बिशाखापटनमभन्दा उडिसाको धमरा बन्दरगाह उपयोगी

बिशाखापटनम दूरी टाढा, समस्या अाए समाधान गर्न झन्झटिलो



उडिसास्थित धमरा बन्दरगाह
उडिसास्थित धमरा बन्दरगाह

नेपालका कार्गो व्यवसायीहरुले आन्ध्र प्रदेशस्थित बिशाखापटनभन्दा भारतको उडिसास्थित धमरा बन्दरगाह तेस्रो देश व्यापारका लागि उपयोगी विकल्प हुने बताएका छन्।

दुरी र बन्दरगाहको क्षमताको आधारमा उडिसा राज्यस्थित धमरा बन्दरगाह सबैभन्दा उपयोगी निष्कर्ष उनीहरूकाे छ।

कमजोर भौतिकपूर्वाधार र ठूलो पानीजहाज नआउने भए पनि निकटताको कारण नेपाली व्यवसायीले पश्चिम बंगालस्थित कोलकोता र हल्दिया बन्दरगाह प्रयोग गर्दै आएका थिए। तर दुवै डिपवाटर बन्दरगाह नभएको कारणले ठूलो परिणामको कार्गो ओसारपोसार भने हुँदैन। विकल्पमा धमरा बन्दरगाहको विषयलाई अघि बढाउन उनीहरूले सरोकारवाला पक्षसँग माग गरेका छन्। अर्को महिना नेपाल र भारतका अधिकारीहरुबीच पारवहन सन्धिको विषय वार्ता हुँदैछ। उडिसाको धमरा हाल प्रयोग गर्दै आएको हल्दिया बन्दरगाह भन्दा १ सय ५० किमीको दुरीमा मात्रै रहेको छ।

भूपरिवेष्ठित नेपालले अहिले भारतकाे काेलकाता, हल्दिया र आन्ध्र प्रदेशस्थित बिशाखापटनम बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्दै आएको छ।

'कोलकता र हल्दियाको विकल्पको रुपमा बिशाखापटनम बन्दरगाहलाई अघि सारिए पनि दुरी र अन्य प्राविधिककरणले त्याे खासै प्रयोगमा अाउन सकेकाे छैन', नेपाल फेड फर्वाड एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले नेपालखबरसँग, 'त्यसभन्दा आधा मात्रै परको दुरीमा रहेको र ठूलो जहाज पनि आउन सक्ने धमरा बन्दरगाह नेपालका लागि उत्तम विकल्प हो।'

कोलकोता ठूलो कार्गो ल्याउन समस्या  छ। कमजोर पूर्वाधारको कारण लागत पनि बढ्ने गरेको छ। ठूलो परिणाममा कार्गो ल्याउने लैजाने हो भने धमरामै केन्द्रित हुनुपर्ने कार्की बताउँछन्। कोलकोतादेखि हल्दिया १ सय २५ किमीको दुरीमा छ।

'पहिलोदेखि काेलकाता प्रयोग गर्दै आएको कारण कुनै समस्या भए समाधान गर्न सहज छ तर त्यसको पूर्वाधार कमजोर छ' एशोसिएसनका कोषाध्यक्ष नरेश अग्रवालले भने, 'बिशाखापटन हाम्रो लागि निकै परको भयो र कुनै समस्या भए समाधान गर्न पनि निकै झन्झटिलो छ। ठिकैको दुरीमा रहेकाले पनि धमरा उपयुक्त विकल्प हो।' भारत हुँदै तेस्रो देश पुग्न बढीभन्दा बढी विकल्पहरू खुला गर्नु पर्ने उनकाे धारणा छ।

पानीजहाजप्रति आशावादी

व्यवसायीहरुले नेपालमा प्रमुख नदीहरुमा सानो आकारको पानीजहाज चल्नेमा आशावादी भएको बताएका छन्। अग्रवाल सानो आकारको पानीजहाज भएपनि त्यसले समुद्रसँगको पहुँच पुर्‍याउने मात्रै नभएर लागत पनि घटाउने बताए।

'ठूलो आकारको होइन। ८० देखि एक सय कन्टेनरको सानो आकारका पानीजहाज नेपालका प्रमुख नदीहरुमा चलाउन सक्छौं' अग्रवाल भन्छन्, 'त्यसले समुद्रसँगको पहुँच दिने मात्रै होइन। सामन ओपारपोसार गर्दा लाग्ने लागत पनि घटाउँनेछ।' सानो पानीजहाजबाटै सामग्री बन्दरगाहसम्म पुर्‍याउने लागत कम्तिमा आधाले घट्न सक्ने अनुमान व्यापारीहरुको छ।

भारतले आन्तरिक जलमार्ग विकासका लागि जलमाला कार्यक्रम सञ्चालन गरिरहेकोले त्यसबाट नेपालले फाइदा लिनुपर्ने उनीहरूकाे भनाइ छ।

'बंगालको खाडीबाट अलाहावादसम्म गंगा नदीमा जलमाला नामको कार्यक्रम अघि बढाएर इनल्यान्ड वाटरवेजको विकास गरिरहेको छ' आग्रवालले भने, 'हाम्रो नदीहरु पनि त्यसैको साहायक नदी हुन्। हामीले सानो आकारको पानीजहाज चलाउन नसक्ने भन्ने नै छैन।'

भारतले नेपालको कार्गोलाई लक्षित गर्दै बिहारको पटनास्थित कालिघाटमा आवश्यक पूर्वाधार निर्माण गर्दै आएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणको समयमा नेपालले भारतीय इनल्यान्ड वाटरवेज प्रयोग गर्ने गरी सम्झौता भएको छ।

प्रकाशित १६ साउन २०७५, बुधबार | 2018-08-01 20:08:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...