यो साता नेप्से र कारोबार रकममा गिरावट


Infocus



नेपाल स्टक एक्सचेञ्ज
नेपाल स्टक एक्सचेञ्ज

नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको सेयर कारोबार मापक नेप्से यो साता ९ दशमलब २५ अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि१४ दशमलब ६८ प्रतिशतले कम भएको छ।

NIC ASIA

 यो साता कूल १ सय ८१ कम्पनीको १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार ८ सय ४० कित्ता सेयर किनबेच भएका छन्। 

गत साता १ सय ८१ कम्पनीहरुको १५ हजार ३ सय १० कारोबारबाट १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार ५ सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब ८४ अंकले घटेको छ।

यस साता ५ करोड ९० लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएकाले सो को आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। कारोबार भएको सेयर संख्या ५ लाख ८५ हजार कित्तको आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक सबैभन्दा अगाडि रहेको छ ।

त्यसैगरी कारोबार संख्या ८ सय ७७ वटाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।

 

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 15:26:26
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...