाडौं रेलमार्गको पूर्व संभाव्यता अध्ययन गर्न आएको चिनियाँ टोलीको प्रतिवेदनमाथि अहिले छलफल भइरहेको छ। संभाव्यता अध्ययनले चिनियाँ रेलमार्ग नेपाल ल्याउन संभव भएपनि पहिले चर्चा भएको भन्दा केही फरक रुट सिफारिश गरेको हो। यो अध्ययन प्रतिवेदन अनुसार नेपाल र चीनबीच रेलमार्ग निर्माणमा लगानीको मोडालिटि समेतमा सहमती जुट्यो भने अब यो प्रक्रिया डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) निर्माणको चरणमा प्रवेश गर्नेछ।

नयाँ रुटः पाइकु–राम्चे
केरुङ–काठमाडौँ रेलमार्गको पूर्व संभाव्यता अध्ययनका लागि जेठ पहिलो साता चिनियाँ टोली काठमाडौँ आएर तयार पारेको प्रतिवेदन अनुसार ल्हासा हुँदै सिगात्सेसम्म आइपुगेको रेलमार्ग नेपालसँग सीमा जोडिएको तिब्बतको उत्तरी पठार बागा हुँदै मानसरोवरतिर लाग्छ।

सिगात्सेबाट मानसरोवरतिर लाग्ने रेलमार्ग तिब्बतको पिकु ताल भन्ने ठाउँबाट नेपालका लागि दक्षिणतिर मोडिन्छ। स्रोतले भन्यो, ‘पिकु ताल केरुङ काउन्टीमै पर्छ, रसुवागढी नजिकै पर्ने चिनियाँ शहर केरुङमा चाहिँ रेलमार्ग जाँदैन। किनभने, केरुङ बजार निकै उचाईमा छ।’

सिगात्से हुँदै आउने रेलमार्गको नामाकरण नै ‘केरुङ–रसुवागढी रेलमार्ग’ गरिएका कारण कतिपयले उचाईको असहजताका कारण यो रेलमार्ग निर्माण हुनसक्दैन भन्ने धारणा राखिरहेका छन्। त्यही उचाई र तापक्रमले सिर्जना गर्ने असहजताले गर्दा अब रेलमार्ग केरुङ बजार पुग्नेछैन।

जस्तो, समुद्री सतहबाट केरुङ बजार २ हजार ८ सय ९० मिटर उचाईमा छ भने रसुवागढी १ हजार ८ सय मिटर उचाईमा छ। रसुवागढी–केरुङसम्मको नागवेली सडकमार्ग ३५ किलोमिटरमात्र छ। एरानोटिकल (सिधा हवाई) दुरी चाहिँ यो भन्दा निकै कम छ।

सिगात्सेसम्म आइपुगेको रेलमार्ग छोटो दुरी भएपनि केरुङको अत्याधिक उचाईका कारण रसुवागढी हुँदै काठमाडौँतिर ल्याउन सकिने सम्भावना नरहेको अध्ययनमा संलग्न अधिकारीहरूले बताएका छन्। त्यसैले, २ हजार ८ सय ९० मिटर उचाईमा रहेको केरुङ होइन, अलिक कम उचाईमा रहेको पाइकुसम्म रेलमार्ग आइपुग्नेछ।

स्रोतका भनाईमा, केरुङको बिकल्पमा रेलमार्गको स्टेशन रहने पाइकु समुद्री सतहबाट २ हजार ६ सय मिटरको उचाईमा छ। पाइकुबाट सुरुङमार्ग हुँदै रेलमार्ग तिब्बतकै सिक्योङ भन्ने गाउँतर्फ अघि बढ्छ। सिक्योङबाट रसुवाको राम्चे आइपुग्छ।

रेल देखिने ठाउँ
कम्तिमा ९ बर्ष लाग्ने भनिएको यो रेलमार्ग चीन–नेपाल सीमानाबाट काठमाडौँसम्म ७२.२५ किलो मिटर लामो हुने भनिएको छ, त्यसमा पुल र टनेल (सुरुङ) मात्रै ९८.५५ प्रतिशत हुनेछ। रेलमार्गको बाँकी १.४५ प्रतिशत भाग चाहिँ जमिनबाहिर हुनेछ।

त्यसो भए पुल र सुरुङबाहेक नेपालतर्फ कहाँनिर रेल सम्म मैदानमा गुड्ला त? स्रोतका भनाईमा, रसुवाको राम्चेमा निकै कम भागमा रेल जमिनबाहिर देखिनेछ। त्यसपछि फेरि त्यो सुरुङमार्गमा प्रवेश गर्नेछ। र, पार्टी भन्ज्याङ (पूर्वी नुवाकोट र सिन्धुपाल्चोकको सीमा) पुग्नेछ।

तर, त्यहाँसम्मपनि रेलमार्ग सुरुङभित्र नै रहनेछ। पार्टीभन्ज्याङबाट केही मोडिएर रेलमार्ग बिदुर पूर्वको खरानीटार (नुवाकोट) हुँदै छहरेसम्म आइपुग्नेछ। जानकार स्रोतका भनाईमा, खरानीटार–खहरेसम्मको दुरीमा रेलमार्गको केही भाग जमिनमा देखिनेछ।

रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि गत जेठमा नेपाल आएको चिनियाँ टोली रेलमार्गको सम्भावित रुट अध्ययन गर्न नुवाकोट–रसुवा–केरुङ पुगेको थियो। त्यो टोलीले तयार पारेको प्रतिवेदन भदौ पहिलो साता बेइजिङमा नेपाली टोलीलाई बुझाएको थियो।

चिनियाँ टोलीले प्रतिवेदन बुझाएपछि नेपाली अधिकारीहरुले काठमाडौँमा रेलमार्गको अन्तिम बिन्दू टोखा होइन, साँखु हुने बताएका थिए। अध्ययनका लागि आएको नेपाली टोलीले चाहिँ टोखाबाट सर्वेक्षण–अवलोकन सुरु गरेको थियो।

‘तर, चीन हुँदै नेपाल प्रवेश गर्ने रेलमार्गको काठमाडौँमा अन्तिम बिन्दू टोखा नै हुने प्रतिवेदनमा उल्लेख छ’, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले भने, ‘काठमाडौँमा रेलमार्गको अन्तिम बिन्दू साँखु हुन्छ भन्ने कुरामा सत्यता छैन।’

प्रकाशित २७ भदौ २०७५, बुधबार | 2018-09-12 18:51:02
Max TV
Max TV
Vianet

author photo

सीताराम बराल नेपालखबर सम्पादक हुन्

@sitarambaral

सीताराम बरालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।