व्यापार तथा पारबहन प्रोटोकलमा सहमतिका लागि चिनियाँ टोली नेपालमा

यस्ता छन्, सहमति हुन लागेका विषय



ट्रान्सपोर्ट ट्रान्जिट प्रोटोकलको बिषयमा छलफल गर्न चिनियाँ टोलि नेपाल आएको छ। चीनबाट आएको नौ सदस्यीय टोलिसँग भोलि र पर्सि काठमाडौंमा छलफल हुने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा सो सम्झौतामा हस्ताक्षर हुने भनिए पनि तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो।

त्यसपछि उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको नेतृत्वमा नेपाली टोलि चीन गएर छलफल गरेको थियो। गत असार ५ देखि १० गते सम्म भएको छलफलमा पनि सबै विषयमा सहमति हुन नसकेपछि चिनियाँ टोलि नेपाल आएको हो।

नेपाली टोलिलले काठमाडौंमा उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर संैजूको नेतृत्वमा छलफल गर्ने छ।

नेपाललले माग गरेको हरेक विषमा सहमति जुटे पनि चिनियाँ पोर्टको सम्बन्धमा भने छलफल अपुग भएकोले काठमाडौंमा थप छलफल गर्न लागिएको हो।

नेपाल चीनबीच हुने सहमतिको विषय यस्तो छः

तेस्रो मुलुकसँग व्यापारका लागि नेपालले चिनियाँ बन्दरगाह माग गरेको छ। नेपालले माग गरेका तेन्जिङ, क्वाङ्चाउ र सांघाईलगायत ६ बन्दरगाह छन्। तर त्यसको लागि चीनले थप छलफल गर्नु पर्ने बताएको थियो।

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का लागि पूर्वाधार निर्माण तथा द्विदेशीय कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने विषय पनि प्रोटोकल छलफलमा उठेको छ।

त्यस्तै वैकल्पिक व्यापारिक मार्ग खोल्ने, नेपालमा निःशुल्क व्यापार क्षेत्र र विशेष आर्थिक क्षेत्र स्थापना गर्ने तथा कच्चा पदार्थ आयातमा अतिरिक्त शुल्क घटाउने विषय छलफलमा छन्।

छलफमा तातोपानी नाका खोल्ने विषय पनि उठान भएको छ। यसमा चिनियाँ पक्ष सकरात्मक छ।

हुम्लाको पुलान (यारी, मुस्ताङको लिजी) नेचुङ, ताप्लेजुङको रिवु (ओलाङचुङगोला र संखुवासभाको चेन्ताङ) किमाथाङ्का नाकामा सुख्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव गर्ने भएको छ।

प्रकाशित १९ भदौ २०७५, मंगलबार | 2018-09-04 19:35:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...