प्रतिबन्धित भारतीय नोट साट्न भुटान सफल, ‘नेपालको पत्रको जवाफ नै आएन’



भारतीय प्रतिबन्धित नोट साट्न नेपालले गरेका अनेक प्रयास असफल भइरहेका बेला भुटानले भने यसमा सफलता पाएको खुलेको छ।

भारतले प्रतिबन्ध लगाएका पाँच सय र हजारका करिब दुई अर्ब भारु बराबरका नोट गत आर्थिक बर्षमै साट्न भुटान सफल भएको हो।

नेपाल र भुटानमा रहेका प्रतिबन्धित भारतीय नोट साट्न बाँकी रहेको खबरहरूकाबीच दिल्लीका एक जना पत्रकारले भुटानमा रहेका नोट चाहिँ साटिसकिएको खुलाएकी हुन्। भुटानी मिडियाले पनि यसलाई पुष्टी गर्ने खालमा समाचार दिएका छन्।

छिमेकी देशहरूसँग भारतको सम्बन्धबारे लेख्ने द वायरकी उपसम्पादक देवीरुपा मित्राले ट्विट गर्दै भनेकी छन्, ‘भुटानले गत वर्ष नै आफ्ना सबै नोट साट्न सफल भएको छ, त्यसैकारण भारतीय मुद्रा बोक्न प्रतिबन्ध फुकुवा गरेको हो। तर जम्मा गरेर नराख्न चेतावनी जारी गरेको छ।’

मित्राले दिल्लीले थिम्पुमा रहेको कति भारतीय रुपैयाँ साट्यो भन्ने खुलाएकी छैनन्। तर यो रकम झण्डै दुई अर्ब रुपैयाँ हुनसक्ने अनुमान गरिएको छ। किनकी भुटानी पत्रिका ‘द भुटानिज’ ले भारतले पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाउँदा भुटानसँग करिब २ अर्ब ५० करोड भारतीय रुपैयाँ रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाएको थियो।

पत्रिकाका अनुसार २०७३ कार्तिकमा भारतले नोटमाथि प्रतिबन्ध लगाउँदा करिब १ अर्ब भारतीय रुपैयाँ बैंकमा र १ अर्ब ५० करोड रुपैयाँ सर्वसाधारणसँग रहेको थियो। भुटान सरकारले चालखी के गर्यो भने सर्वसाधारणसँग भएका नोट पहिला सबै आफुले लियो र भारतसँग कुटनीतिक सामथ्र्य देखाएर सबै नोट साट्न सफल भयो।

नोटबन्दीपछि भारतीय रुपैयाँमा हुने कारोबारमाथि प्रतिबन्ध लगाएको भुटानले २०१८ को जनवरीमा त्यसलाई खुलाएको थियो।

सुरुमा भारत सरकारले नेपाल र भुटानसँग रहेका प्रतिबन्धित पाँच सय र एक हजारका नोट साट्ने जनाएको थियो। तर गत बुधबार भारतको केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनले नोट साट्ने प्रक्रिया समाप्त भएको बताएपछि त्यो संभावना करिब सकिएको छ। तर भारतले सर्वसाधारणसँग रहेका नोट त परकै विषय भयो, नेपालका वित्तीय संस्थामा रहेको सात करोड भारतीय रुपैयाँ बराबरका नोट पनि साट्न मानिरहेको छैन।

भारतको नोटबन्दीको समयमा सीमाक्षेत्रमा मात्रै नभएर काठमाडौंमा पनि भारतीय रुपैयाँमा समेत कारोबार हुने गरेको थियो। भारतसँग कारोबार गर्ने अधिकांश नेपाली व्यापारीले भारतीय रुपैयाँ प्रयोग गर्ने गरेका थिए।

नेपालमा प्रतिबन्धित भारतीय नोट कति छन् भन्ने यकिन तथ्यांक नभए पनि त्यस्तो रकम ३ देखि १० अर्ब रुपैयाँसम्म हुनसक्ने भारतीय सञ्चार माध्यमले अनुमान लगाएका छन्। तर नेपाली व्यवसायी भने त्यस्तो रकम ५ अर्ब भन्दा बढी हुनसक्ने अनुमान गर्छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार नेपालको केन्द्रीय बैंकले भारतको केन्द्रीय बैंकलाई नोट साट्न आग्रह गर्दै पटक पटक पत्र लेखेको छ, तर ती कुनै पनि पत्रको जवाफ आएको छैन।

‘नेपाल राष्ट्र बैंकबाट भारतको रिजर्भ बैंकलाई नोट साट्ने विषयमा पछिल्लो समय पटक पटक पत्र पठाएका छौं, हाम्रा गभर्नरले भारतका गभर्नरसँग भेट्दा पनि यो विषय उठाउनु भएको छ’, पौडेलले भने, ‘भारतीय पक्षले नेपालको समस्या बुझेको कुरा पनि गर्छ तर, पत्रको जवाफ भने दिँदैन।’

भारत र नेपाल दुबैले यो समस्या समाधान गर्ने जिम्मा राष्ट्र बैंकलाई दिएका छन्। पौडेलले यसमा सरकारका अन्य पक्षले पनि पहल गर्नुपर्ने आग्रह गरे। बैशाखको अन्तिम साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा प्रधानमन्त्री केपी ओलीले नेपालमा रहेका भारतीय नोट चाँडो साटिदिन आग्रह गरेका थिए। तर बेलाबेलामा भारतीय अधिकारीहरूले यो विषय जटिल रहेको बताउँदै आएका छन्।

बिमस्टेक सम्मेलनमा सहभागी हुन गत साता काठमाडौं आएका भारतीय प्रधानमन्त्री मोदीसँग यसपाली पनि ओलीले प्रतिबन्धित नोट साट्ने व्यवस्था मिलाउन आग्रह गरेको संकेत परराष्ट्र मन्त्रालयका प्रवक्ता भारत पौडेलले दिएका छन्।

‘दुई पक्षीय हितका सबै विषयमा छलफल भएको छ’, पौडेलले मोदी र ओलीबीच भएको छलफलबारे नेपालखबरसँग भने, ‘दुबै देशका सरकारबीच भएको सहमती अनुसार नेपाल र भारतका केन्द्रीय बैंकलाई नोटको विषय पनि टुङग्याउने जिम्मेवारी दिइएको छ।’

प्रकाशित १८ भदौ २०७५, सोमबार | 2018-09-03 22:51:45
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...