नाडा अटो शोमा विद्युतीय गाडी प्रवेश, यी हुन् २८ देखि ५२ लाख पर्ने चार विद्युतीय कार



टाटाको विद्युतीय कार
टाटाको विद्युतीय कार
प्रविन कोइराला

नेपाली उपभोक्ता पनि विद्युतीय गाडीप्रति आकर्षित हुन थालेपछि अन्तर्राष्ट्रिय कार ब्राण्डका नेपाली बिक्रेताहरूले धमाधम विद्युतीय गाडी भित्र्याउन थालेका छन्।

मंगलबार सुरु भएको नेपालको सबैभन्दा ठूलो कार प्रदर्शनी– नाडा अटो शोमा यसपाली चार वटा ब्राण्डका विद्युतीय कार राखिएको छ, जसमा हुण्डाई, टाटा, रेनोल्ट र महिन्द्रा छन्।

नाडा अटो शोमा विद्युतीय गाडीको प्रवेश अघिल्लो वर्ष नै भएको हो, जहाँ महिन्द्रले ‘इभिटारो सेडान’ प्रदर्शन गरेको थियो। यसपाली थप तीन वटा ब्राण्डले विद्युतीय कार भित्र्याएका हुन्।

दीगो विकासको लक्ष्य अनुसार नेपालले पनि सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विस्थापित गर्ने प्रतिबद्धता जनाएको छ।

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनले वातावरण प्रदुषण गरेको भन्दै पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन गर्ने अवधारण विश्वव्यापी रुपमा आएको हो। उक्त मान्यता अनुसार अब विद्युतीय गाडीको युग सुरु भइसकेको छ।

सबैको रुचि विद्युतीय गाडीमा देखिएपछि गाडी निर्माता कम्पनीहरुले विद्युतीय गाडी उत्पादनलाई प्राथमिकता दिएका छन्। उत्पादित विद्युतीय गाडीहरुको नेपाल आगमनपनि सुरु भइसकेको छ।

नेपालको अटो बजार मेला मध्ये सबैभन्दा ठूलो प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा मंगलबार (२६ भदौ) देखि सुरु भएको छ। विद्युतीय गाडी प्रदर्शनीमा राखिएका स्टलहरुमा अन्यत्र भन्दा धेरै अवलोकनकर्ता देखिन्छन्।

‘नाडा अटो शो-२०१८’ मा महिन्द्रा, हुण्डाई, टाटा, रेनो लगायतका निर्माता कम्पनीले नयाँ विद्युतीय गाडीहरु प्रदशनीमा राखेका छन्।

महिन्द्राले पहिले नै विद्युतीय कार नेपालमा बिक्री वितरण सुरु गरिसकेको छ। यस पटकको ‘शो’ मा पनि महिन्द्राले ‘इभिटारो सेडान’ नामक विद्युतीय गाडी सार्वजनिक गरेको छ।

अन्य कम्पनीहरुले पनि यस पटकको ‘शो’ मा विद्युतीय गाडीहरुको बिक्री वितरण सुरु गरेको छन्। ‘नाडा अटो शो’ राखिएका विद्युतीय गाडीहरु निम्न बमोजिम छन्:

टाटा टिगोर इभी
यो गाडी सिप्रदी ट्रेडिङले अटो शोमार्फत सार्वजनिक गरेको हो।

यो कारमा ३० किलोवाटको इलेक्ट्रिक मोटर छ, जसलाई ‘सिंगल स्पीड अटोमेटिक ट्रान्समिसन’ दिइएको छ।

टाटा टिगोरको लम्बाई ३ हजार ९ सय ९२ एमएम, चौडाई १ हजार ६ सय ७७ एमएम र उचाई १ हजार ५ सय ३७ एमएम छ।

ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम रहेको यो कारको ह्वीलवेस २ हजार ४ सय ५० एमएम रहेको छ।

