नेपालबाट ५ सय मेगावाट विद्युत लैजान बंगलादेश तयार


Infocus



नेपाल र बंगलादेशबीच ऊर्जा सहयोग आदाप्रदानसम्बन्धी द्विपक्षी समझदारी भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै ऊर्जामन्त्री पुनले नेपालबाट चाँडै नै ५ सय मेगावाट विद्युत् खरिद गर्न बंगलादेश तयार भएको बताएका छन्।

 शुक्रबार सिंहरदवारस्थित ऊर्जा मन्त्रालय भएको एक कार्यक्रकाबीच नेपालका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नरशुल हमिदले समझदारी पत्रमा औपचारिक रुपमा हस्ताक्षर गरे।

समझदारीपत्रमा द्विपक्षीय मित्रतालाई आर्थिक तथा व्यापारिक विकासमा सहकार्य गर्न विद्युत उत्पादन, ऊर्जा दक्षता, नविकरणीय ऊर्जा, ग्रीड कनेक्टिभिटि, तथा जलविद्युतको विकासबाट हुने हितलाई क्षेत्रीय लगायत विभिन्न बुँदा रहेका छन्। त्यस्तै सझदारी पत्रमा विद्युत क्षेत्रमा लगानी गर्न दुई मुलुकका उद्योगीलाई प्रोत्साहन गर्ने, दक्षिण एसियामा रहेको ऊर्जा सम्झावनालाई क्षेत्रीय तथा उपक्षेत्रीय तहको सहकार्यबाट जीवनस्तरको विकास र सुधार गर्न सकिने बुँदा उल्लेख छ।

समझदारी पत्रअनुसार दुई देशबीच सहकार्यका लागि ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरमा संयुक्त प्राविधिक समूह गठन हुनेछ। आगामी दुई महिनाभित्रै ती समितिको बैठक बसेर भावी कार्यदिशा तय गरिनेछ।
नीति तथा कानुनको अधिनमा रही सहयोग र समन्वय गर्न सचिवस्तरिय समुहले पहल गर्ने र लगानी तथा नीजि क्षेत्रका व्यक्तिसँगको सहकार्यमा सहसचिवस्तरिय समुह अगाडि बढ्ने समझदारी भएको हो।

दुई मुलुकबीच विद्युत् व्यापारको सम्भावना खोज्न राष्ट्रिय तथा क्षेत्रीय ग्रिड कनेक्टिभिटी स्थापनाको लाग दुबै पक्षले पहल गर्ने समहदारी भएको छ। यस्तै दुई मुलुकबीच संयुक्त सहकार्यका लागि प्रोत्साहन तथा समन्वय गर्न सहमत भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

जनशक्ति विकास र ऊर्जा क्षेत्रको उत्पादकत्व र दक्षता वढावा गर्ने, विद्युत उत्पादन, प्रसारण, वितरण तथा जलविद्युत आयोजनाको विकास, लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने समझदारीपत्रमा जनाइएको छ।

सम्झौतामा हस्ताक्षर लगत्तै ऊर्जामन्त्री पुनले नेपालबाट चाँडै नै ५ सय मेगावाट विद्युत् खरिद गर्न बंगलादेश तयार भएको बताए। उर्जा अभावको सामना गरिरहेको बंगलादेशले नेपालबाट ५ हजार मेगावाटसम्म विद्युत् खरिद गर्न सकिने बताउँदै आएको थियो। उनले विद्युत विकासका लागि बंगलादेशसँगको सहमति कार्यान्वयन हुने दावी गरे।

उक्त अवसरमा बंगलादेशका ऊर्जामन्त्री हमिदले नेपाल, भारत र बंगलादेशबीच समन्वयन गरेर विद्युत विकासका लागि काम गर्ने सहमति भएको जनाए।

उनले केही समयमै हुन लागेको बिमस्टेक बैठकमा पनि विद्युत विकासको कुरा उठाउने जानकारी दिँदै नेपाल र बंगलादेशबीच सरकार, सरकारको जी टु जी लगानी बढाएर जलविद्युतमा परिवर्तन ल्याउन सहकार्य गरिने बैठकमा छलफल भएको उल्लेख गरे।

(पछिल्लो समय साँझ ७ बजे अपडेट गरिएको) 

 

प्रकाशित २५ साउन २०७५, शुक्रबार | 2018-08-10 15:11:19
Max TV
Max TV
Zen Travels
Vianet

author photo

किरण अधिकारी नेपालखबर विशेष संवाददाता हुन्

@keeepram

किरण अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं