भारत र पाकिस्तानबाट सस्तोमा चिनी आयात भएपछि स्वदेशी उत्पादनले बजार पाएन

नेपालको माग धान्ने चिनी विदेशबाट आयात भयोः उद्योगी



भारत र पाकिस्तानबाट सस्तो मूल्यमा चिनी आयत भएपछि नेपाको चिनीले बजार पाउन सकेको छैन। नेपाल बजारमा वार्षिक दुई लाख ५० हजार मेट्रिकटन चिनीको माग रहेको छ।

 स्वदेशी उद्योगीले मागअनुसारको उत्पादन गर्न नसक्दा विदेशबाट आयातित चिनीले स्वदेशी उत्पादनलाई प्रभावित बनाएको हो। स्वदेशी कम्पनीले हाल एक लाख ७८ हजार मेट्रिकटन उत्पादन गर्दै आएका छन्।

पछिल्लो समय भारत र पाकिस्तानबाट मात्रै स्वदेशी माग धान्ने परिमाणमा चिनी आयात भएको छ। पाकिस्तान तथा भारत सरकारले चिनी निर्यातमा सहुलियत दिएपछि नेपालमा ती देशबाट चिनी भित्रिएको नेपाली चिनी उद्योगीको आरोप छ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवावलले भारत र पाकिस्तानले विदेश निर्यातमा मात्रै प्रतिकेजी सात रुपैयाँ ८० पैसाका दरले सहुलियत प्रदान गरेको बताए। त्यस्तै किसानहरुलाई उत्पादनमा सहुलियत दिएपछि उद्योगीहरुले उखु पनि सस्तो मूल्यमा पाउँदा उनीहरुको लागत खर्च समेत कम पर्ने हुनाले ३३/३४ रुपैयाँमै नेपालमा चिनी पठाइरहेको अग्रवालको भनाइ छ।

नेपालका चिनी उद्योगीहरुले पनि किसान र उद्योगी दुवैलाई सहुलियत आवश्यक रहेको बताएका छन्। संघका उपाध्यक्ष राजकुरमार अग्रवाल भन्छन्, ‘यो वर्ष उत्पादन भएको चिनीमा नै आफ्नो लागत ६३ रुपैयाँ प्रतिकेजीको हाराहारीमा परेको छ।’ नेपाली उद्योगीले बिनानाफा पनि चिनी बेच्न नसकिरहेको उनको भनाइ छ।

नेपालमा निजी व्यपारीले त चिनी खरिद गरेनन् नै सरकारी लगानी रहेको साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडले पनि चिनी खरिद गर्न नमानेको उनको भनाइ छ। साल्ट टे«डिङले अहिले १० हजार मेट्रिकटन चिनी खरिद गर्न चाहे पनि महँगो भएको भन्दै खरिद नगरेको उद्योगीको आरोप छ। उद्योगीहरुले प्रतिकेजी ६२ रुपैयाँमा साल्टलाई चिनी बेच्न तयार भए पनिा भारत र पाकिस्तानबाट आयातित चिनी भन्दा धेरै महँगो पर्ने हुँदा सल्ट चिनी किन्न तयार नभएको अग्रवालको आरोप छ।

नेपाली चिनी उद्योगीहरुसँग हाल एक लाख २४ हाजर मेट्रिकटन चिनी मौज्दात रहेको छ। उनीहरुले करिब ५४ हजार मेट्रिकटन बिक्री गरिसकका छन्।

सरकारले बैशाखमा चिनी आयतमा रहेको भन्सारदर १५ प्रतिशतलाई बढाएर ३० प्रतिशत पु¥याएको थियो। तर यो दर पनि अपुग रहेको उद्योगीहरु बताउँछन्। उनीहरु भन्छन्, ‘सरकारले चिनी आयतमा नै रोक लगाउनु पर्छ।’सरकारले आवश्यक मात्रा हरेर मात्रै विदेशी चिनी खरिद गर्नुपर्ने उनीहरुको भनाइ छ।

विदेशी चिनी अत्याधिक मात्रामा आयत हुँदा यो यो वर्ष मात्रै नेपाली चिनीले बजार नपाएको हो। यसभन्दा अघि नेपालमा चिनीको अभाव हुने गरेको थियो। नेपालमा यो वर्ष आयत भएको चिनी मध्ये ८० प्रतिशत पाकिस्तानी चिनी रहेको उद्योगीको दावी छ।

चिनी उद्योगबाट निस्कने चोकर तथा बोक्राबाट रक्सी तथा बिजुली समेत उत्पादन गर्न सकिने भएकोले त्यसतर्फ सोच्न उद्योगीले सरकारको ध्यानाकर्षण गराएका थिए। सरकारले चिनी उद्योगबाट उत्पादन हुने बिजुली किन्ने प्रक्रिया भने सुरु गरेको छ।

बिजुली खरिदका लागि विद्युत विकास विभागले उद्योगीसँग प्रस्तावको माग गरिसकेको छ। क्रसिङको समयमा उखुको बोक्रा (बगास) बाट उत्पादन हुने विद्युत आपूर्तिका लागि सरकारले चिनी उद्योगसँग आवेदन माग गरेको हो। त्यो आधारमा अर्को वर्षसम्म राष्ट्रिय प्रसारण लाइनमा चिनी उद्योगले उत्पादन गर्ने बिजुली समायोजन गर्ने समेत योजना छ।

उत्पादित बिजुलीलाई प्रचलित दर प्रतियुनिट आठ रुपैयाँ चार पैसाका दरले खरिद गर्ने व्यवस्था कार्ययोजनामा छ। उद्योगीलाई बिजुली बेचर थप आम्दानी गर्ने अवसर मिल्ने छ। चिनी उद्योगबाट वार्षिक २६ करोड युनिट बिजुली आपूर्ति हुने उद्योगले दावी गरेको छन्।

प्रकाशित ७ साउन २०७५, सोमबार | 2018-07-23 17:28:31
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...