तरकारी माफियाविरूद्ध सरकारकाे अप्रेसन

बिक्री ठप्प पार्ने व्यवसायीकाे चेतावनी



कालिमाटी तरकारी बजार
कालिमाटी तरकारी बजार
फाइल फोटो

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनको क्रममा कालिमाटी फलफुल तथा तरकारी बजारबाट दुई वटा गाडी र एक चालकलाई समातेर अनुसन्धानको लागि काठमाडौं प्रहरी परिसर टेकुमा पठाएको छ।

काँक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडी नियन्त्रणमा लिए पनि एक चालक भागेका थिए। तर चालक सुदिप दराईलाई भने पक्राउ गरिएको छ। सरकारी टोलीले तरकारीको गाडी नियन्त्रणमा लिएपछि व्यापारीले विरोध गर्दै अनुगमनमा खटिएकाे टाेलीलार्इ कोठाभित्र थुनेका थिए।

याे प्रकरणपछि वाणिज्य विभाग तरकारीको बजार अनुगमनमा कडा रूपमा पेश भएकाे हाे। साेमबार दिउँसाे वाणिज्य विभागले प्रहरीलाई पत्र लेख्दै तरकारीकाे मूल्यबारे चालकबाट आवश्यक सूचना लिन समेत भनेको छ। सिण्डिकेटको अन्त्य गर्नुपर्ने समय आएको र त्यसको लागि चालक अनुसन्धानको स्रोत हुनसक्ने विभागकाे भनार्इ छ। देशभरबाट आएका तरकारीको मूल्य उपभोक्तासम्म पुग्दा ५-६ गुनाले वृद्धि हुने गरेको छ।

विभागले धादिङ र मकवानपुरको कृषकहरुसम्म पुगेर गत हप्ता व्यापारीले लिने तरकारीको मूल्यबारे अनुसन्धान गरेको थियो। तरकारीमा सिण्डिकेट कार्टेलिङ रहेको विभागले ठहर छ। विभागका महानिर्देशक योगेन्द्र गौचनले नेपालखबरसँग कुरा गर्दै जसरी पनि सिण्डकेट हटाउन तयार रहेको र त्यसको लागि प्रहरी प्रसानशनकाे सहयाेग मागिएकाे बताए।

उनले प्रहरीलाई पत्र लेखेर आवश्यक अनुन्धान र कारवाही बढाउन सिफारिस गरिएको बताए। साेमबार कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोलीसँग व्यापारीहरुको विवाद भएको थियो। विवाद धेरै बढेपछि व्यापारीहरुले अनुगमन टोलीलाई थुनेका थिए। सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर व्यापारीले गेटमा धर्ना दिएका थिए। उक्त टोलीलाई छुटाउन त्यहाँ थप प्रहरी समेत परिचालन गरिएको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसँग समेत समन्वय गरेर तरकारीमा रहेको ठगीलाई हटाउने तर्फ विभाग अघि बढेको गौचनले जानकारी दिए।

यता बजार अनुगमनका टोलीले कालिमाटी फलफुल तथा तरकारी व्यवसायी महासंघका पदाधिकारी पक्राउ गरेकोमा महासंघले विरोध जनाएको छ। पदाधिकारी पक्राउ परेकोमा तरकारी व्यवसायीहरुले भने आन्दोलन गर्ने घोषणा गरेका छन्।

तरकारी व्यवसायी भरत खतिवडा र विमल ढुंगाना पक्राउ परेका छन्। व्यवसायीले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको कृषकसँग बिल तथा कागजात नहुने भन्दै त्यसमा सरकारी टोलीले बुझ्नुपर्ने उल्लेख गरेका छन्।

पक्राउ परेका महासंघका पदाधिकारीलाई तत्काल रिहा गर्नुपर्ने अन्यथा भोलिबाट कालिमाटीमा तरकारी बेचविखन बन्द चेतावनी उनीहरूले दिएका छन्।

प्रकाशित ४ भदौ २०७५, सोमबार | 2018-08-20 19:59:02
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...