राष्ट्र बैंकद्वारा भारतीय मुद्रामा ऋण लिन सक्ने व्यवस्था जारी

दाताले पत्याउने नीति बन्न नसकेको बैंकरहरुको दावी



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले पनि भारतीय रुपैयाँमा पनि ऋण लिन सक्ने व्यवस्था गरेको छ।

नेपालमा तरलताको अभाव सिर्जना हुन नदिने उद्देश्यसहित निश्चित क्षेत्र तोकेर भारतीय रुपैयाँमा पनि ऋण लिन सक्ने व्यवस्था गरेको हो।

गत चैतमा राष्ट्र बैंकले नेपाली बैंकहरुलाई विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन बाटो खुल्ला गरेको थियो।

चालू आर्थिक बर्षको मौद्रिक नीतिमा विदेशी मुद्रमा ऋण ल्याउने सक्ने बताइएकोमा राष्ट्र बैंकले बुधबार जारी सूचनामार्फत् मौद्रिक नीति कार्यान्वयन भएको जनाएको छ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार यसबाट ‘क’ वर्गका बैंकले जलविद्युत उत्पादन तथा प्रसारणमा लगानी, सडक मार्ग, सुरुङ मार्ग निर्माण, विमानस्थल, केवलकार, पुल, लगायत भौतिक पूर्वाधार निर्माणका साथै विदेशी पर्यटक लक्षित होटल सञ्चालन, कृषि र लघुबित्त क्षेत्रमा लगानी गर्न ऋणको बाटो खुला भएको छ।

भारतीय रुपैयाँमा लिएको ऋणको सीमा बैंकको प्राथमिक पुँजीको २५ प्रतिशतमा सीमित राख्नुपर्ने सूचनामा उल्लेख छ। यसरी लिइने ऋणको विनिमय दरको ‘होजिङ’ (विनिमय समस्या) को व्यवस्था सरकारले गर्नेछ।

ऋण दिन राष्ट्र बैंकले अन्य शर्त हरुपनि अघि सारेको छ। तिनमा सञ्चालक समितिको निर्णय भएको हुनुपर्ने, वित्तीय कारोबारमा प्रतिबन्ध नलगाएको बैंक हुनुपर्ने, ऋणको अवधि १–५ वर्षको मात्रै हुनपर्ने, ब्याजदर भारतमा तोकिएभन्दा अधिकतम १ प्रतिशत मात्रै बढी वा सो भन्दा कम हुनपर्ने र ऋणका लागि कुनै धितो तथा ग्यारेन्टी राख्न नहुने लगायत छन्।

यस व्यवस्थाबाट खासगरी नेपालमा सञ्चालित भारतीय संयुक्त लगानीका बैंकहरु उत्साहित देखिन्छन्। यसमध्ये नेपाल एसबीआई बैंक र एभरेष्ट बैंक भारतीय संयुक्त लगानीमा सञ्चालित बैंक हुन्।

नेपाली ब्याङ्करहरुका भनाईमा, यो स्थितिमा अन्य नेपाली बैंकहरुले भारतीय ऋण ल्याउन सक्ने सम्भावना कम देखिन्छ।

प्रभु बैंकका कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनका भनाईमा, कुनै ग्यारेन्टी नहुने हुँदा दाताले नेपाली बैंकहरुलाई पत्याएर ऋण दिने सम्भावना कम छ। सरकारले तरलता अभाव हुन नदिन यो व्यवस्था गरेपनि नीतिगत असहजताको कारण ऋण ल्याउन कठिन छ।

‘यसले तरलता अभावमा केही राहत त देला, तर त्यो क्षणिक मात्रै हुनेछ’ शेरचन भन्छन्, ‘भारतीय संयुक्त लागनीका बैंकहरुले त सजिलै ऋण लेलान् तर अन्य बैंकहरुलाई कठिन हुनसक्छ।’ यसबाट अस्वस्थ प्रतिस्पर्धा समेत हुनसक्ने उनको आशंका छ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली भने भारतीय ऋण ल्याउँदा हुने पहिलो समस्या ‘होजिङ’ नै भएको बताउँछिन्। ‘एक देशका वित्तीय संचालकले विदेशबाट लिने ऋण भनेको ठूलो ‘रिक्स’ को कुरा हो’ खुञ्जेली भन्छिन्, ‘यसमा सरकारले व्यवस्थापन गर्न सक्छ भने त्यो सकरात्मक कुरा हो।’

ग्यारेन्टी राख्न नपाउँदाको स्थितिमा नेपालमा भारतीय मुद्रामा नै ऋण आउने कुरामा उनी ढुक्क छैनन्।

प्रकाशित ३० साउन २०७५, बुधबार | 2018-08-15 19:28:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...