उद्योग-वाणिज्य महासंघ र चेम्बर अफ कमर्सबीच ‘पारपाचुके’

५३ वर्षदेखि महासंघसँग अावद्ध थियाे चेम्बर अफ कमर्स



नेपाल चेम्बर अफ कमर्सले नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत सदस्यता त्याग गर्ने जानकारी दिँदै महासंघलाई सोमबार पत्राचार गरेको छ।

चेम्बरको केन्द्रीय कार्यसमिति बैठकले महासंघको सदस्यता त्याग गर्ने निर्णय निर्णय आइतबार नै गरेको थियो। हामी अब आफ्नै खालको ठूलो संरचना बनाउँदै छौं’ चेम्बरका उपाध्यक्ष कमलेश अग्रवाल भने, ‘त्यसकारण महासंघमा रहनुपर्ने जरुरत हामीले देखेनौँ।’

चेम्बरको आइतवार बसेको कार्यासमिति बैठकले सर्वसम्मत रुपमा महासंघको सदस्यता त्याग्ने निर्णय गरेको थियो। उपाध्यक्ष अग्रवालका भनाईमा, एकै स्थानमा समानान्तर संस्था खोल्न नपाइने अनुसार ११ पुष २०७४ को मन्त्री परिषद्को बैठकले जिल्लागत रुपमा पनि चेम्बरर्लाइ संस्थागत रुपमा विस्तार हुन अनुमति दिएको।

‘त्यसयसकारण अब आफ्नो संस्थाको विस्तार गर्न लागि नै यो निर्णय भएको हो’ अग्रवालले भने, ‘महासंघसँग कमर्शको कुनै दुस्मनी छैन।’ ‘हामी जिल्लागत ढाँचामा विस्तार हुदैछौँ अहिलेसम्म महासंघ र चेम्बरको सहकार्य निकै राम्रो रहेको थियो, तर चेम्बर अब फराकिलो बन्दै गरेकोले महासंघको सदस्यताबाट हटाइदिन अनुराध छ’ चेम्बरद्वारा महासंघलाई पठाइएको पत्रमा उल्लेख छ।

चेम्बरले ६० वटा जिल्लामा संगठन बिस्तार गरिसकेको छ। सबै जिल्लामा संगठन विस्तार गर्ने उसको उद्देश्य छ। महासंघबाट बाहिरिने चेम्बरको निर्णयप्रति भने महासंघका पदाधिकारीहरुले दुख प्रकट गरेका छन्।

‘चेम्बर महासंघको एक महत्वपूर्ण सदस्य थियो, अहिले बाहिरिने भन्ने निर्णय दुखद छ’ महासंघमा उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालखबरसँग भने, ‘जे नहुनपर्ने थियो, त्यो भएको छ।’ जिल्लागत रुपमा संगठन विस्तार गर्ने चेम्बरको निर्णयले महासंघ र चेम्बरबीच जिल्ला–जिल्लामा प्रतिस्पर्धा बढ्ने श्रेष्ठले बताए।

‘हामी पहिलेदेखि नै जिल्लागत रुपमा छौँ’ उनले थपे, ‘चेम्बरपनि जिल्लागत रुपमा जाने भएपछि उद्योगीहरु दोधारमा पर्नेछन्।’ उद्योगीहरुलाई कुन संस्थामा आवद्ध हुने भन्नेमा दोधारमा पार्न नहुने बताउँदै श्रेष्ठले चेम्बरले जस्तै अन्य कुनै छाता संगठनले यस्तै गर्ने हो भने उद्योगी–व्यवसायीबीच गलत खालको प्रतिस्पर्धा सुरु हुने चिन्ता प्रकट गरे।

‘यस्तो अन्योल र दोधार हटाउनपनि चेम्बरले गरेको निर्णय फिर्ता लिनु उपयुक्त हुन्छ’ श्रेष्ठले थपे, ‘हुन त चेम्बर स्तन्त्र संस्था हो, तर व्यवसायीको हितक लागि यो निर्णय उपयुक्त छैन।’ गत बर्ष सम्पन्न चेम्बरको ६७ औँ वार्षिक साधारणसभाले नेपाल उद्योग वाणिज्य महासंघले जस्तै जिल्लास्तरमा सांगठनिक संरचना विस्तारको निर्णय पारित गरेको थियो।

जिल्लास्तरमा संरचना विस्तारसँगै उसले वरिष्ठ, जिल्ला, वस्तुगत, उद्योग, वाणिज्य, द्विराष्ट्रिय र मानार्थ उपाध्यक्ष पदहरु निर्माण गरेको छ। त्यस्ता संरचनाहरुमा उसले महासंघबाट बाहिरिएका व्यक्तिलाई ठाउँ दिँदै आएको थियो।

महासंघबाट बाहिरिएका भाष्करराज राजकर्णिकार, टंक पोखरेल, प्रमोद श्रेष्ठलगायतका व्यवसायी चेम्बरको विशिष्ठ सदस्य बनिसकेका छन्। यी दुई संस्थामध्ये नेपाल चेम्बर अफ कमर्सको स्थापना २००७ मा भएको थियो भने महासंघको निर्माण २०२२ मा गरिएको थियो।

महासंघको स्थापना गरिँदा चेम्बरको अध्यक्ष लोकनाथ जोशी नै महासंघको पनि अध्यक्ष बनेका थिए।

प्रकाशित २१ साउन २०७५, सोमबार | 2018-08-06 18:21:13
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...