पारवहनका लागि आफ्ना सबै बन्दरगाह नेपाललाई प्रयोग गर्न दिन चीन सकरात्मक



काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक
काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

नेपाल-चीन पारबहन तथा यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिन सुरु भएको बैठकको पहिलो सेसनमा नेपाली पक्षले नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि चिनियाँ बन्दरगाह प्रयोगको अनुमति माग गरेको छ।

वार्तामा नेपालले विभिन्न ६ वटा बन्दरगाहको माग गरेपनि आजको बैठकमा चिनिया पक्षले आफ्नो देशमा रहेका सबै बन्दरगाह नेपालले प्रयोग गर्न पाउने गरी सहमति गर्न चिनिया पक्ष सकारात्मक देखिएको वार्तामा सहभागी नेपाली अधिकारीहरुले बताएका छन्।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण भएको व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई टुंगो लगाउन दुवै देशका अधिकारीहरुबीच सोल्टी होटलमा भएको वार्तामा ९ जना बेइजिङबाट आएका अधिकारी र काठमाडौँस्थित चिनिया दुतावासका २ जना गरी ११ जना छन्।

वार्तामा नेपाली पक्षबाट १० जनाको सहभागिता छ। नेपाली पक्षको नेतृत्व उद्योग वणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजुले गरेका छन् भने चीनको पक्षबाट चीनको यातायात विभागका महानिर्देशक वाङ सिपिङले गरेका छन्।

आज र भोलि हुने बैठकको सुरुवातमा नेपाली पक्षले बन्दरगाहको विषय छिट्टै टुङ्याउनु पर्ने बताएको थियो। अन्तर्राष्ट्रिय व्यापारको लागि आफूलाई अनुकूल हुने ६ चिनियाँ बन्दरगाह प्रयोग गर्न अनुमति माग गर्दा चिनिया पक्षले आफ्नो देशमा रहेका सबै बन्दरगाह प्रयोग गर्नसक्ने जवाफ दिएको हो।

वार्तामा सहभागी उद्योग वाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवराज ढकालका अनुसार चिनिया पक्ष आफ्नो देशमा रहेका सबै बन्दरगाह नेपालले प्रयोग गर्न पाउनेमा सकरात्मक छ। वार्तास्थल होटल सोल्टीमा नेपालखबरसँग कुरा गर्दै ढकालले भने, ‘नेपालले राखेका हरेक विषयमा चिनिया पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ।’

यही माहोलमा वार्ताले निरन्तरता पाउन सके भोलिसम्म प्रोटोकलमा दुई पक्षबीच सहमति जुट्ने विश्वास ढकालले व्यक्त गरे।

बन्दरगाहकै विषयमा गत ५-१० असारमा बेइजिङमा पनि दुई पक्षबीच छलफल भएको थियो। तर, सो बैठकमा तयारी नपुगेको भन्दै सहमति जुट्न सकेको थिएन।

पारवहन सम्झौताका लागि आवस्यक पर्ने बन्दरगाह बाहेक ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका पूर्वाधार निर्माण तथा दुबै देशको कारोबार बैंकिङ प्रणालीमार्फत् गर्ने विषय पनि समावेश छन्।

त्यसैगरी बैकल्पिक व्यापारिक मार्ग खोल्ने, नेपालमा निःशुल्क व्यापार क्षेत्र/विशेष आर्थिक क्षेत्र/निर्यात संशोधन क्षेत्र स्थापना गर्ने तथा कच्चा पदार्थ आयातमा अतिरिक्त शुल्क घटाउने विषय छलफल भइरहेको छ।

१२ बैशाख (२०७२) को भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्ने, पारवहन तथा यातायात सम्झौता कार्यान्वयन गर्ने एवं स्वतन्त्र व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययनलाई अन्तिम रूप दिने विषय नेपाली पक्षले तयार गरेको छलफल मस्यौदामा उल्लेख छ।

व्यापार, पारवहन तथा लगानीका क्षेत्रमा समझदारी बढाउन दुई देशबीच अन्तरदेशीय संयन्त्र स्थापना गर्ने विषयपनि त्यसमा परेका छन्।

३० पुष २०६८ मा नेपाल-चीन नाका क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्ने सहमति भएको थियो। समझदारीअनुसार हुम्लाको पुलान-यारी, मुस्ताङको लिजी-नेचुङ, ताप्लेजुङको रिवु-ओलाङचुङगोला र संखुवासभाको चेन्ताङ-किमाथांका नाकामा बन्दरगाह निर्माण लागि सम्झौता गर्न नेपालले प्रस्ताव गरेको छ।

नेपालले प्रदेश-७ को बझाङ र दार्चुलालाई प्राथमिकतामा राखेर सम्झौता गर्ने तयारी गरेको छ। कच्चा पदार्थको आयातमा लाग्ने अतिरिक्त शुल्क ४० प्रतिसत रहेकोमा त्यसलाई कम गर्ने गरी सम्झौताको गर्नुपर्ने प्रस्ताव नेपालले गरेको छ।

बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी छन्।

प्रकाशित २० भदौ २०७५, बुधबार | 2018-09-05 15:20:09
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...