टिगोरको रुफमा कालो कलर लगाइएको छ भने ब्लु कलरको हाइलाइट गरिएको छ।

टिगोरको एक्स्टेरियर तथा इन्टेरियर अत्यन्त आकर्षक रहेको कम्पनीले जनाएको छ।

यो कार ७२ भोल्टको ब्याट्रीबाट चल्नेछ।

फास्ट चार्जरमार्फत् डेढ घन्टामा ८० प्रतिशत चार्ज हुने यसको ब्याट्री नर्मल चार्जरबाट चार्ज गर्दा ६ देखि ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ।

कारको टप स्पीड क्षमता १ सय ३० किलोमिटर प्रतिघन्टा रहेको छ।

यो कार प्रदर्शनीमा राखे पनि विक्री भने गरिएको छैन। यसको मूल्य ३० लाख भन्दा बढी रहने कम्पनीले जनाएको छ।

बुकिङ नखुलेपनि करिव ३०-३२ लाख पर्ने अनुमान गरिएको छ।

हुण्डाई आयोनिक
हुण्डाई गाडीको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले आयोनिक विद्युतीय कार सार्वजनिक गरेको हो।

महिन्द्राले यो विद्युतीय कार अघिल्लो वर्षको अटो शोमा सार्वजनिक गरेको थियो।  

यो कारमा २८ किलोवाटको ब्याट्री भएको र फुल चार्जमा २ सय २० देखि २ सय ५० किलोमिटर चल्न सक्ने क्षमता रहेको छ।

यसमा तीन प्रकारका चार्जर रहेका छन्। घरमा राख्ने ‘अन बोर्ड चार्जर’ ले १० देखि १२ घण्टामा फुलचार्ज हुने, नर्मल एसी चार्जरले ४ घण्टा फुलचार्ज हुने र फास्ट डिसी चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको बताएको छ।

यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी रहेको छ। ५ सिट क्षमता भएको यो गाडीले १ सय ६९ एनएम टर्क दिन्छ।

नेपाली बजारमा यसको मूल्य ५२ लाख ९६ हजार तोकिएको छ।

‘नाडा अटो शो’ मा यो कार बुकिङ गर्न सकिने इन्टरकन्टिनेन्टलका प्रमुख अन्जन श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

महिन्द्रा इभिटारो सेडान
महिन्द्रा गाडीको नेपालको आधिकारिक वितरक ‘अग्नि इन्कर्पोरेट’ ले इभिटारो सेडान नाडा अटो शोको छेकमा सार्वजनिक गरेको हो।

यो गाडी चार्ज हुन नर्मल चार्जरले ८ घण्टा ४५ मिनेट र फास्ट चार्जरले १ घण्टा ४५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

३१ किलोवाटको ब्याट्री रहेको यस सेडानले ९१ एनएम टर्क दिन्छ।

ब्याट्रीको वारेन्टी ३ वर्ष वा ४० हजार किलोमिटरको छ भने गाडीको वारेन्टी चाहिँ २ वर्ष वा ४० हजार किलोमिटर रहेको छ।

‘नाडा अटो शो’ मा नै बुकिङ गर्न सकिने यो कारको नेपाली बजार मूल्य २८ लाख ८० हजार मूल्य निर्धारण गरिएको छ।

रेनोल्टको ‘जोए कार’ 
रेनोल्ट कम्पनीको लागि नेपालको आधिकारिक बिक्रेता एड्भान्स अटोमोवाइलले ‘जोए’ कार सार्वजनिक गरेको हो।

तर यो कार अहिले नै खरिद गर्न भने सकिँदैन। यसको बुकिङ केही दिनपछि खुल्ला गरिने कम्पनीले बताएको छ।

१ सय ३५ किलोमिटर प्रतिघण्टाका दरले कुद्न सक्ने यो गाडीको क्षमता छ।

४ सय भोल्टेजको ब्याट्री रहेको ‘जोए’ ले २ सय २० एनएन पिक टर्क दिनसक्छ।

यसको ब्याट्री १ घण्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ।

यसको मूल्यपनि कम्पनीले तोकेको छैन।

प्रकाशित २७ भदौ २०७५, बुधबार | 2018-09-12 16:45:57
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...