दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीको आनाकानी

यातायात समितिको बैंक खाता सरकारले खोलिदिनुपर्ने सर्त



दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जानेका लागि अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरूले आनाकानी गरेका छन्।

व्यवसायीहरूले यातायात व्यवस्था विभागसँगको छलफलमा टिकट बुकिङ खुलाउनुअघि सरकारले आफ्ना समस्याहरू सम्बोधन गर्नुपर्ने सर्त तेर्स्याएका हुन्।

दसैंका लागि अग्रिम बुकिङ खुलाउनेबारे भएको छलफलमा भाडा बढाउनुपर्ने, यातायात समितिको बैंक खाता खोलिदिनुपर्ने लगायतका सर्त व्यवसायीले राखेकाे विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले नेपालखबरसँग बताए।

व्यवसायीहरूले घाइतेको उपचार र मृतकको क्षतिपूर्ति दिन नसकिएको भन्दै बैंक खाता सरकारले खोलिदिनु पर्ने माग गरेका हुन्। उक्त खातामा सरकारको पनि केही मात्राको ‘फन्डिङ’ हुने पर्ने उनीहरूको माग छ। 

उक्त विषयमा विभागले कुनै निर्णय लिन सकेको छैन।

विभागले उक्त विषय समाधानका लागि भौतिक योजना तथा यातायत मन्त्री रघुविर महासेठसँग व्यवसायीलाई थप छलफल गराउने तयारी गरेको छ।

मन्त्री महासेठसँग अाउने मंगलबार व्यवसायीहरूले छलफल गर्ने छन्।

यातायात व्यवसायीले हरेक वस्तु तथा सेवामा महगी बढे पनि लामो समय देखि यातायत भाडा नबढेको आरोप लगाएक छन्।

२०७० सालदेखि भाडा नबढेको भन्दै व्यवसायीहरूले बढाउनु पर्ने माग गरेका गरिरहेका छन्।

विभागले यातायतको लागत हेरेर वैज्ञानिक रूपले भाडा व्यवस्थापन गर्ने जनाएको छ। २०७०सालमा १२ हजार रहेको कर अहिले बढेर ३० हजार पुगेको पनि भाडा दर उउदै रहेको राष्ट्रिय यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन्।

उनी भन्छन्,‘ हामीले सरकारबाट जारी भएको नियम कानुन मान्नु पर्छ मानिरहेका पछि छौं। तर सरकारले हाम्रो समस्याको पनि सुनुवाइ गर्नु पर्छ।’

गत वर्षहरूमा टिकट बुकिङ घटस्थापनाको एक महिनाअघि देखि खुला गरिँदै आएको थियो। तर यो वर्ष यातायात विभाग र व्यवसायीको छलफल नटुगिएका कारण टिकट बुकिङ अन्योलमा परेकाे छ। यो वर्ष असोज २४ गते घटस्थापना परेको छ। 

विभागले भने तयारी भइसकको टिकट बुकिङ खुला गर्ने काम व्यवसायीका तर्फबाट मात्रै रोकिएको बताउँदै आएको छ। विभागले ट्राफिक प्रहरीसँग समन्वय गरी बसपार्कमा यात्रु सहायता कक्ष राख्ने तयारी समेत गरिसकेकाे छ।

विभागमा दर्ता भएका सवारीसाधनअनुसार ४८ हजार ४ सय ५८ ठूला बस, २४ हजार ८७२ मिनी बस, ६ हजार ६ सय ५७ माइक्रोबसले दसैंमा सेवा पुर्याउने छन्।

प्रकाशित २३ भदौ २०७५, शनिबार | 2018-09-08 09:30:31
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...