भारतले १५ वटा पुराना ट्याङकर दिने, नयाँ चाहिए किन्नुपर्ने



नेपाललाई हवाइ इन्धन बोक्ने करिब १५ वटा ट्याङ्करको आवश्यकता छ। त्यस्तै, नेपाली ग्यास बुलेटले भारत प्रवेश गर्न नपाएको अर्को समस्या पनि रहँदै आएको छ।

नेपालमा अधिक मात्रामा भारतीय लगानी भित्र्याउने रणनीति अपनाए पनि त्यसमा प्रगति हुन सकेको छैन। सोही विषयमा छलफल गर्न ४ दिन अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको नेतृत्वमा एक टोली भारत प्रस्थान गरेको थियो।

उक्त टोलीले भारतको वाणिज्य मन्त्रालयका पदाधिकारी, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान लगायतसँग छलफल गरेर आज आज फर्किएको छ।

टोलीका एक सदस्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार नेपालको मागमा भारतीय पक्ष सकारात्मक भएको छ। ढकालले नेपालखबरसँग भने, ‘नेपालको पोट्रोलियम पदार्थसँग रहेका समस्याहरु समाधान गर्न भारत तयार देखिएको छ। त्यसका लागि सहमति गर्न सेप्टेम्वरमा वाणिज्य मन्त्रालयको सहसचिवको नेतृत्वमा एक टोली नेपाल आउने भएको छ।’

नेपालले माग गरेको १५ वटा हवाइ इन्धन बोक्ने ट्याङ्करको लागि भने भारतले नेपाललाई दुई वटा विकल्प दिएको छ। भारतीय पक्षले ‘सेकेण्ड ह्याण्ड’ ल्याउने भए कुनै मूल्य बिना दिन तयार छ, र नयाँ ल्याउनको लागि भने प्रचलित मूल्यको आधारमा खरिद गर्न भारतले भनेको छ।

सो विषयमा नेपालले कुनै प्रतिक्रिया नदिई फर्किएको छ। नेपाली पक्षले आन्तरिक छलफल गरेर मात्रै निर्णय गर्न सकिने बताएको थियो।

ढकाल भन्छन्, नयाँ खरिद गर्दा अधिक महँगो पर्छ, आवश्यकता भन्दा घटाएर नयाँ खरिद गर्ने वा १५ वटा नै भारतबाट ल्याउने कुरामा अर्थ मन्त्रालय, नेपाल आयल निगम लगायतसँग छलफल गरिनेछ।

त्यस्तै नेपालमा भारतीय ग्यास बुलेटले खाना पकाउने एलपि ग्यास ल्याइरहेका छन्। त्यसको प्रमुख कारण नेपाली ग्यास बुलेट भारत प्रवेश गर्न पाउँदैनन्।

नेपाली ग्यास बुलेट भारतमा गएर ग्यास भर्नको लागि भारत सरकारबाट विस्फोटक पदार्थ ओसारपसारको लाइसेन्स पाउन आवश्यक छ। तर तत्कालै लाइसेन्स दिन भारत तयार छैन। भारतीय पक्षले लाइसेन्स दिनुपर्ने नियमलाई संशोधन गर्ने संकेत गर्दै ग्यास प्लान्ट टर्मिनलसम्म जाने व्यवस्था मिलाउने बताएको छ।

नेपाली पक्षले भारतको लगानी वृद्धि गर्ने विषयमा पनि कुरा गरेको छ। नेपालको संभावना रहेको कृषि, पर्यटन तथा हाइड्रो लगायतमा लगानी वृद्धि गर्न मन्त्री यादवले जोड दिएका थिए। सो विषयमा सकरात्मक रहेको जवाफ भारतीय पक्षले दिएका थिए।

त्यस्तै अमलेखजंगसम्म पेट्रोलिम पदार्थको पाइपलाइन निर्माण कार्य भैरहेको र चितवनसम्म विस्तारको सम्भावनामा विस्तृत अध्ययनको लागि पनि नेपालले आग्रह गरेको छ। त्यस्तै गोरखपुर देखि रुपन्देहीसम्म खाना पकाउने एलपि ग्यासको पाइपलाईन निर्माणको सम्भावनाबारे पनि नेपाल भारत छलफल भएको सहसचिव ढकालले जानकारी दिए।

प्रकाशित १४ भदौ २०७५, बिहिबार | 2018-08-30 17:08:01
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...