नेपालले पहुँच पाएका चिनियाँ सामुद्रिक बन्दरगाह कुन कति टाढा?



बायाँबाट क्रमश चियान्जिङ, सेन्झेन, लियाङयुङ, झान्जिङ बन्दरगाह
बायाँबाट क्रमश चियान्जिङ, सेन्झेन, लियाङयुङ, झान्जिङ बन्दरगाह

नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा बिहिबार मध्यराती काठमाडौंमा सहमति भएसँगै नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ।

तेस्रो मुलुकसम्म पुग्न भारतसँग रहेको निर्भरता समाप्त हुने गरी नेपालले पहुँच पाएका चिनियाँ बन्दरगाहमध्ये चार वटा समुद्री तटमा अवस्थित छन् भने तीन वटा चाहिँ सुख्खा बन्दगाह हुन्।

समुद्री तटमा अवस्थित बन्दगाहहरुमा हेवेइस्थित थियान्जिङ, ग्वाण्डोङस्थित सेन्झेन, लियाङयुङ र झान्जिङ छन्। यी सबै बन्दरगाहहरु काठमाडौँबाट ४–५ हजार किलोमिटर भन्दा टाढाका दुरीमा छन्।

थियान्जिङ बन्दरगाह
यो चीनको राजधानी बेइजिङबाट सबैभन्दा नजिकको बन्दरगाह हो। हेवेइ प्रान्तमा पर्ने थियान्जिङ चीनको छैठौँ ठूलो शहर हो र थियान्जिङ बन्दरगाहपनि शहर नजिक छ। यो बन्दरगाहलाई ‘गेट वे अफ बेइजिङ’ पनि भनिन्छ।

बेइजिङबाट करिब १ सय ६० किमी दक्षिणपूर्वी पित सागर (यलो सी) स्थित बोहाई खाडीमा अवस्थित यो बन्दरगाह पहिलो शताब्दीदेखि प्रयोगमा आउन थालेको थियो।

काठमाडौँबाट केरुङ १ सय ८७ किमी टाढा छ। केरुङबाट सिगात्से ५ सय ४८ किमी टाढा छ भने सिगात्सेबाट थिजान्जिङ बन्दरगाहसम्मको सडक–दुरी ३ हजार ८ सय ३८ किमी छ।

यस हिसावले काठमाडौँबाट थियान्जिङ बन्दरगाहसम्मको दुरी ४ हजार ५ सय ७१ किमी रहेको देखिन्छ।

सेन्जेन बन्दरगाह
यो बन्दरगाह हङकङ नजिक ग्वाण्डोङ प्रान्तमा रहेको छ। हङकङबाट करिब ३६ किमी मात्रै पर रहेको सेन्जेन सन् १९७९ सम्म करिब तीन हजार जनसंख्या भएको तटीय क्षेत्रको सानो नगर थियो।

यो शहर पछिल्लो समयमा तीब्र गतिमा आर्थिक रुपमा विकास गर्ने चिनियाँ शहरमध्येमा पर्छ। यो बन्दरगाह साउथ चाइना सीमा नजिक पर्छ।

काठमाडौंबाट सेन्जेन बन्दरगाहसम्मको हवाइ दुरी २ हजार ९ सय ३३ किमी रहेको छ। तर सडकबाट भने यसको दुरी झण्डै दोब्बर अर्थात् ५ हजार ४ सय १७ किमी रहेको छ।

लियाङयुङ बन्दरगाह
पूर्वी चीनमा अवस्थित यो बन्दरगाह जिआङसु प्रान्तमा पर्छ। चिआङवेइ नदीको मुखमा अवस्थित यो बन्दगाहमा युन्यान नदीको नहरको सञ्जाल समेत रहेको छ। यो क्षेत्र नुन उत्पादनका लागि प्रसिद्ध छ।

चीनले आर्थिक सुधारका कार्यक्रम अघि सार्दा विदेशी लगानीकर्ताका लागि खुला गरेको १४ स्थान मध्येको एक हो, लियाङयुङ बन्दरगाह। यो पीत सागरमा अवस्थित छ।

काठमाडौंबाट यो बन्दरगाहसम्मको हवाइ दुरी ३ हजार ३ सय २ किमी रहेको छ भने सडक मार्गबाट ४ हजार ६ सय ९१ किमी टाढा रहेको छ।

झान्जिङ बन्दरगाह
यो बन्दरगाह हाइनान नजिक रहेको छ। यो झान्जिआन खाडीको तटमा अवस्थित छ। लेइझाउ प्रायद्वीपको पूर्वी क्षेत्रमा अवस्थिति यो बन्दरगाह भियतानामको राजधानी हनोइ भन्दा ४ सय ७० किमी पूर्वमा पर्छ।

काठमाडौँबाट यो बन्दरगाहसम्मको दुरी सडक मार्गबाट करिब ४ हजार ३ सय किमी पर छ भने हवाई मार्गबाट २ हजार ६ सय ४० किमी। 

प्रकाशित २२ भदौ २०७५, शुक्रबार | 2018-09-07 19:04:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...