भाडा बढाएर २४ भदौदेखि दशैँका लागि यातायातको टिकट बुकिङ सुरु



दशैँमा बसबाट घर जाँदै यात्रुहरु   फाइल फोटो
दशैँमा बसबाट घर जाँदै यात्रुहरु फाइल फोटो

दशैँ नजिकिँदै गएपछि बस भाडा बृद्धिका साथ टिकट बुकिङ समेत खोल्ने तयारी यातायात विभाग र यातायात व्यवसायीहरुले गरेका छन्।

दशैँका लागि २४ भदौदेखि टिकट बुकिङ खुला गर्ने तयारीमा उनीहरु छन्।

यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरुसँग छलफल गरी भदौ २४ गते देखि टिकट बुकिङ खुलाउन लागेको हो।

टिकट बुकिङ पुरानै काउण्डरबाट हुने छ। गत वर्ष कुन रुटमा कति गाडी संचालनमा आएको थियो, त्यसको तथ्याङ्क हेरेर विभागले गाडीको समेत व्यवस्थापन गर्दैछ।

काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका केही सवारी साधनलाई समेत उपत्यका नजिकको रुटमा सञ्चालन गराउने तयारी गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले जानकारी दिए।

हरेक वर्ष दशैका लागि सय वटा नयाँ बस व्यवसायीमार्फत् भित्रँदै आएकोमा यस बर्ष भने नयाँ बस थपिने संभावना छैन।

यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गर्दै यातायात व्यवसायीहरुले कम्पनी दर्ता गराउनु पर्ने प्रावधानको व्यवस्था गरेको छ। धेरै व्यवसायीहरु कम्पनीमा नगएकोले नयाँ गाडी नआउने भएको हो।

विभागले दुई-तीन वर्ष अघि देखि नै इ-टिकेटिङको अवधारण ल्याएको थियो। तर, यस वर्ष पनि इ-टिकेटिङ लागु नहुने भएको छ।

इ-टिकेटिङका लागि प्राविधिक तयारी नभएको विभागको भनाई छ। त्यसैले, यात्रुहरुले यो वर्षपनि लाइनमा बसेर नै टिकट लिनु पर्नेछ।

अर्को वर्षदेखि जसरीपनि इ-टिकेटिङको व्यवस्था गरिने दावी विभागले गरेको छ। यस्तो व्यवस्था भयो भने घरमा नै बसेर टिकटको लिन सकिनेछ।

विभागले ट्राफिक प्रहरीसँग समन्वय गरी बसपार्कमा यात्रु सहायता कक्ष राख्ने तयारीसमेत गरेको छ।

सहज रुपमा टिकटको व्यवस्था होस्, मनोमानी तबरबाट उठाइने भाडाबाट यात्रुहरु नठगिउन् भनेर यो व्यवस्था गर्न लागेको हो।

विभागमा हालसम्म ३२ लाख २१ हजार ४३ वटा सवारीसाधन दर्ता भएका छन्।

तिनमा ४८ हजार ४ सय ५८ ठूला बस, २४ हजार ८७२ मिनी बस, ६ हजार ६ सय ५७ माइक्रोबस छ र यिनै सवारी साधनले दशैँमा सेवा पु¥याउने छन्।

यातायात व्यवसायीहरुले विभाग लाई दशैँ अगाडि जसरी पनि भाडा बढाउने स्वीकृतिका लागि दबाब दिइरहेका छन्।

भाडा बढाउने माग गरेका व्यवसायीहरु र विभागबीच पर्सी (१८ भदौ) मा यस बिषयमा छलफल हुने भएको छ।

२०७० सालदेखि भाडा नबढेको भन्दै व्यवसायीहरुले बढाउनु पर्ने माग गरेका हुन्।

२०७२ सालमा भाडा बढाए पनि सर्वसाधारणको दबाबका कारण बढाइएको भाडा फिर्ता गराइएको थियो।

विभागले यातायतको लागत हेरेर वैज्ञानिक रुपले भाडा व्यवस्थापन गर्ने जनाएको छ।

विभागका प्रवक्ता उपाध्ययका अनुसार १८ भदौदेखि हरेक रुटको भाडा बढ्ने संभावना छ।

प्रकाशित १६ भदौ २०७५, शनिबार | 2018-09-01 14:57:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...