के छ नेपालले चीनसँग पारबहन सम्झौताका लागि तयार पारेको मस्यौदामा?



चीनकाे ग्वान्जाओस्थित बन्दरगाह
चीनकाे ग्वान्जाओस्थित बन्दरगाह

नेपाल-चीन ब्यापार पारवहन तथा यातायात सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन नेपालले १४-१५ साउनका लागि बैठक प्रस्ताव गरेको छ।

२६-२७ असारमा बेइजिङमा भएको बैठकमा सहमति जुट्न नसकेपछि बैठक नेपालमा बस्ने तय भएको थियो।

पारवहन तथा यातायात सम्झौता सम्बन्धी प्रोटोकलमा दुबै देशले छलफल गरेपनि मस्यौदामा सहमति जुट्न सकेको छैन। नेपालले प्रमुख मागको रुपमा तेस्रो मुलुकसँग व्यापारका लागि चिनिया बन्दरगाह माग गरेको छ। नेपालले माग गरेकामा तेन्जिङ, क्वाङ्चाउ र सांघाई लगायत ६ बन्दरगाह छन्।

२६-२७ असारमा बेइजिङमा भएको बैठकमा चिनीया पक्षले तयारी नपुगेको बताएको थियो। बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुका अनुसार चिनियाँ पक्षले तयारी पूरा नभएको बताएपछि मस्यौदामा सहमति हुन नसकेको हो।

‘जुलाई अन्तिममा बैठकका लागि चीन समक्ष प्रस्ताव राखेका छौँ’ प्रबक्ता सैजुले भने, ‘हाम्रो प्रस्ताव उनीहरुले स्वीकार गरेमा १४-१५ साउनमा काठमाडौँमा बैठक हुनेछ।’ थप तयारीको लागि चिनिया पक्षले समय माग गरेमा अर्काे मिति तोक्न सकिनेपनि सैजुले बताए।

नेपालले भने मस्यौदामा सहमतिका लागि आफ्नो सबै तयारी पुरा गरेको छ। नेपालले प्रस्तावका रुपमा अघि सारेको प्रोटोकल मस्यौदामा चिनिया बन्दरगाहमार्फत् तेस्रो मुलुकसँग कारोबारका लागि ६ वटा बन्दरगाह, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का लागि पूर्वाधार निर्माण तथा द्विदेशीय कारोबार कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने उल्लेख छ।

त्यस्तै वैकल्पिक व्यापारिक मार्ग खोल्ने, नेपालमा निःशुल्क व्यापार क्षेत्र/विशेष आर्थिक क्षेत्र/निर्यात संशोधन क्षेत्र स्थापना गर्ने तथा कच्चा पदार्थ आयातमा अतिरिक्त शुल्क घटाउने विषय उल्लेख छ।

तातोपानी नाका खोल्ने, पारवहन तथा यातायात सम्झौता कार्यान्वयन गर्ने एवं स्वतन्त्र व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययनलाई अन्तिम रूप दिने पनि नेपालले तयार पारेको मस्यौदामा उल्लेख छ।

मस्यौदाअनुसार दुई देशबीच व्यापार, पारवहन तथा लगानीका क्षेत्रमा समझदारी बढाउन दुई देशबीच अन्तरदेशीय संयन्त्र स्थापना गर्ने विषयपनि नेपालले तयार गरेको प्रस्तावमा उल्लेख गरिएको छ।

यसैगरी हुम्लाको पुलान-यारी, मुस्ताङको लिजी-नेचुङ, ताप्लेजुङको रिवु-ओलाङचुङगोला र संखुवासभाको चेन्ताङ-किमाथाङ्का नाकामा सुख्खा बन्दरगाह निर्माणका लागिपनि प्रस्ताव गर्ने भएको छ।

वाणिज्य मन्त्रालयका उपसचिव तर्कराज भट्टका अनुसार, बन्दरगाह प्रयोग बाहेकको विषयमा भने चीन तयारै देखिन्छ। चीनले बन्दरगाह सम्झौताका लागि माथिल्लो स्तरबाट छलफल आवश्यक भएको बताउँदै अर्को बैठकमा छलफल गर्न सकिने बताएको थियो।

आगामी बैठकमा नेपालको तर्फबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले गर्नेछन्। नेपाली टोलीमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवद्वय रविशंकर सैजु र नवराज ढकाल, परराष्ट्र, कानुन मन्त्रालयका सम्बन्धित सहसचिव, ब्यापार तथा निकासी प्रबर्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणा, नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत, उद्योग वाणिज्य मन्त्रालयका उपसचिव तर्कराज भट्ट लगायत रहनेछन्।

प्रकाशित ६ साउन २०७५, आइतबार | 2018-07-22 19:56:33
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...