कार्तिकदेखि पानीजहाज चल्ने गंगा-जलमार्ग अध्ययन गर्न जाँदै नेपाली टोली



गंगा नदीमा पानी जहाज सञ्चालनका लागि भारतले अन्तिम तयारी गरिरहँदा त्यसको अध्ययनका लागि नेपालको सात सदस्यीय टोली कोलकता-वाराणसी जाने भएको छ।

पानीजहाज संचालनको विषयमा स्थलगत अध्ययनका जल तथा ऊर्जा आयोगका सह सचिव माधव बेल्वासेको नेतृत्वमा आगामी सोमबार (१ असोज)सात सदस्यीय टोली त्यसतर्फ जान लागेको हो।

भारतले पछिल्लो समय १ सय ६ वटा ‘इनल्यान्ड वाटरवेज’ निर्माणको घोषणा गरेका छ। त्यसमध्ये गंगा नदीमा निर्माणाधिन वाटरवेज’ (जलमार्ग) एक हो। निर्माण सम्पन्न हुन लागेको यो जलमार्गमा कार्तिक दोस्रो हप्तादेखि भारतीय पानी जहाज सञ्चालनमा आउँदैछन्।

नेपालका ठूला नदीहरु कोशी, नारायणी (गण्डकी) र कर्णाली गंगामा नै गएर मिसिन्छन्। त्यसैले, भारतले गंगामा निर्माण गरेको जलमार्ग नेपालले पनि प्रयोग गर्न सक्छ। कोशी र गण्डकी जलमार्गबाट नेपालसम्म पानी जहाज आइपुग्न सक्ने स्थिति छ।

भारतको खुर्सेलाघाट भन्ने ठाउँमा गएर गंगामा नेपालबाट गएको कोशी मिसिन्छ भने नारायणी (गण्डकी) चाहिँ हाजिपुरमा गएर मिसिन्छ। पटनाको राजधानी विहार

नेपालको योजना गण्डकी र कोशी मिसिने तिनै बिन्दूबाट नेपालतर्फ पानी जहाज सञ्चालन गर्ने भन्ने छ। त्यसका लागि नेपाल-भारतबीचको पारवहन सन्धिमा सडक मार्गका अलावा जलमार्ग प्रयोग सम्बन्धी बुँदा पनि राख्नुपर्ने हुन्छ।

ओलीको भारत भ्रमणका क्रममा नेपाललाई जलमार्ग प्रयोग गर्न दिने सहमतिसँगै पारवहन सम्बन्धी नेपाल-भारतबीचको पारवहन सन्धिमा जलमार्ग सम्बन्धी व्यवस्था समावेश गराउन दुबै देशले आन्तरिक तयारी थालिसकेका छन्।

जलमार्गसमेत प्रयोग गर्न पाउने गरी सन्धिमा परिमार्जन भएलगत्तै पानी जहाज सञ्चालनको प्राविधिक तयारीका लागि नेपाली टोली कोलकता र वाराणसीको स्थलगत अध्ययनका लागि जान लागेको हो।

बेल्वासेका भनाईमा, भारतीयहरुले जलमार्ग कसरी सञ्चालन गर्दैछन्, आफ्नो नेतृत्वमा आगामी हप्ता कोलकता-वाराणसी जाने टोलीले त्यसको विस्तृत अध्ययन गर्नेछ।

गहिराई धेरै भएका कारण पानी जहाज सञ्चालनका लागि कोशी भन्दा गण्डकी अनुकूल भएको नेपाली प्राविधिकहरुको निष्कर्ष छ।

कोशी गंगामा मिसिने कुर्सेला घाट नेपाल-भारत सीमाबाट २ सय ३६ टाढा छ। गण्डकी-गंगा मिसिने हाजिपुर चाहिँ करिब तीन सय किमीको दुरीमा छ। भारतले कोशी र गण्डकमा क्रमश चार–चार वटा टर्मिनल बनाउने प्रस्ताव गरेको छ।

भारतले ‘एनडब्लु (नेसनल वाटरवेज) वान’ परियोजना अर्थात् अर्थात् हल्दिया-फरक्का-पटना-इलाहावाद वाटरवेज परियोजना अन्तर्गत हुगली, गंगा र भागिरथी नदीमा जलमार्ग सञ्चालन गर्न लागेको हो। यो परियोजनाको लम्बाई १ हजार ६ सय २० किमी छ।

जानकारहरुका भनाईमा, पानीजहाज सञ्चालनका लागि पानीको गहिराई २५-६० मिटर हुन आवश्यक छ। यति गहिराईमा एक सय टन सामान बोक्ने क्षमता भएको पानीजहाज चलाउन सकिन्छ। र, त्यसलाई विकास गरेर ६ सय टनसम्म पु¥याउन सकिने स्थिति छ।

प्रकाशित २७ भदौ २०७५, बुधबार | 2018-09-12 11:21:11
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...