आफ्नो छुट्टै कोष बनाउँदै बिमस्टेक



बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक) लाई सशक्त बनाउनेका लागि बिम्स्टेक कोष स्थापना हुने भएको छ।

काठमाडौँमा बिहीबार र शुक्रबार (१४–१५ भदौ) हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा क्रममा कोषको स्थापना गर्ने भएको हो।

‘बिमस्टेकका कोषका स्थापनाको विषयमा सहमति छ’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘बिमस्टेक सचिवालयलाई सशक्त बनाउनका लागि कोषको स्थापना गर्न लागिएको हो।’

कोषका मोडालिटीको बारेमा मंगलबारबाट शुरु हुने सिनियर अफिसियल्स (सचिव स्तरीय) बैठकमा छलफल हुनेछ।

१९९७ मा स्थापना भएको बिमस्टेकले आवश्यक गति लिन सकेको छैन। २१ बर्षको बीचमा यसका जम्मा चार सम्मेलन हुन सकेको छ।

सन् २०१४ मा भएको सम्मेलनमा पछि बंगलादेशको ढाकामा यसको सचिवालय स्थापना गरिएको त छ। तर आवश्यक जनशक्ति र स्रोतको अभावमा यो प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन।

अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनहरुको जस्तो बिम्स्टेकको बडापत्रपनि छैन। स्थापना हुँदा जारी गरिएको घोषणापत्रको आधारमै यो सञ्चालन हुँदै आएको छ यो संगठन।

यसपटकको सम्मेलनमा घोषणापत्रको निर्माण गर्ने विषयलाई पनि टुङ्गो लगाउने सम्भावना छ।

सोमबारदेखि पाहुना
बिम्स्टेक सम्मेलनमा सहभागी हुन सोमबार (११ भदौ) देखि नै सदस्य राष्ट्रका उच्च अधिकारी आउनेछन्।

मंगलबार (१२ भदौ) बिम्स्टेकको परराष्ट्र सचिवहरुको बैठक हुने छ। त्यसैगरी मंगलबार बिदेशमन्त्रीहरु नेपाल आउने छन्। उनीहरुको बैठक बुधबार हुनेछ।

बुधबार (१४ भदौ) शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका राष्ट्राध्यक्ष वा सरकार प्रमुख काठमाडौँ आइपुग्ने छन्।

सम्मेलनको उद्घाटन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

प्रकाशित १० भदौ २०७५, आइतबार | 2018-08-26 21:59:55
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...