नेपाललाई आवश्यक रासायनिक मलका लागि छुट्टै रेलको डिब्बा व्यवस्था गर्न भारत तयार



भारतीय रेल
भारतीय रेल

नेपालको कृषि तथा पशुपन्छी सम्बन्धी शिक्षाको विकासका लागि नेपाल-भारतबीच सहकार्य हुने भएको छ।

‘नेपाल भारत संयुक्त कृषि कार्य समूह’ को बैठकले कृषि शिक्षाले कृषि क्षेत्रको विकास गर्न सक्ने निष्कर्ष निकाल्दै मास्टर डिग्री र पीएचडी तहको अध्ययनको लागि विनिमय कार्यक्रम प्रस्ताव भएको हो।

बैठकमा नेपालको तर्फबाट कृषि मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्की सहभागी थिए। कार्कीका अनुसार, नेपालले यो प्रस्तावको विस्तृत विवरण तीन महिनाभित्र तयार गरी भारत समक्ष पेश गर्नेछ।

त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय कृषि विज्ञान प्रतिष्ठानलाई मान्यताप्राप्त विश्व विद्यालय बनाउन भारतीय टोली आगामी अक्टोबरभित्र नेपाल आउनेछ।

काठमाडौं मा शुक्रबार सम्पन्न नेपाल भारत संयुक्त बैठकले नेपाल कृषि अनुसन्धान परिषदका बैज्ञानिकहरुको क्षमता अभिबृद्धिका साथै आणविक, जैविक, जलवायु प्रतिरोध प्रविधिको विकासमा भारतीय बैज्ञानिकहरु नेपाल आएर सहयोग पुर्‍याउने सहमतिपनि भएको छ।

नेपालको वालीनाली र पशुपन्छीमा देखिने रोगको निणन्त्रण, मल विउमा भारतीय सहयोग ल्याउने विषयमा पनि उत्तः बैठकमा छलफल भएको छ। अर्गानिक खेची विस्तारको लागि आवस्यक पर्ने तालिममा पनि भारतले तालिमको व्यवस्था गरिदिने भएको छ।

भारतबाट नेपालमा रासायनिक मल ढुवानीको समस्या रहँदै आएकोमा त्यसलाई सुल्झाउन छुट्टै रेलवे लिकको व्यवस्था गर्ने सहमति भएको छ। यसका लागि भारतीय रेलले छुट्टै भारतीय रेल डिब्बा व्यवस्था गरेर नेपालमा मल आपूर्ति गरिदिनेछ।

यसैगरी दुबै देशले गरेको खाद्यान्न परिक्षण प्रमाणपत्रलाई अर्काे देशले मान्यता दिने सहमतिपनि नेपाल-भारतबीच भएको छ। र, त्यस सम्बन्धी छुट्टै सम्झौताको पनि छिट्टै हुनेछ।

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार उक्त छलफलमा पशुपन्छी विकासको पाइलट प्रोजेक्ट सुरु गर्ने सहमतिसमेत भएको छ।

प्रकाशित २ भदौ २०७५, शनिबार | 2018-08-18 13:39:25
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...