तरकारीको मूल्य किसानले बिक्री गरेको भन्दा पाँच गुणा बढी



बल्खुको अनुगमन
बल्खुको अनुगमन

उद्योग वाणिज्य तथा आपूर्ति विभागका अनुगमन अधिकृत दीपक पोखरेलको नेतृत्वमा सरकारी टोली सोमबार बिहान ४ बजे बल्खुस्थित तरकारी बजारमा छापा मार्न पुग्यो।

टोलीले मकवानपुरबाट गणेश कार्कीले ल्याएको तरकारी मुल्यबारे अनुसन्धान थाल्यो। कार्कीले बल्खुको स्टलहरुमा वितरण गर्न ल्याएको एक ट्रक काउली धनिया, साग लगायतका तरकारीको मूल्य सूची टोलीले खोज्यो। तर, मूल्य होइन, तरकारीको परिमाण मात्रै पायो।

‘मकवानपुरका तरकारी संकलकबाट ल्याएको विलमात्र छ तर मूल्य उल्लेख गरिएको छैन’ कार्कीले भने ‘किसानलाई त तरकारी बिक्री भएपछि मात्र पैसा दिने हो।’

तरकारी बिक्री भएपछि बेलुका ‘यतिमा मात्रै बिक्री भयो’ भनेर बीचका व्यवसायीहरुले किसानहरुलाई पैसा दिने गरेको कार्की बताउँछन्। कार्कीपनि यस्तै बिचौलिया व्यापारी हुन्।

उनी कुनै करको दायरामा छैनन्। बिक्री बितरण सम्बन्धी कुनै संस्थापनि दर्ता भएको छैन।

बल्खुको तरकारी बजारबाट कालिमाटी तरकारी बजारको मूल्य सूची अवलोकन गरेको टोली त्यही प्रयोजनका लागि विहान साढे ६ बजे कालिमाटी तरकारी बजार पुग्यो। त्यहाँपनि टोलीले उस्तै स्थिति फेला पार्‍यो। अर्थात् बल्खुमा जस्तै तरकारीको परिमाणको सूची पायो, मूल्य सूची पाउन सकेन।

कालिमाटी तरकारी बजारमा करिव ५ वर्षदेखि तरकारी व्यापार गर्दै आएका महेश पुडासैनीको अवस्था पनि उस्तै छ। उनले विशेषगरी च्याउको कारोबार गर्ने गरेका छन्। भक्तपुरका किसानबाट उत्पादित च्याउ उनले कति मूल्यमा ल्याउँछन् भन्ने कुराको कागजात उनीसँग छैन।

किसानबाट ल्याइने तरकारी बिचौलिया व्यापारीहरुले तरकारी बजारको प्रतिस्पर्धी मूल्यका आधारमा खरिद-बिक्री गर्छन्। तर, यसको मार भने किसानहरुलाई परिरहेको छ।

थोक व्यापारीले किसानबाट तरकारी ल्याउँछन् र खुद्रा व्यापारीलाई बेच्छन्। तर, त्यसको बिल न खुद्रा व्यापारीसँग हुन्छ, नत त थोक व्यापारीसँग नै। यसले गर्दा बजारमा आइपुगेको तरकारीको मूल्य आफू खुसी बिक्री गर्ने प्रबृति उत्कर्षमा छ। किसानले आफ्नो उत्पादको जति मूल्य पाउँछन्, उपभोक्तासम्म पुग्दा ५ त्यो उत्पादनको मूल्य ५ गुणा बढी हुने गरेको पोखरेल बताउँछन्।

पोखरेलका भनाईमा, व्यापारीहरुलाई करको दायरामा ल्याउने तथा मूल्यस्थितिबारे जानकारी लिने गराउने उद्देश्यले अवलोकन भ्रमण गरिएको हो। यस्तो अवलोकन अझ तीब्र बनाउने जानकारी उनले दिए।

आजको अनुगमनका क्रममा रवि शाह नामक एक व्यवसायीलाई टोलीले पक्राउ गरेको छ। शाहले अनुगमनको विरोध गर्दै आफूहरु करको दायरामा रहेको तथा मूल्य सहितको बिल समेत रहेको दावी गरेका थिए, जुन कुरा झुठ ठहरियो। झुठ बोलेर अनुगमन कार्य प्रभावित पार्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको पोखरेलले बताए।

बल्खुको अनुगमनका क्रममा भ्याट तथा प्यानमा व्यवसायी दर्ता नभएको र व्यवसायीले बिलको कारोबार नगरेको देखिएको थियो। अनुगमनपछि बल्खु तरकारी बजारका संचालक सदस्य मोहन कुमार बस्नेतले भने नेपालखबरसँग भने, ‘व्यवसायीहरु महानगरपालिकामा दर्ता भएका छन्। प्यानमा दर्ता हुनका लागि अब प्रक्रिया थालनी गर्नेछौँ।’

प्रकाशित ११ भदौ २०७५, सोमबार | 2018-08-27 12:42:40
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...