बेइजिङ उड्ला त निगमको एयरबस?




नेपाल एयरलाइन्स वाइडबडी विमान  ‘अन्नपूर्ण’
नेपाल एयरलाइन्स वाइडबडी विमान ‘अन्नपूर्ण’

प्रधानमन्त्री होउन् वा परराष्ट्रमन्त्री वा पर्यटन मन्त्री, उनीरुले गर्ने चीन भ्रमणमा सधैं उठ्ने एउटा महत्वपूर्ण विषय हो, नेपाल–चीनबीच हवाई ‘कनेक्टिभिटी।

थुप्रैपटक छलफल भएपनि दोहोरो हवाई कनेक्टिभिटी भने कार्यान्वयनमा आउन सकेको छैन।

छिमेकी चीनका ६ वटा वायुसेवा कम्पनीले नेपालमा हप्तामा ४८ उडान गर्ने भएपनि नेपाली वायु सेवा कम्पनीले हङकङबाहेक चीनका अन्य कुनै हवाई गन्तव्यमा उडान गर्दैनन्।

नेपाल–चीनबीचको हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले हप्तामा ७० वटासम्म उडान गर्नुपर्ने हो, तर अवस्था त्यस्तो छैन। पहिले नेपाल वायुसेवा निगमले चीनको सांघाईमा उडान भरेपनि त्यो रोकिएको धेरै वर्ष बितिसिकेको छ।

तर एयरबसका दुई वटा वाइड वडी विमान किनेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगम फेरि जुर्मराउन थालेका छन्। चीनबाट नेपाल आउने पर्यटकको संख्या पनि बढिरहेको अवस्थामा चीनका विभिन्न गन्तव्यमा उडान अनुमतिका लागि फेरि पहल सुरु भएको छ।

चीन भ्रमणबाट भर्खरै फर्केका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले अबको १० महिनामा नेपाली वायुसेवा कम्पनीले बेइजिङसम्म उडान गर्ने बताए। चीनको राजधानी बेइजिङमा उडान सुरु भएको २ महिनाभित्रै पश्चिम चीनको केन्द्र चेङ्दु पनि उडान गरिने अधिकारीको दाबी छ।

चीनको राजधानी बेइजिङ उडानका लागि मन्त्रालय र निगमबाट पहल भइरहे पनि चीनले अझै उडान स्वीकृति दिइसकेको छैन। तर मन्त्री अधिकारी यसमा स्वीकृति पाइनेमा विश्वस्त देखिएका छन्।

‘बेइजिङ उडानका लागि अहिले स्लट छैन भनिरहेका छन्,’ मन्त्री अधिकारीले नेपालखबरसँग भने, ‘चीनका विभिन्न विमानस्थलमा उडानका लागि कुटनीतिक रुपमा हामीले स्लट माग्नुपर्ने स्थिति छ।’  

चिनियाँ वायुसेवा कम्पनीमध्ये चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वान्जाओ, क्याथे ड्रागनले हङकङ, एयर चाइना, तिब्बत एयरलाइन्स र सिचुवान एयरलाइन्सले चेङ्दु र ल्हासाबाट काठमाडौँ उडान गरिरहेका छन्।

नेपाल–चीन हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन्। नेपाली वायु सेवाहरुले उडान गर्न पाउने चिनियाँ गन्तव्यहरूमा बेइजिङ, सांघाई, ल्हासा, ग्वान्जाओ, कुनमिङ, चेङ्दु र सियान तोकिएका छन्।

सन् २०१४ मा नेपाल वायु सेवा निगमले नेपाली व्यापारीहरू बाक्लै आउजाउ गर्ने चीनको व्यापार केन्द्र ग्वान्जाओमा उडान अनुमति मागेको थियो। ग्वान्जाओमा कार्यालय समेत स्थापना गर्ने तयारीमा पुगेको निगम पछि चिनियाँ पक्षबाट स्वीकृती नआएको भन्दै पछि हटेको थियो।

ग्वान्जाओमा रहेर व्यापार गर्ने नेपाली व्यापारीले चाइना साउदर्नले मात्रै ग्वान्जाओ–काठमाडौं उडान गर्दा भाडा चर्को तिर्नु परेको गुनासो गर्दै आएका छन्। नेपाली महावाणिज्य दूतावाससमेत स्थापना भैसकेको ग्वान्जाओमा नेपाल वायुसेवा निगमको उडान आवश्यक रहेको उनीहरूको तर्क छ। निगमले ग्वान्जाओसँगै बेइजिङका लागि पनि उडान अनुमति मागेकाे थियाे।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई नै चीन उडानका लागि ‘स्लट’ उपलब्ध नगराउँदा सकारात्मक सन्देश नगएको मन्त्री अधिकारीले बताए।

निगमले हाल बोइङ ७५७, दुई–दुईवटा एयरबस ३२०, एयरबस ३३० विमानबाट हङकङ, क्वाललाम्पुर, बैंकक, दोहा, दुबई, दिल्ली, बैङलोर र मुम्बईमा उडान गरिरहेको छ।

नेपाल वायुसेवा निगमबाहेक तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमालय एयरलाइन्सले तीन वर्षअघि चेङ्दु–ल्हासा–काठमाडौँ उडानका लागि निवेदन दिएपनि अनुमति पएको छैन। हिमालय अहिले दोहा, दुबई र क्वाललाम्पुर उडान गर्दै बसेको छ।

नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमध्ये अन्तर्राष्ट्रिय उडान गर्नेमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयर हुन्।

नेपालले हवाई सम्झौता गरेका ३८ वटा देशमा उनीहरुले उडान गर्न पाउँछन्।

प्रकाशित २७ भदौ २०७५, बुधबार | 2018-09-12 09:19:11
Max TV
Max TV
Zen Travels
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।