त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाम अव्यवस्थित: व्यवसायी

भन्सार एजेन्ट नथप्दा अायात-निर्यातमा समस्या



त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलस्थित भन्सार गाेदाम
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलस्थित भन्सार गाेदाम

चीनसँगको प्रमुख नाका रसुवागढीमा एक जना मात्रै भन्सार एजेन्टले काम चलाइरहेका छन्। त्यस्तै अन्य भन्सारमा पनि सामान अायात तथा निर्यात गर्नका लागि प्रयाप्त एजेन्ट छैनन्। भन्सारबाट समान पास गराउन लाइसेन्स प्राप्त भन्सार एजेन्टले हस्ताक्षर गर्नुपर्ने प्रावाधान छ।

लाइसेन्सधारी एजेन्ट नहुँदा व्यवासरीहरुको समान नै नाकामा रोकिने गरेको उनीहरुको गुनासाे छ। नेपाल फ्रेट फरवाडर्स एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्की भन्छन्, 'नेपालका भन्सार एजेन्टहरु कहाँ के गर्दैछन्?, भन्सार कार्यालयहरुलाई  समेत जानकारी छैन।'
 
सरकारले २० वर्षदेखि भन्सार एजेन्ट लाइसेन्स खुल्ला गरेको छैन। त्यसकारणले अहिले कति लाइसेन्सधारी सक्रिय छन् भन्ने समेत यकिन तथ्यांक नभएको कार्की दावी गर्छन्। 'हामीले भन्सारमा लाइसेन्सवाला एजेन्ट नभेट्दा काठमाडौंमा अन्य पेशामा अवद्ध भैसकको एजेन्टलाई लगेर समेत हस्ताक्षर गराउनु परेको छ', उनी भन्छन्, 'छिटोभन्दा छिटो एजेन्टको व्यवस्थापन हुनेगरी सकारले काम गर्नुपर्छ।'
 
हस्ताक्षरको व्यवस्थालाई परिमार्जन गर्नुपर्ने वा एजेन्टको संख्या थप गर्नुपर्ने उनको भनाइ थियो। लाइसेन्स लिएका कतिपय एजेन्टले काम गरेका छैनन् भने कतिपय वास्तविक कारोबार गर्ने व्यवसायी लाइसेन्स लिनबाट बञ्चित छन्। 
 
एक एजेन्ट एक प्रतिनिधि व्यवस्था हटाएर समय सामपेक्ष व्यवस्था गरिनुपर्ने व्यवसायीकाे माग छ। त्यस्तै निर्यात प्रवर्द्धनमा कार्गो व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अाए पनि कार्गो व्यवसायको समस्या सामाधानमा सरकारले चासो नदिएको कार्कीले गुनासाे गरे।
 
अन्तर्राष्ट्रिय ढुवानी सेवा करमुक्त रहेको भए पनि नेपाल सरकारले मूल्य अभिवृद्धिकर असुलिरहेकाे अध्यक्ष कार्कीकाे भनाइ छ। 'कहीँ नभएको नियम नेपालमा हुँदा उपभोक्तलाई समेत मार परेको छ', उनी भन्छन्।
 
नेपाल फ्रेट फरवाडर्स एसोसिएसन कोषाध्यक्ष निमेश कुरमार अग्रवाल कार्गो ढुवानी सञ्चालनका लागि कन्टेनर खरिदमा भन्सार छुटको व्यवस्था हुनपर्ने बताउँछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाम अव्यवस्थित रहेको र त्यसलाई सुधार गर्नुपर्ने माग उनीहरुको गरेकाे छ।
 
त्रिभुवन विमानस्थलको भन्सार दर र त्यहाँका कर्मचारीको कर्यशैलीप्रति पनि व्यवसायी सन्तुष्ट छैनन्।
 
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली–२०६७ अनुसार कार्गो प्रबन्ध सेवा दस्तुर वृद्धि भएकाे भन्दै उनीहरुले गत बैशाखमा भन्सार समेत अवरुद्ध गरेका थिए। अहिलेसम्म भन्सारको काम गर्ने कम्पनी तथा एजेन्टका लागि निश्चित शुल्क तोकिएको नतोकिएकोले शुल्ककाे विरोध जनाएको थिए।
 
निर्याततर्फ प्रति केजी दुई रुपैयाँ वा २ सय मध्ये जुन बढी हुन्छ त्यही बराबरको सेवा शुल्क लिने प्रावधान छ। त्यसैगरी, आयाततर्फ ५ रुपैयाँ ३५ पैसा वा एक सय रुपैयाँमध्ये जुनसुकै लिन सकिने व्यवस्था सरकारले गरेको थियो।
 
कोर्गो व्यवसायीहरुले गोदामको व्यवस्था लगायत भन्सारमा आयात निर्यात गर्दा सहज वातावरणको सिर्जना गरेर मात्रै शुल्क निर्धारण गर्न माग गरेका थिए। त्यस्तै भारतमा लागू गरिएको गुड एण्ड सभिर्स ट्याक्स( जीएसटी) ट्राफिक ट्रान्जिटमा नलाग्ने स्पष्ट व्यवस्था भएपनि सिपिङ कम्पनीहरुले नेपालको कार्गोमा उक्त शुल्क लिइरहेकोले नेपाल सरकारले त्यसमा पहल गर्नु पर्ने उनीहरुको माग छ।

 

प्रकाशित १७ साउन २०७५, बिहिबार | 2018-08-02 13:42:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...