निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः पर्यटनले काम गरेन, मोडालिटी खोज्दै अर्थ मन्त्रालय



अर्थ मन्त्रालय
अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले दोस्रो विमानस्थल निजगढको निर्माण कार्य थालनीमा चासो देखाएको छ।

अर्थमन्त्रालयले विस्तृत अध्ययन (डिपिआर) तयार गर्नुभन्दा अगाडि निर्माण मोडालिटिबारे अध्ययन गरिरहेकाे हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ढिलार्इ गरेपछि उक्त विमानस्थल निर्माणमा अर्थले हात हालेको हो। आगामी वर्षदेखि निर्माण कार्य थालनी गर्न लागि यो वर्ष सबै प्रक्रिया पुरा गराउने तयारीमा अर्थ मन्त्रालय छ।

अर्थ मन्त्रालयको सहसचिव चन्द्रकला पौडेलले नेपालखबरसँग भनिन्, 'निजगढ विमानसथल राष्ट्रिय गौरबको आयोजना हो। त्यसैले अर्थकाे यसमा चासाे हुनु स्वभाविक हो।'

हाल देशमा एक मात्र त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल छ। एक मात्र अन्तरार्ष्ट्रिय विमानस्थल हुँदा एयर ट्राफिक व्यवस्थापन गर्न कठिनार्इ पर्दै गएकाे छ। 'त्यसैले अर्थले यसमा विशेष ध्यान दिइरहेकाे छ। यसको निर्माण प्रक्रियामा हामी छिटो जानुपर्ने राष्ट्रिय अावश्यकता छ', उनले भनिन्।

सम्बन्धित खबर: किन रोकियो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम?

अर्थले १५ करोडभन्दा माथिका परियोजनाको अवशयक काम अघि बढाउन र अनुगमन गर्नसक्छ। 'यसकाे अर्थ पर्यटन मन्त्रालयबाट खोसेर अफैँ निर्माण गरेको भन्न मिल्दैन', उनले भनिन्, 'अर्थबाट अनुगमन र निर्माण प्रक्रियमा सहजीकरण गर्ने काम भइरहेकाे हाे।'

उक्त विमानस्थथल निर्माणको लागि इआइए (वातावरणिय प्रभाव मुल्याङकन) पास भएर आवशयक रुख कटान गर्ने काम भइरहेकाे छ। अन्तरार्ष्ट्रिय विमानस्थलका लागि कूल २४ लाख रुख काट्नु पर्नेछ। दोस्रो चरणमा बनाउनुपर्ने अर्को धावनमार्ग र विमानस्थल सहरका लागि उक्त परिमाणमा रूख काट्पर्ने देखिएकाे हाे।

यो विमनस्थल निर्माणमा नागरिक उड्डयनय प्राधिकरणले आफैँले १ खर्ब २१ अर्बमा आयोजना बनाउन सकिने प्रारम्भिक अनुमान गरेको थियो। अर्थमन्त्री डा.युवराज खतिवडा निजी साझोदारीमा निर्माण गर्ने बताउँदै आएका छन्। याे परियाेजनाकाे लागि हालै मुअाब्जा वितरणकाे काम भइसेकाे छ।

प्राधिकरणले नेपाली सेनालाई रुख काट्ने र सडक निर्माणको जिम्मा दिएकाे छ। नेपाली सेनाले रुख काटेर वन विभागलाई कटान भएको रुख हस्तान्तरण गर्नेछ। आगामी वर्षभित्र थप जग्गा अधिग्रहणकाे काम समेत सम्पन्न गर्ने अर्थकाे याेजना छ।

सम्बन्धित खबर: नेपालविरुद्ध मुद्दा हाल्न लागेको कोरियन कम्पनीलाई रकम दिइने

यअसघि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न कोरियन कम्पनी एलएमडब्लु र नेपाल सरकारबीच  सन् २०१० मार्चमा सम्झौता भएको थियो। कोरियाली कम्पनीले ३.५ मिलियन डलर (३५ करोड) खर्चेर २०११ मा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो। प्रतिवेदन बुझाएको ६ वर्षसम्म पनि नेपाल सरकारले रकम दिन चासो नदेखाएपछि सो कम्पनीले क्षतिपूर्तिस्वरुप प्रतिवेदन बनाउन लागेको रकमभन्दा दोब्बर रकम माग गरेकाे थियाे। 

सरकार एलएमडब्लुकाे विस्तृत अध्ययन प्रतिवेदनअनुसार जाने नजाने दुविधा भइरहँदा अर्थ मन्त्रालयले यसमा चासाे देखाएकाे हो। अर्थले निजी साझोदारी माेडालिटीबाट साे विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने सम्भावना प्रबल देखिएकाे छ।

वि.स २०५५ देखि चर्चामा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमनस्थल बारा–जीतपुर–सिमरा उपमहानगरपालिका-१६ टाँगिया बस्तीमा निर्माण गर्न लागिएको हो। याे विमानस्थलको लम्बाई पूर्व-पश्चिम राजमार्गतर्फ १० किलो मिटर र चौडाई ८ किलो मिटर गरी ८० स्क्वायर किलो मिटर छ। धावनमार्गको लम्बाई ३ हजार ६ सय मिटर र चौडाई ४५ मिटर रहने छ। विमानस्थलका लागि आर्थिक वर्ष २०६५/६६ देखि नै बजेट बिनियोजन हुँदै अाएकाे छ।

याे पनि: कोरियन कम्पनी सरकारविरूद्ध सिंगापुर अदालतमा मुद्दा हाल्ने तयारीमा

 
 
प्रकाशित ६ भदौ २०७५, बुधबार | 2018-08-22 19:57:35
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...