जनकपुर–जयनगर रेलमार्गः भाडाको रेलमा नेपाली झण्डा, भारतीय ड्राइभर



डिजेल इन्जिन रेलकाे नमुना
डिजेल इन्जिन रेलकाे नमुना

नेपाल–भारत जोड्ने जनकपुर–जयनगर रेलसेवा आगामी मंसिरदेखि सञ्चालन गर्ने तयारी सुरु भएको छ।

जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्गमा चलाउन भारतबाट डिजेल इन्जिनयुक्त १० डिब्बे रेल र ड्राइभर भाडामा ल्याउने तयारी भएको छ।

नेपाल–भारत जोड्ने जनकपुर–जयनगर रेलसेवा आगामी मंसिरदेखि सञ्चालन गर्ने तयारी सुरु भएको छ।

३५ किलोमिटर यो ब्रोडगेज रेलमार्गमा नेपालले भारतबाट रेल तथा चालक भाडामा ल्याएर सञ्चालन गर्ने तयारी गरेको हो। डिजेल इन्जिनयुक्त १० डिब्बे रेल सञ्चालन गर्न सरकारले तयारी गरिरहेको छ। नेपाललाई रेल भाडामा दिन भारत सहमत भइसकेको छ। भाडामा ल्याउने रेल छान्न अहिले एउटा नेपाली टोली भारत गएको छ।

जयनगर जनकपुरको ३५ किलोमिटर रेलमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारले उक्त मार्गमा मंसिर अन्तिमसम्ममा रेल संचालन गर्नेगरी भारतसँग भाडाको रेल एवं रेल चलाउने ड्राइभर माग गरेको हो। भारतीय रेल ड्राइभरले नेपालको राष्ट्रिय झन्डा राखिएको भाडाको रेल चलाउनेछन्।

रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार रेल दिनेबारेमा भारत सरकार सैद्धान्तिक रुपमा सहमत छ। ‘यो रुटमा कस्तो प्रकारको रेल उपयुक्त हुन्छ भनेर छलफल भइरहेको छ’, आचार्यले भने, ‘भारतले यही रेल दिन्छु भनेर भनिसकेको छैन। तर डिजेल इन्जिनको रेल सञ्चालन गर्ने विषयमा सहमति भएको छ।’

नेपाल भारत क्रस बोर्डर रेल सेवा सञ्चालनसम्बन्धी परियोजना स्टेररिङ कमिटी (पिएससी) को गत महिना काठमाडौंमा भएको बैठकमा रेल भाडामा लिनेदिनेमा दुवै पक्ष सहमत भएका थिए। भौतिक योजना मन्त्रालयका केशव कुमार शर्माका अनुसार उक्त रेल सञ्चालनका लागि सरकारले ५० करोड बजेट छुट्टयाएको छ।

‘१० डिब्बा हाराहारीको रेल खरिद गरेर पनि संचालन गर्ने अवस्थामा छौं’, उनले नेपालखबरसँग भने, ‘तर भारत सरकारले कसरी हामीलाई रेल उलब्ध गराउँछ त्यसरी नै हामी अघि बढ्ने छौं।’

सरकारसँग रेल सञ्चालन बजेट पनि रहेका कारण पूर्व निर्धारित समयमै रेलसेवा सञ्चालन हुने शर्मा बताउँछन्।

पाँच नाकालाई रेलमार्गले जोड्ने
नेपाल–भारतका पाँच सिमा नाकामा भारतीय रेल जोड्ने समझादारी पहिले नै भइसकेको छ। विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकालाई भारतीय रेलमार्गले जोड्ने सहमति भएको थियो। चालू आवमा अजनकपुर र विराटनगरमा रेल संचालनमा आउने निश्चित भएको रेल विभागले जनाएको छ।

जोगबनीदेखि विराटनगर भन्सार यार्डसम्म रेलमार्ग निर्माणमा आउने समस्या समाधानको जिम्मा नेपाल सरकारले लिएको छ। समस्या नरहेको खण्डामा भारतले रेल मार्गको निर्माण गर्नेछ।

नेपाल सरकारको २०६८ असार १ को निर्णयबाट तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालय अन्र्तगत नेपालमा रेल तथा मेट्रो यातायातको पहिचान, विकास, निर्माण, विस्तार, एवम् सञ्चालनका लागि रेल विभागको स्थापना भएको थियो।

अहिले रेल विभागबाट रेल्वे तथा मेट्रो विकास आयोजना, भारतीय सहयोगको रेल परियोजना, मेची महाकाली विद्युतीय रेलमार्ग, काठमाडौं मेट्रो आयोजनाहरु अघि बढाइको छ।

प्रकाशित १५ साउन २०७५, मंगलबार | 2018-07-31 19:13:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...